आमाको यादमा गायिका रिता बुढाथोकी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं। बहुआयामिक कलाकार रिता बुढाथोकीको स्वरमा रहेको तीज गीत ‘आमा मेरी आमा’ ले रिलिज भएको २ हप्तामा विशुद्ध अर्गानिक ५० हजार भ्युज पाएको छ । भिडिओ गायिका रिता बुढाथोकीकै युट्युब च्यानल रिाता बुढाथोकीबाट २ हप्ता अघि डिजिटल बजारमा आएको हो । दण्डपाणि पाण्डेको शव्दरसङ्गीत, राकेश सोनीको म्युजिक एरेञ्ज र सञ्जय श्रीपालको मिक्सिङ्रमाष्टरिङ् रहेको यस गीतमा सहगायनमा गायिका रितालाई महेश्वरी रास्कोटी र गीता सेञ्चुरीले साथ दिएका छन् । भिडिओ मुकेश नेपालीको निर्देशन एवं कोरियोग्राफीमा छायाङ्कन भएको हो ।

भिडिओमा वीरेन्द्र भाट ‘विपिन’ को क्रिएटिभ डाइरेक्शन, सिनेमाटोग्राफी एवं इडिटिङ रहेको छ भने सन्जना गुरुङ, वीरमा खड्का, मुकेश नेपाली लगायतका दर्जनौं कलाकारलाई नृत्यरअभिनयमा देख्न सकिन्छ िभिडिओमा लोकेश भाटले एसोसिएट इडिटरको रुपमा काम गरेका छन् िगोपाल भुजेलले निर्माण गरेको यो भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा तयार भएको हो । गीतमा लामो समयदेखि आमासँग भेट्न नपाएकी एउटी चेलीको मनोभाव व्यक्त गरिएको छ । आमा कहाँ होलिन् ? के गर्दै होलिन्रु सञ्चो बिसञ्चो कस्तो अवस्थामा होलिन् ? भन्ने नानाथरि कुराहरु मनमा खेलाएर आमाको यादमा बेचैन रहेकी चेलीको भावना र अवस्थालाई गीतले जीवन्त बनाएको छ । तीज पर्वकै भावना र मर्म पोखिएको, वास्तविक तिजगीत भन्न सुहाउने यस गीतरभिडिओका दर्शक स्रोताले पनि युट्युबमा अत्यन्तै सकारात्मक प्रतिक्रिया दिएका छन् ।

चलचित्रका गीत, लोकदोहोरी, तीज गीत, भाषाभाषी गीत आदि गरेर ५ दर्जन भन्दा बढी गीतमा स्वर दिईसकेकी रिता रात्रीकालिन ‘लोकदोहोरी साँझ’ की पनि एक चर्चित गायिका हुन् िलामो समयसम्म निरमाया दोहोरीमा गीत गाएकी उनी हाल ‘उत्कृष्ट दोहोरी साँझ’ अत्तरखेलमा गाईरहेकी छिन् । उनको गायनयात्रा नदी झैं अविरल बगिरहेको छ । गायन प्रस्तुतिकै सिलसिलामा अन्तर्राष्ट्रिय मुलुक भारतका विभिन्न शहर, दुबई र यूरोपका अधिकांश देशको भ्रमण गरिसकेकी गायिका रिताले नेपालका धेरैजसो जिल्लामा आयोजित सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । सांस्कृतिक आदानप्रदान अन्तर्गत दर्जनौं अन्तर्राष्ट्रिय मुलुकमा नेपाली मौलिक कलाको प्रदर्शन गरेर देश चिनाउँदै आएको रामचन्द्र कोईरालाद्वारा सञ्चालित ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’मा आवद्ध भई नेपाली कल्चरल गीत गाउँदै आएकी रिता नेवारी, भोजपुरी, टप्पा, कौरा, सालैजो, तामाङ सेलो, हुड्केली लगायत नेपालका धेरैजसो कल्चरल गीतमा पनि उत्तिकै पोख्त छिन् ।

नेपालमै यति धेरै भाषमा गीत गाउन सक्ने उनी जस्ता कलाकार औंलामा गन्न सकिएला । युवा उमेरमा आफ्नो क्षेत्रकी प्रसिद्ध भलिबल एवं फुटबल खेलाडी रिताले त्यो बेला नेपालका अधिकांश जिल्लामा महिला खेलाडीको रुपमा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेकी थिईन् । केही महिना अघि कर्णाली कलाकार प्रतिष्ठानले नेपालमै पहिलोपटक आयोजना गरेको महिलाहरुको मादल वादन प्रतिस्पर्धामा समेत उनी तेस्रो विजेता बनेकी थिईन् । बिना प्रशिक्षण, दोहोरी साँझमा गीत गाउने क्रममा सिकेको भरमा देशव्यापी प्रतिस्पर्धामा तेस्रो भएपछि प्रसिद्ध मादल प्रशिक्षक खड्ग बहादुर बुढासँग उनले राष्ट्रिय नाचघरद्वारा सञ्चालित ६ महिने मादल वादनको तालिम पनि लिईन् । यहाँसम्म आईपुग्न आफ्ना पति गोपाल बहादुर भुजेल र छोराछोरीको पनि उत्तिकै सपोर्ट रहेको बताउँदै असाधारण प्रतिभाकी धनी बहुआयामिक प्रतिभा रिता भन्छिन्( ‘कलाकारिता क्षेत्रमा धेरै काम गर्न सक्छौ भनेर हौसला दिंदै काठमाण्डौ ल्याउने गुरु खड्ग बहादुर बुढा र दण्डपाणि पाण्डे अङ्कललाई कहिल्यै बिर्सन सक्दिन ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *