कठमाडौं/ नेपाली काँग्रेस–नेकपा (एमाले) को गठबन्धन सरकारले राजनीतिक दलसम्बन्धी विधेयक ल्याउने भएपछि माधवकुमार नेपाल र उनी नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीभित्र भुँइचालो गएको छ । अत्यन्त जटिल मोडमा रहेको नेकपा एस पार्टीका केही साँसदहरु राजनीतिक दल सम्बन्धी विधेयक आएपछि पार्टी विभाजन हुनेमा निश्चित छन् ।
२०७८ असोज ११ गते तात्कालिन सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी विभाजनमा संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने प्रावधान ल्याएर एमाले पार्टी फुटेको थियो । त्यही प्रावधानका कारण एकीकृत समाजवादी पार्टी बनेको थियो । सरकारले त्यतिबेला राजनीतिक दलसम्बन्धी ऐनको त्यो प्रावधान राखिएको दफा १३ हाल निक्रिय छ । अहिले त्यसलाई ब्यँुत्याएर दल विभाजन गर्ने तयारीमा सरकार जुटेको छ ।
नेकपा एसले भूमी सम्बन्धी अध्यादेशमा ढडिया थापेपछि त्यसैको निहुँमा सरकारले राजनीतिक दल विभाजन सम्बन्धी विधेयकलाई अस्त्रका रुपमा अघि बढाउन लागेको श्रोतले जानकारी दिएको छ । यो विधेयक आएमा नेकपा नेताका साँसदहरु प्रेमबहादुर आले, किसानकुमार श्रेष्ठ, धनबहादुर बुढा लगायतका नेताहरु नेकपा एसबाट छुट्टिने चर्चा चलेको छ ।
उपरोक्त सांसदहरु हाल पार्टीको गतिविधिमा सकृय नभै टाढा रहँदै आएको जानकारहरुले बताएका छन् । यस्तो अवस्थामा दल विभाजन भए नेकपा एसका साँसदहरु आले, श्रेष्ठ र बुढा एमालेमै फर्किने तयारीमा रहेको चर्चा चलेको छ । पार्टी विभाजन भएमा नेकपा एसमा माधव कुमार नेपाल, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मेटमणि चौधरी, भानुभक्त जैशी लगायतका सांसदहरु बाँकी रहेपछि दलको आकार घट्ने छ । यस्तो अवस्थामा आगामी २०८४ को निर्वाचनमा नेकपा एसको कन्तविजोग हुने जानकारहरुले बताएका छन् । पछिल्लो समय नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, एमाले अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीप्रति बढी नै आक्रमण बन्दै आइरहेका छन् ।
दल विभाजन विधेयकले छटपटीमा माधव नेपाल
Facebook Comments Box
