एमालेमा भीम रावलजस्तै बन्दै यी नेताहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेकपा (एमाले) को केन्द्रीय समितिको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्कन नहुने भन्दै विभिन्न निर्णयहरु गरेको छ । एमालेको अध्यक्ष बन्ने सपना देखेकी विद्या भण्डारीलाई तगारो नै लगाउने निर्णय गरेको हो । यो अवस्थामा भण्डारीले आफू अगाडि बढिसकेको बताउँदै एमालेलाई तरंगीत बनाइदिएकी छन् ।
खासगरी अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सकृयतालाई मध्यनजर गर्दै ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्थालाई हटाइएको छ । केन्द्रीय समितिको निर्णयहरु आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरीमा सम्पन्न हुने विधान अधिवेशनले पारित गर्ने र ११औं महाधिवेशनमा लैजाने बताइएको छ ।
हाल एमालेमा ओलीजस्तो सकृय र प्रतिसोध साँध्ने अरु नेताहरु नभएकाले एमालेका केही नेताहरुले भण्डारीलाई विकल्पका रुपमा राजनीतिमा आउन बोकेर हिँडेको जानकारहरुले बताएका छन् । एमालेमा नवौं महाधिवेशन पछि शक्तिशाली बनेका अध्यक्ष ओलीले आफूविरुद्ध लाग्नेहरुलाई भित्तामा पु¥याएको थुप्रै उदाहरणहरु छन् । माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलाई साइट लगाउन सफल भएका अध्यक्ष ओलीले १५औं महाधिवेशनमा भीमबहादुर रावललाई पनि भित्तामा पु¥याएर राजनीति नै गोलमाल बनाइदिएका थिए ।
अहिले आएर फेरि ११औं महाधिवेशनको संघारमा विद्या भण्डारी पक्षमा लागेका केही नेताहरुलाई साढे सातको दशा लागेको चर्चा चलेको छ । एमालेलाई नीति र विधान भन्दा आफ्नो स्वार्थ अनुसार चलाउन सक्ने साहसी नेताको पहिचान बनाएका ओलीले एमाले भनेको ओली “बा” भन्ने भाष्य स्थापित गरेका छन् । एमालेमा पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा लागेका उपाध्यक्ष ईश्वर पोखरेल र गोकुल बास्कोटा लगायतका केही नेता मध्यमार्गी बनेर आफ्नो अस्तिस्व जोगाउने धुनमा छन् । त्यसको प्रत्यक्ष असर आगामी निर्वाचनमा देखिने जानकारहरुले बताएका छन् ।
एमालेमा ओली र विद्याको टक्कर बढ्दै गए पार्टी विभाजन हुन सक्नेसम्मको जोड घटाउन शुरु भएको छ । अरु जेजस्ता हर्कतहरु भए पनि एमालेमा नेताहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र कर्ण थापालाई साढे सातको दशा लागेको राजनीति वृत्तमा चर्चा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *