काठमाडौं/ समयको चक्रले सोचेको कुरा र देखेको सपना पूरा नहुने रहेछ । हालका मुख्यसचिव एकनारायण अर्याल यस्तै सपना देख्नेमध्ये एक सुधारवादी प्रशासक हुन् । सचिवबाट अवकाश हुने अर्याल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको आशीर्वादका कारण मुख्यसचिव बनेको जेनजी आन्दोलनपछि चर्चा चलेको छ ।
श्रम तथा रोजगार र गृहसचिव हुँदा थुप्रै सुधारका कामहरु गरेका अर्याल आगामी मंसिर ९ गतेदेखि सिंहदरबार धाउनुपर्ने छैन, अर्थात उनी अनिवार्य अवकाश परेर घर जाँदैछन् । वामपन्थी पृष्ठभूमिका मुख्यसचिव अर्याल कुलिङ पिरियड हटाउने अभियानको नेतृत्व लिएर करिब दुई दर्जन सचिवहरुलाई पछि लगाएर नेतृत्वलाई दबाब दिई कुलिङ पिरियड कार्यान्वयनको विपक्षमा उभिने र तात्कालिन समितिका सभापति रामहरि खतिवडालाई चुनौती दिने पात्र हुन् ।
कुलिङ पिरियड कार्यान्वयन नभएको भए मुख्यसचिव अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख वा प्रमुख निर्वाचन आयुक्तमध्ये एक पद हात पार्ने जानकारहरुले बताएका छन् ।
संसदमा कुलिङ पिरियड सम्बन्धी विधेयक राष्ट्रियसभा र प्रतिनिधिसभा गर्दागर्दै जेनजी आन्दोलन भयो र अन्तरिम सरकार बनेपछि न रह्यो बाँस न बज्यो बाँसुरी भनेझैं मुख्यसचिव अर्यालको अब अवकाशपछि घर जानबाहेक विकल्प नरहेको चर्चा चलेको छ ।
यसैगरी सोही दिन मंसिर १० गते गृहमन्त्रालयबाट लखेटिएका सचिव गोकर्णमणि दुवाडी पनि घर जाने सूचीमा चढेका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवबाट राष्ट्रिय तथ्यांक कार्यालयमा हुँदा बुढानीलकण्ठको आशीर्वादले गृहसचिव बनेका दुवाडीले गृहमन्त्रालयमा हुँदा सरुवामा आर्थिक लेनदेन, भिजिट भिषा आदिका बारेमा गरेको ब्रम्हलुटले विदेश जान रोक लगाएको छ । अब सरकारले गठन गरेको छानविन समितिले उनलाई कारबाही गर्ने जानकारहरुले बताएका छन् ।
मुख्यसचिव अर्याल र सचिव दुवाडी घर जाँदै
Facebook Comments Box
