कठमाडौं/ पूर्वराष्ट्रपति विद्या भण्डारी करिब ८ वर्ष शीतल निवासमा रहेर निजी निवास फर्केपछि पुनः नेकपा (एमाले) कै राजनीतिमा सक्रिय हुने घोषणाले एमालेमा भुँइचालो गएको छ ।
राष्ट्रपति बन्नुअघि एमालेमा उपाध्यक्ष रहेकी भण्डारीले पार्टीको नेतृत्व गर्ने भनेपछि प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली र उनी पक्षधरहरुलाई ज्वरो आएको बताइएको छ । पूर्वराष्ट्रपति भण्डारी सकृय राजनीतिमा आउने भएपछि उनले ३२ वर्ष अगाडि २०५० सालमा चुनाव प्रचारप्रसार गरिएको एमालेका नेता तथा २०५४ सालमा काठमाडौं महानगरपालिकाको उपप्रमुख बनेका बानेश्वर थापागाउँमा रहेको विदुर मैनालीको घरलाई सम्पर्क कार्यालय बनाएको जानकारहरुले बताएका छन् ।
२०४८ सालमा भएको आम निर्वाचनमा तात्कालीन एमालेका महासचिव मदनकुमार भण्डारीले काठमाडौंको क्षेत्र नं. १ बाट चुनाव लकी विजयी बनेका थिए । २ वर्ष नबित्दै २०५० साल जेठ ३ गते पोखराबाट चितवन जाने क्रममा जिप दुर्घटनामा परी संगठन विभाग प्रमुख जीवराज आश्रितसँगै दासढुंगामा रहस्यमय तरिकाले निधन भएको थियो । पछि २०५० माघ २५ गते भएको उपनिर्वाचनमा पार्टीले भण्डारीकै जीवनसंगिनी विद्या भण्डारीलाई उम्मेदवार बनायो र पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईलाई करिब २ हजार मतान्तरले पराजित गराइन् ।
किसुनजीलाई त्यतिबेला काँग्रेसीहरुले नै अन्तर्घात गरेर हराएका थिए । काँग्रेसभित्रको आन्तरिक किचलोका कारण २०५१ साल कात्र्तिकमा मध्यावधि निर्वाचनको घोषणा भयो । त्यसपछि विद्याले निर्वाचन क्षेत्र परिवर्तन गरी क्षेत्र नं. २ बाट चुनाव जितेकी थिइन् । यिनै कुराहरुलाई मध्यनजर गर्दै भण्डारीले फेरि सकृय राजनीतिका लागि मैनालीको घरलाई सम्पर्क कार्यालय बनाएको समाचार श्रोतले जानकारी दिएको छ ।
त्यही चुनावी घरलाई काठमाडौंमा सम्पर्क कार्यालय बनाएर अब विस्तारै अन्य जिल्लाहरुमा पनि सम्पर्क कार्यालय खोल्ने बताइएको छ । भदौमा हुने एमालेको विधान अधिवेशनलाई मध्यनजर गर्दै आगामी भदौदेखि नै देशभरीका कार्यकर्ताहरुले सम्पर्क कार्यालयमै आएर भेट गर्न सक्ने श्रोतले बताएको छ । पुनः सकृय राजनीतिमा फर्कने शंखघोष गरेकी विद्याको कारणले एमालेले २० देखि २० प्रतिशत मत र कार्यकर्ताहरु गुमाउन सक्ने राजनीतिक वृत्तमा चर्चा चलेको छ ।
हाल एमालेमा प्रधानमन्त्री ओलीका कारण धेरै नेताहरु मूलधारबाट बाहिरिने क्रममा भण्डारीलाई रोज्न पुगेका छन् । यस्ले गर्दा पार्टीलाई क्षति हुने सरोकारवालाहरुले बताएका छन् ।
३२ वर्षपछि विद्या पुरानै रफ्तारमा
Facebook Comments Box
