सम्पत्ति शुद्धीकरणमा ठाकुर

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अर्थमन्त्रालयमा ल्याइएपछि सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकममा गजेन्द्र ठाकुर नियुक्त भएका छन् । यसअघि प्रधानमन्त्री कार्यालय मातहत राखिएकोे सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले अर्थ मन्त्रालयमा फिर्ता ल्याएको थियो ।
खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारले प्रधानमन्त्री कार्यालय मातहत राखेको राजश्व अनुसन्धान विभागलाई र राष्ट्रिय अनुसन्धान विभागलाई पनि पुरानै मन्त्रालय अर्थ र गृहमा फिर्ता गरिएको छ । उद्योग र पछिल्लो समय सञ्चार मन्त्रालयमा बसेर काम गर्दै आएका सहसचिव ठाकुरलाई गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकले अर्थमा सरुवा गरी विभागको जिम्मेवारी सुम्पिएको स्रोतले जानकारी दिएको छ ।
शालीन र भद्र स्वभावका ठाकुरलाई सम्पत्ति शुद्धीकरणको महानिर्देशकबाट ओली नेतृत्वको सरकारले हटाएको थियो । मुलुक ग्रे–लिष्टमा परेको अवस्थामा त्यसलाई हटाउने जिम्मा दिएर फेरी दोहो¥याएर ठाकुरलाई पठाइएको अर्थमन्त्रालय श्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *