काठमाडौं/एक वर्षे कार्यकाललाई उपलब्धीयुक्त बनाउन नसक्नु भएका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली मन्त्रीहरु परिवर्तन गर्ने सोचमा पुग्नु भएको छ ।
सोही कारण हिजो विहीबार ओली दिनभरी नै कुनै पनि सार्वजनिक कार्यमा सरिक नभई मन्त्रीहरुको बारेमा मूल्यांकन गरी बसेको समाचार स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो, ‘विभिन्न मन्त्रीहरु विवादमा परेको तथा सरकार गठन गरेका बखत नै एक वर्षे कार्यकालको मूल्यांकन गरिने भनिएका कारण ओली मन्त्रीहरुको कार्यको लेखाजोखामा विहीबार केन्द्रित हुनु भएको हो ।’
२०८१ असार ३० गते नेपाली कांग्रेससँगको सात बुँदे सहमति अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले ३१ गते मन्त्रीहरू नियुक्त गर्नु भएको थिए । त्यतिबेलै ओलीले मन्त्रीहरूलाई एक वर्ष काम गर्न दिने र कामका आधारमा फेरबदल गर्ने बताउनु भएको थियो । ओलीको चाहना भने सबैजसो मन्त्रीहरुलाई परिवर्तन गर्ने रहेको पनि स्रोतले दाबी गरेको छ । यसका लागि कांग्रेसको निर्णय पनि चाहिने भएकाले ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि सम्वाद थालेको बताइएको छ ।
उता, कांग्रेसका सभापति देउवा भने सबै मन्त्री फेर्ने कुरामा खासै सकारात्मक नरहेको स्रोतको दाबी छ । यसमा देउवाकी पत्नी डा.आरजू राणा पनि पर्ने भएका कारण देउवाले सबैको हकमा एउटै मापदण्ड लागू गरिनु नहुने सोच बनाएको बताइएको छ । देउवाले राणालाई कायमै राख्नका लागि विवादमा परेकाहरुलाई मात्र हटाउन ओलीलाई आग्रह गर्ने सोच बनाएको पनि समाचार स्रोतको दाबी छ ।
मन्त्रीहरु फेर्ने तयारीमा ओली
Facebook Comments Box
