काठमाडौं/ नेपाली काँग्रेस जेनजी आन्दोलनपछि भाँडभैलोमा परिणत भएको छ । खासगरी संस्थापन पक्ष र इतरपक्षबीचको सत्तास्वार्थले काँग्रेसको नूर गिर्नै थालेको छ ।
महामानव बी.पी. कोइरालाले निर्माण गरेको पार्टीको व्याज खान नेताहरुमा हानथाप चलेको छ । जेनजी आन्दोलनले उत्पन्न गरेको परिस्थितिपछि काँग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई का.वा. सभापतिको कार्यभार जिम्मा लगाएर स्वास्थ्य उपचारको लागि सिंगापुर प्रस्थान गरेका छन् । गत भाद्र २३ र २४ गतेको आन्दोलन हुनु अगाडिदेखि नै काँग्रेसमा विशेष महाधिवेशनको माग उठ्दै आइरहेको थियो ।
परिस्थितिले कोल्टे नफेरेको भए २०८३ मंसिरमा १५ औं महाधिवेशन गर्ने तयारीमा सभापति देउवाले तयारी गरिरहेका थिए । काँग्रेस विधानमा चार वर्षमा महाधिवेशन गर्नुपर्ने भएता पनि एक वर्ष थपेर २०८३ मंसिरमा १५औं महाधिवेशन गर्ने संस्थापन पक्षको भित्री तयारी थियो । त्यसविरुद्ध इतर पक्षले २०८२ मंसिरमै विशेष महाधिवेशन गर्न हस्ताक्षर संकलन गरेको थियो ।
१४औं महाधिवेशनका ४७४३ महाधिवेशन प्रतिनिधिहरुमध्ये २४८८ (आधा भन्दा बढी) जनाले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका थिए । हस्ताक्षर कार्यवाहक सभापति खड्कालाई गत असोज २९ गते बुझाएर विशेष महाधिवेशनको माग गरिसकेको अवस्था छ । यथास्थितिमा विशेष महाधिवेशन गर्न समयले नभ्याउने र कृयाशील सदस्यताको विवाद पनि नसुल्झिएको अवस्था कायमै छ ।
जेनजी आन्दोलनबाट खड्गप्रसाद शर्मा ओली नेतृत्वको सत्ता ढलेर अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गतेलाई निर्वाचनको मिति घोषणा गरिसकेको छ । यही अवस्थामा महाधिवेशन नगरी काँग्रेसले निर्वाचनमा भाग लिए के भनेर जनतासँग मत माग्ने भन्ने इतरपक्षको निष्कर्ष रहेको काँगे्रसका जानकारहरुले बताएका छन् ।
यता, संस्थापन पक्षका सात भाइ नेताहरुले का.वा. सभापति खड्कालाई चुनावपछि आगामी बैशाखमा १५औं महाधिवेशन गर्न दबाब दिएको श्रोतले जानकारी दिएको छ । काँग्रेस राजनीतिमा निष्ठावान् ठानिँदै आएका खड्काले सात भाइको स्वार्थलाई भन्दा पार्टीको हितलाई हेर्नुपर्ने बताइएको छ । कृयाशील विवाद सुल्झाएर जेनजीलाई समेत समेटे फास्टट्रयाक हिसाबबाट आगामी पुस माघमा १५औं महाधिवेशन गर्न सके काँग्रेसलाई फाइदा हुने चर्चा चलेको छ ।
काँग्रेसको महाधिवेशन भाँड्न सकृय सात भाइ (गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, विमलेन्द्र निधी, विजयकुमार गच्छदार र शशांक कोइराला) को स्वार्थ टिकट वितरणदेखि नेतृत्व लिन र आ–आफनो व्यक्तिगत स्वार्थले प्रेरित गरेको बुझिएको छ । यिनीहरुकै कारण काँग्रेसमा हलो अड्किएको बताइएको छ ।
काँग्रेसमा सात भाइको ‘हाइज्याक’ मा का.वा. सभापति
Facebook Comments Box
