काठमाडौं/ नवपुस्ता (जेन–जी) विद्रोहको जगमा सुदन गुरुङ्गको सिफारिसबाट मन्त्री बनेका कुलमान घिसिङले ३ वटा विकास मन्त्रालयहरुको जिम्मेवारी सम्हाल्नु भएको छ । आकर्षक मानिने गरेका ऊर्जा, जलस्रोत तथा सिचाई, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयजस्ता बढी बजेट भएका मन्त्रालयको नेतृत्व लिएका घिसिङ्गले तीनवटै मन्त्रालयको भौतिक प्रगति देखाउन नसकेको आरोप लागेको छ ।
उज्यालो नेपाल पार्टीको पर्दा पछाडिका अध्यक्ष समेत रहनुभएका मन्त्री घिसिङ्गले अब बन्ने सरकारको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने दाबी गरे पनि उहाँकै भविष्य अँध्यारो रहेको जानकारहरुले बताएका छन् । भर्खर खुलेका साना पार्टीहरुले र पुरानो पार्टी रास्वपाले समेत विश्वास नगरेका कारण मन्त्री घिसिङको पार्टीसँग कसैको एकता हुन नसकेको बताइएको छ । जेन–जी, बालेन साह, रास्वपा र कुलमानलाई एकता गर्ने अभियान जारी नै रहेको चर्चा चलेको छ ।
एउटा मट्याङ्ग्राले दुईवटा शिकार गर्ने सोच बनाएका मन्त्री घिसिङले सडकको अनुगमन र पार्टीको कामलाई सँगसँगै अघि बढाउनुभएको बताइएको छ । उहाँ केही दिन अगाडि काभ्रेपलाञ्चोकको बनेपाको कार्यक्रम सकेर धनगढीतर्फ लाग्नुभएको थियो । विगतमा भौतिकमन्त्री बनेकाहरुले आधा दर्जनको हाराहारीमा सल्लाहकार राख्ने गरेकोमा अहिले भौतिक मन्त्रालयमा एकजना विश्वासप्राप्त सहसचिव (सु.ई.) बाहेक अरुलाई इँमटू गरेको बताइएको छ । ऊर्जामन्त्री समेत रहनुभएका घिसिङलाई उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप उपाध्याय, ऊर्जाका सहसचिव रुद्रसिंह तामाङ र शहरी विकासका सचिव गोपाल सिग्देलले निर्देशित गर्ने गरेकाले उहाँहरु बाहेक अरु कसैको कुरा नसुन्ने समाचार श्रोतले जानकारी दिएको छ ।
खासगरी मन्त्री घिसिङलाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले घिसिङले जुन थालमा खाए त्यही थालमा छेद हालेको भन्दै आरती उतार्न छाडेपछि मन्त्रालय र विभागका वामपन्थीहरुप्रति घिसिङ अनुदार बनेको खबर छ । हाल मन्त्रालय र विभाग वामपन्थी र हामपन्थीहरुको कब्जामा छ । बरु डेमोक्र्याटहरुप्रति मन्त्री नरम देखिएको सिंहदरबारमा चर्चा चलेको छ ।
यता, मन्त्री बनेको तीन महिना बितिसक्दा पनि उपत्यका प्रवेश गर्ने लाईफलाईन मानिएको मुग्लिङ्ग नागढुङ्गा सडक दैनिक ५ घण्टा बन्द गरेर विस्तार गर्दा पनि प्रगतिमा सुधार आउन सकेको छैन । नौबीसे, मलेखु खण्ड ४६ र मलेखु–मुग्लिङ्ग खण्ड ३५ प्रतिशत मात्रै काम सम्पन्न भएपछि मन्त्री घिसिङ्गलाई पनि उही ड्याङ्कको मुलामा दर्ता गरिएको बताइएको छ ।
मन्त्री घिसिङका सल्लाहकार को–को ?
Facebook Comments Box
