काठमाडौं । जेनजी सरकारका कृषि तथा पशुपंक्षी मन्त्री डा. मदन परियारले खानेपानी मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् । मन्त्री परियारले जिम्मेवारी सम्हाल्नासाथ खानेपानी मन्त्रालयका सचिव रामआधार साहलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।
आगामी २०८३ बैशाख १० गते सेवा निवृत्त हुने तरखरमा रहेका सचिव साहको ठाउँमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्व बाबु पुडासैनीलाई ल्याइएको छ । सचिव पुडासैनीलाई गत पुस २८ गतेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रालयमा सरुवा गरी त्यहाँका सचिव केशवकुमार शर्मालाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको थियो ।
मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन भएन र सचिव शर्मा भौतिकबाट विज्ञान तथा प्रविधि मन्त्रालयमा हाजिर हुनु परेन । आगामी चैत्रको दोश्रो साता अनिवार्य अवकाश हुने शर्मा शक्तिकेन्द्रको आशिर्वादमा भौतिक मन्त्रालयमै थामिएका छन् । इन्जिनियरिङ क्लष्टरका सचिव शर्मा भौतिक मन्त्रालय अन्तर्गतका विकासे आयोजना बुझेका विज्ञ सचिव हुन् । उनलाई सरुवा गरे भौतिक मन्त्रालयमा ल्याउने निर्णय गरिएका पुडासैनी क्यामेस्ट्री समूहका विकासे मन्त्रालय नबुझेका सचिव हुन् । उनको सरुवा भौतिकमा रोकिएपछि गत माघ १२ गते खानेपानी मन्त्रालयमा गरिएको छ । निर्वाचन आचारसंहिता लागु भै सकेको अवस्थामा निर्वाचन आयोगसँग स्वीकृति लिएर सरुवा गरिएको समाचार श्रोतले बताएको छ ।
विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका साह इन्जिनियरिङ क्लष्टरको नभए पनि यस अगाडि खानेपानी मन्त्रालयको सचिव भै सकेका सचिव हुन् । उनीभन्दा अगाडिकी सचिव प्रमिला बज्राचार्यले मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान गर्न नसकेपछि प्रधानमन्त्री सुशीला कार्कीकै सिफारिसमा नेपाल ट्रष्टबाट खानेपानी मन्त्रालय सरुवा भएको जानकारहरुले बताएका छन् । विवादित पृष्ठभूमिको आरोप लागेका सचिव साहको कार्यशैलीप्रति कर्मचारीहरु रुष्ट बनेपछि मन्त्री परियारले सरुवा गरेको मन्त्रालय श्रोतले बताएको छ । वर्तमान अवस्थालाई सचिव साहले बुझ्न नसकेको आरोप लागेको छ ।
मन्त्रीसँग कुरा नमिल्दा सचिवको सरुवा
Facebook Comments Box
