काठमाडौं/ अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काँग्रेसका २१ जना नेताहरु समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बन्न नपाउने बताइएको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिको गत मंसिर ६ गतेको निर्णय अनुसार उम्मेदवार छनौट मापदण्डका कारण २०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिक तर्फबाट तीनजना पुरुष सहित २९ जना महिलाहरु सांसद बनेका थिए । अब हुने फागुन २१ गतेको निर्वाचनमा काँग्रेस नेता एवं पूर्व उपसभापति विमलेन्द्र निधि, काँग्रेसका प्रवक्ता प्रकाशशरण महत र हालका सहमहामन्त्री जीवन परियारको नाम समानुपातिकको बन्द सूचीमा नअटाउने बताइएको छ ।
त्यसैगरी समानुपातिकबाट सांसद बन्न नपाउने महिला नेतृहरुमा पूर्व परराष्ट्रमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा, केन्द्रीय सदस्यहरु ईश्वरी न्यौपाने, सरिता प्रसाई, अम्बिका बस्नेत, प्रतिभा गौतम, सुशीला थिङ्ग, रमा कोइराला पौडेल, चन्दा चौधरी, कान्तिका सेजुवाल, मुक्तकुमारी यादव र मञ्जु खरेललगायत गरी २९ जना छन् ।
नेतृत्वको चाकडी गरेर पटक–पटक समानुपातिक कोटाबाट सांसद बन्दै आएकाहरुको लागि अब तगारो लागेको छ । यिनीहरुलाई प्रतिनिधिसभाको सदस्य बन्नका लागि अब प्रत्यक्ष निर्वाचन प्रणाली नै रोज्नुपर्ने बाध्यता देखिएको छ । ५ वर्षे कार्यकालका लागि समानुपातिक कोटाबाट सांसद बनेका नेता तथा नेतृहरुलाई संसद पुनस्र्थापना हुन्छ कि भन्ने झिनो आशा छ । २९ जना समानुपातिक महिला सांसदहरुमध्ये डा. आरजु राणा देउवा कैलाली–५ बाट सांसद बन्न सिफारिश हुनु भएको छ भने बाँकी ३१ जना सांसदहरुको प्रतिनिधिसभा धाउने र भत्ता पकाउने बाटो बन्द भएको बताइएको छ ।
काँग्रेसबाट सभापतिमा उम्मेदवार बन्ने सोच बनाउनुभएका निधि प्रत्यक्षमा धनुषा–३ बाट निर्वाचनमा उठ्ने तयारीमा रहेको समाचार श्रोतले जानकारी दिएको छ । प्रवक्ता महतलाई जिल्लामा जनाधार नभएकोले नेतृत्वको चाकडी गरेर फाइदा लिने नेताको रुपमा चित्रण गरिएको छ । समयले साथदिए नेता निधि र नेतृ राणा निर्वाचित हुनसक्ने जानकारहरुले बताएका छन् ।
आगामी पुसमा हुने कांग्रेसको १५ औ महाधिवेशनका लागि सभापतिमा प्रतिस्पर्धा गर्नेहरू ठानिएका पूर्णबहादुर खड्का सुर्खेत–१, वरिष्ठ नेता डा. शेखर कोइराला मोरङ्ग– ६ र युवा नेता गगनकुमार थापा काठमाडौं–४ र रोल्पाबाट सर्वसम्मत सिफारिस हुनुभएको छ । चर्चामा रहेका कांग्रेस नेता एवं पूर्वउपसभापति विमलेन्द्र निधिको नाम पनि धनुषाबाट सिफारिस हुने बताइएको छ ।
समानुपातिक उम्मेदवार बन्न नपाउने कांग्रेसीहरु
Facebook Comments Box
