झापा/ नेपाली कांग्रेसले झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा मन्दरा चिमरिया पौडेललाई उम्मेदवार बनाएको छ । उहाँ को हो भनी झापा बाहेकका जनताले उहाँको बारेमा जानकारी माग गरेको अवस्था छ ।
सो निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली पनि उम्मेदवार बन्नु भएको छ । यसैगरी काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा गरी यही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र शाह (बालेन) उम्मेदवार बन्नु भएकाले पनि मन्दराको बारेमा झापा बाहेकका जनताले पनि उहाँको बारेमा जानकारी चाहेको बताइएको छ ।
उहाँ राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय उपाध्यक्ष रहेको बताइएको छ । उहाँले दमक बाल अनाथ बाल आश्रम स्थापना गरी लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आउनु भएकी बताइएको छ । महिला अधिकारको क्षेत्रमा क्रियाशील उहाँ कांग्रेसका महासमिति सदस्यसमेत रहेको बताइएको छ ।
यस पटकको निर्वाचनमा ओली र बालेनलाई कडा प्रतिस्पर्धा दिनका लागि उहाँ महिला नेतृको रुपमा आएको पनि चर्चा छ ।
झापा–५ मा मन्दरा
Facebook Comments Box
