कृष्ण लम्साल
काठमाडौं/ नेपाली काँग्रेसको विधान अनुसार २५औं महाधिवेशन अबको नौ महिनाभित्र गर्नुपर्दछ । अहिलेसम्मको तयारी र गतिविधि हेर्दा पार्टीको मेरुदण्ड मानिने क्रियाशील सदस्यता वितरण नै टुङ्गो लाग्न सकेको छैन । सोही कारण काँग्रेसको १५ औं महाधिवेशन निर्धारित समयमा नै हुन्छ भन्नेमा संशय उत्पन्न भएको छ ।
काग्रेस सभापति शेरबहादुर देउवाको भित्री इच्छा २०८४ को संघीय निर्वाचनपछि मात्र गर्ने रहेको निकटवर्तीहरुले बताएका छन् । पार्टीका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले महाधिवेशन २०८२ मंसिरमै हुने बताउँदै आइरहेका छन् । काँग्रेसको १५ औं महाधिवेशनको तिथिमिति टुङ्गो नलागे पनि सभापति पदका आकाक्षीहरुले भने गुटको मेल र तयारीलाई तीब्र पार्न थालेका छन् ।
काँग्रेसको १५ औं महाधिवेशनका लागि एउटै कित्तामा रहेका नेताहरु पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र डा. शशाङ्क कोइरालाले गुटको भेला तीब्र पारेर देउवाबाट आशिर्वाद लिने होडबाजीमा लागेका छन् । अन्य अन्य नेताहरु गोपालमान श्रेष्ठ, डा.प्रकाशशरण महत, एन.पी. साउद, बालकृष्ण खाँण, विजय कुमार गच्छदार, उमाकान्त चौधरी लगायतका नेताहरुले पनि सकिृयता बढाउन थालेको काँग्रेस श्रोतले बताएको छ । देउवाले आफ्नो भेलामा डाक्न छाडेपछि महालक्ष्मी उपाध्याय डिना, मोहनबहादुर बस्नेत, बालकृष्ण खाँण, एन.पी. साउद र प्रकाशशरण महत लगायतका केही नेताहरुले समूह फेर्न खुट्टा उचालेको चर्चा चलेको छ ।
१५औं महाधिवेशनमा पार्टी विधानले तेश्रो पटक सभापति बन्न नदिने भएपछि आफ्नो समूहका नेताहरुलाई एक ढिक्का राख्न कुनै चासो नदेखाएको विश्लेषण पार्टीभित्र हुन थालेको छ । नदेखाएको विश्लेषण पार्टीभित्र हुन थालेको छ । देउवाकै रुचि नभएपछि नेताहरु तितरवितर हुन थालेको जानकारहरुले बताएका छन् । १५औं महाधिवेशनबाट सभापति पदमा नयाँ व्यक्ति पुग्ने हुँदा नेताहरुले आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्ने दिशामा अगाडि बढेका छन् ।
यता, १४औं महाधिवेशनमा देउवालाई साथ दिएका नेताहरुमध्ये हालका उपसभापति खड्का, पूर्वउपसभापति निधि र पूर्व महामन्त्रीहरु डा.शशांङ्क कोइराला, कृष्णप्रसाद सिटौला तथा प्रकाशमान सिंह (शहरी विकास मन्त्री) पनि संस्थापन समूहबाट सभापति पदका आकांक्षी छन् । यी समूहबाट वरिष्ठ नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाले सभापतिका लागि मत माग्ने अभियान शुरु गरी सकेका छन् ।
यसरी हेर्दा कांग्रेसको आधा दर्जन बढी गुट–उपगुटको सक्रियाताले सभापति पद कसको पोल्टामा पर्ने हो, त्यो अहिले नै अनुमान र ठोकुवा गर्न गाह्रो बनेको छ ।
यता, सभापति देउवाले राष्ट्रिय सभाको सदस्य बनाएपछि बिस्तारै बिस्तारै आफ्नो भूमिका बढाउन थालेको नेता सिटौलाको पक्षमा खासै जनमत भएको देखिँदैन । १४औं महाधिवेशनमा नेता सिटौलाले देउवासँग कुरा मिलाएर हालका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएका थिए । त्यसैले अहिले पनि नेता सिटौलाले आफ्नो गुटमा रहेका नेताहरु भीमसेनदास प्रधान, शिवप्रसाद हुमागाई, कुन्दनराज काफ्ले, भूपेन्द्र राई, राजु श्रेष्ठ र जीत शेरचनमध्ये एकजनालाई सहमहामन्त्री बनाउन बार्गेनिङ्ग गरेको जानकारहरुले बताएका छन् ।
चर्चा अनुसार सभापति देउवाले भने आफ्नो उत्तराधिकारीका रुपमा पत्नी डा. आरजु राण देउवाको भविष्य जस्लाई साथ दिँदा सुरक्षित हुन्छ । त्यसैलाई समर्थन गर्ने हिसाबमा रहेको काँग्रेसवृत्तमा चर्चा चलेको छ । नेतृ आरजु राणा देउवालाई १६ औं महाधिवेशनको सभापति पदको उम्मेदवार र १५ औं मा उपसभापति पदको दह्रो उम्मेदवार ठानिएको छ ।