मधेशवादीमा फुट बढ्दै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ तराई केन्द्रित राजनीति गर्दैै आएका तथा आफूलाई मधेशवादी भन्न रुचाउनेहरुमा फुट बढ्दै गएको छ । कुनै समय तराई केन्द्रित दलहरुलाई समेटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल अहिले रित्तिने क्रममा पुगेको छ ।
लोसपामा रही पछिल्लो समय राजनीति गर्दै आएका नेता अनिल कुमार झाले पनि लोसपा छोडी सद्भावना पार्टीलाई पुनर्गठन गरेका छन् । उनले पुनर्गठन गरेको पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि तराई केन्द्रित दलहरुका बीचमा झनै दूरी बढ्न थालेको बताइएको छ । मधेशवादी ६ वटा दल एकीकरण हुँदा सद्भावना पार्टी २०७४ सालदेखि निस्कृय थियो ।
२०७४ सालको चुनावमा रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित झा २०७९ को निर्वाचनमा भने पराजित भएका थिए । उनी विगतमा पटक पटक मन्त्री पनि बनेका थिए ।
यसैबीच महन्थ ठाकुरको नेतृत्वमा लोसपा रहेको छ । यसैगरी जनता समाजवादी पार्टी नेपालको अध्यक्षका रुपमा उपेन्द्र यादव रहेका छन् । जनमत पार्टीको अध्यक्षको रुपमा चन्द्रकान्त (सि.के.राउत) रहेका छन् । यसैगरी रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र राजेन्द्र महतोको नेतृत्व रहेको दल पनि तराई केन्द्रित राजनीतिमा सक्रिय देखिँदै आएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *