हेटौंडा/ बाग्मती प्रदेशका नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्र बानियाँले केन्द्रले थ्रीलाइन ह्पि जारी गरेपछि विश्वासको मत पाएका छन् । बानियाँले आफ्नै पार्टी काँग्रेसका बहादुर सिंह लामा तामाङलाई संसदीय दलको नेतामा अपदस्त गरी संसदीय दलको नेता र मुख्यमन्त्री बनेका थिए ।
काँग्रेसका ३७ सांसद रहेको बागमती प्रदेशमा बहादुरलाई हराएर गत श्रावण १४ गते काँग्रेस संसदीय दल बागमती प्रदेशका नेतामा निर्वाचित भएका थिए । आफ्नै पार्टीका नेतालाई पदच्युत गरेपछि बहादुर पक्षधर १४ जना सांसदहरुले बानियाँलाई विश्वासको मत दिन आनाकानी गर्दै काठमाडौंमा गोप्य भेला र नेताहरुसँग भेटघाट गरेर बसेका थिए ।
गत श्रावण २७ गते विश्वासको मत लिने र मन्त्रिमण्डल विस्तार गर्ने रणनीतिमा रहेका मुख्यमन्त्री बानियाँले श्रावण २० गते एमालेका ६ र काँग्रेसका २ जनालाई समेटेर ९ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । बहादुरले आफूले सिफारिस गरेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नबनाएपछि उनी असन्तुष्ट बनेका थिए । केन्द्रबाट सभापति शेरबहादुर देउवा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन कुमार थापाको थ्री लाइन हस्तक्षेपपछि मात्र २७ गते बेलुका ४ बजेको निर्धारित समय घर्केपछि विश्वासको मत दिएको समाचार श्रोतले बताएको छ ।
लामाले सिफारिस गरेका ३ जना व्यक्तिहरु मन्त्री बन्ने भएपछि बानियाँले काँग्रेसका रामकृष्ण चित्रकार बाहेक २६ र एमालेको २७ गरी कूल ६३ जनाको विश्वासको मत पाएका थिए । कुल ११० सदस्यीय बागमती प्रदेश सभामा मुख्यमन्त्री बन्न ५६ जनाको समर्थन चाहिन्छ । काँग्रेसभित्रै लामाको पक्षमा रहेका १४ जना सांसदले समर्थन नगर्नासाथ बानियाँको मुख्यमन्त्री धरापमा पर्ने अवस्था रहेको जानकारहरुले बताएका छन् ।
काँग्रेसभित्र घात प्रतिघात र अन्तर्घातको रोग २०४८ सालको निर्वाचनपछि भित्रिएको हो । संघमा सरकारको नेतृत्व फेरिने वित्तिकै एमालेले मुख्यमन्त्री दाबी गर्ने विगतको प्रचलन अनुसार मुख्यमन्त्री बानियाँको तालुमा आलु कहिलेसम्म फल्छ भनी राजनीतिक वृत्तिमा चर्चा चलेको छ । प्रदेश सभामा मुख्यमन्त्री र मन्त्री बन्नेहरु बाहेक जनता लाभान्वित बनेका छैनन् ।
बानियाँको मुख्यमन्त्री पद झण्डै धरापमा
Facebook Comments Box
