सुमनाको राजीनामा किन ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ प्रतिनिधि सभा सदस्य रहेकी सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन् ।
रास्वपाको केन्द्रीय समिति बैठकमा पक्राउ पर्नुअघि रवि लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताए लगत्तै श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएकी हुन् । लामिछानेको पार्टी पुनर्संरचना गर्ने चाहनालाई सहयोग पु¥याउन सुमनाले दोहोरो भूमिका निर्वाह नगर्ने बरु संसदमै प्रभावकारी भूमिका निर्वाह गर्ने भनेर राजीनामा दिएको बताइएको छ ।
पार्टी पुनर्संरचनाको चाहनालाई सहयोग पु¥याउन अन्य पदाधिकारी र विभागीय प्रमुखहरूले समेत राजीनामा दिने तयारी गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *