के चितवनबासीले पुडासैनीको घटना बिर्सिएका हुन् ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

रुषा थापा

मसिंर ४ गतेको चुनाव आउन अब धेरै दिन बाँकी छैन । अहिले जताततै चुनावकै कुरा चलि रहेको छ । सार्वजनिक सवारी साधनमा नै होस् या चिया पसलमा, बच्चादेखि बुढासम्मले एउटै कुरा गर्छन् । अदालतले त आरोपितलाई सफाइ दियो तर अब चितवन क्षेत्र नम्बर २ का जनताले आरोपित रवि लामिछानेलाई सजाय दिन्छन् कि विजय गराउँछन् भन्ने कुराको चर्चा रहेको छ ।
अहिले देशैभरिका जनता चितवन क्षेत्र नम्बर २ का जनताले आरोपित लामिछानेलाई विजय गराउँछन् कि सजाय दिन्छन् भनेर हेरिरहेका छन् । नेपालीमाथि अर्को नेपालीले कतिको भेद्भाव गर्छन् भनेर पनि जनता हेरिरहेका छन् । पत्रकार शालिग्राम पुडासैनीको घर नुवाकोट भए पनि केही वर्षअघि उनी चितवनमा गएर आत्महत्या गरेका थिए । यो कुरा त हामी कसैले बिर्सिएका छैनौँ होला नि त ।
पुडासैनी पनि एक नेपाली नागरिक नै थिए र उनी पनि कसैको छोरा थिए । हाम्रो संविधानमा भनिएको छ, कुनै पनि बच्चा आमाको कोखबाट नेपालको भूमिमा जन्मिएपछि उसले बाँच्न पाउनुपर्छ । उसको बाँच्न पाउनुपर्ने अधिकार पनि सरकारले नै सुरक्षित गर्ने गर्छ र उसलाई न्याय दिलाउन पनि सरकार नै मदत गर्ने गर्छ । पत्रकार शालिग्राम पुडासैनीको घटनामा यो ठ्याक्कै उल्टो हुन पुगेको छ । उनको बाँच्न पाउनुपर्ने अधिकार पनि सरकारले सुरिक्षत गर्न सकेन र उनलाई न्याय पनि दिलाउन सकेन ।
यसबाट त अब हामीले के बुभ्mने त ? के पुडासैनी नेपाली नागरिक थिएनन् र ? राज्यको चौथौं अंग मानिने पत्रकार पुडासैनीलाई त सरकारले न्याय दिलाउन सकेन भने हामी सर्वसाधारणलाई सरकारले न्याय दिन्छ भनेर अब हामी कसरी विश्वास गर्ने ? यस घटनाबाट त सर्वसाधारणको न्यायबाट नै विश्वास गुमेको छ । सरकारले बाँच्नुन्जेल त पुडासैनीसँग कर लियो तर मरेपछि पनि उसलाई न्याय दिएन । बाँच्नुन्जेल तै नेपाली नागरिक भनेर कर उठाउने अनि न्याय दिने बेला तै भेदभाव गर्ने ! यसबाट त नेपालको कानूनमाथि नै प्रश्न उठेको छ ।
अहिले देशैभरिका जनता चितवन क्षेत्र नम्बर २ का जनतालाई सोध्छन्, शालिग्राम पुडासैनीले न्याय पाउने कि नपाउने, उसको बाँच्ने अधिकार थियो कि थिएन ? उनलाई मर्न बाध्य बनाउने लामिछानेलाई कानूनको दायरामा ल्याउने कि नल्याउने ? लामिछानेलाई मत दिनुअघि चितवनबासीहरुले पुडासैनीले मर्नुअघि रुदैँ तयार पारेको भिडियो एक पटक हेर्नुपर्छ र मत हाल्नुपर्छ भन्ने स्थानीयको भनाइ सुन्न पाइन्छ । पुडासैनीले मर्नुअघि बनाएको भिडियोमा भनिएको छ , ‘लामिछानेले पटक पटक दिइरहेको दबाब वा प्रेसरले गर्दा नै म मर्न बाध्य भएँ ।’
यदि पुडासैनीको ठाउँमा चितवन २ नम्बरकै कुनै मानिसलाई लामिछानेले मर्न बाध्य बनाएको भए तपाइँहरु के गर्नुहुन्थ्यो ? लामिछानेको विरोधमा सडकमा आउनुहुन्थ्यो कि उनलाई मत दिनुहुन्थ्यो ? अब तपाइँहरु आफैँ भन्नुहोस् । लामिछानेले त पैसा र पहुँचको आडमा अनेक तिकडम गरे । पत्रकार पुडासैनी त मरेको मरै भए नि त । कि पुडासैनीले मर्नुअघि बनाएको भिडियो र शव नै नक्कली थियो ?
चितवनका जनताले लामिछानेलाई सजाय दिनुपर्छ भनेर देशैभरिका जनता बहस गरिरहेका छन् । लामिछाने हिजो कस्तो परिवारमा जन्मिएका थिए र आज उनले अर्बोको सम्पत्ति कताबाट कमाए भनेर त भोलिका दिन अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले ढिलोचाँडो छानविन गर्ला नै तर पुडासैनी त मरेको मरै भए नि त ।
अहिले सर्वसाधारण, नागरिक समाज, कानून व्यवसाय, बृद्धिजीवी, पत्रकार सबै जना पुडासैनीले न्याय पाउनुपर्छ भनेर भनिरहेका छन् । पत्रकार पुडासैनीका घरपरिवारलाई अदालतसम्म लैजाने न कुनै वकील नै रहेको छ त उनीहरुलाई न्याय दिलाउन कुनै संघसंस्थाले नै मद्दत गरेको छ । नुवाकोटका जनता पनि पुडासैनीका घरपरिवारलाई धेरैथोरै आर्थिक सहयोग गरेर अदालतसम्म लैजान सक्दैँनन् र नुवाकोटका पत्रकारहरु पनि उनीहरुको विषयमा कलम लगाउन सक्दैनन् । अहिले नुवाकोटका जनताले भन्दा बाहिरी जिल्लाका जनताले पुडासैनीको घरपरिवारले न्याय पाउनुपर्छ भनेर भनिरहेका छन् भने नुवाकोटका सञ्चारकर्मीहरुभन्दा बाहिरी ठाउँका सञ्चारकर्मीहरु पुडासैनीको न्यायको विषयमा चासो दिइरहेका छन् ।
नुवाकोटका सञ्चारकर्मीहरुले पुडासैनीको घरपरिवारको अवस्था, छोरा गुमाएको दुःख र राज्यबाट न्याय नपाएको पीडा बाहिर ल्याएका छैनन् । जसले गर्दा जनता पनि पुडासैनीको घरपरिवारको अवस्था जान्नबाट नै वञ्चित भएका छन् । चितवनका पत्रकारहरुलाई जनता सोध्छन्, पुडासैनीले मर्नुअघि रुँदैँ तयार पारिएको भिडियो किन जनतालाई देखाउनुहुदैँन र जनतालाई किन अन्धकारमा राख्नुहुन्छ ?
चितवनका सञ्चारकर्मीहरु पनि पुडासैनीले न्याय नपाएको विषयमा न त बोल्ने नै सक्छन् न त कलम चलाउन नै सक्छन् । उनीहरु त लामिछानेलाई तपाइँको कारणले किन पुडासैनीले आत्महत्या गर्नुप¥यो भनेर समेत सोध्न सक्दैँनन् । पुडासैनी लामिछानेलाई आरोप लगाएर मरिसकेका छन् तर आरोपित जेलमा नबसेर दल खोलेर जनताको घरघरमा मत माग्न हिँडिरहेका छन् । के यही हो नेपालको कानून ? के यही हुन् नेपालका सञ्चारकर्मीहरु ? यदि अन्यायको विरुद्ध कलम चलाउन र बोल्न नसक्ने हो भने किन राज्यको चौथौं अंगका रुपमा परिचित हुनु !
मिडिया त राष्ट्र र जनताको ऐना हो । सत्य र लुकेका कुरा बाहिर ल्याएर जनता र राष्ट्रको आँखा खोल्ने माध्यम नै मिडिया हो । यता लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार दर्ता गरेर चितवन २ नम्बर क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् र जनताको घरघरमा मत माग्न धाइरहेका छन् । चितवनका सञ्चारकर्मीहरु भने लामिछानेको कर्तुत जनतासमक्ष नल्याई उनकै अघिपछि लागिरहेका छन् । लामिछाने चितवनबासीहरुलाई भ्रममा राखिरहेका छन् तर त्यहाँका सञ्चरकर्मीहरु चुपचाप हेरिरहेका छन् ।
यदि लामिछानेले त्यत्ति नै राम्रा काम गरेका छन् भने त्यसको बारेमा अब मिडियाहरुले पनि बाहिर ल्याउनुपर्छ । के एउटा टेलिभिजनमा ठूल्ठूल्ला आवाजले कराउँदा नै राम्रा काम वा देशको हितको काम हुन सक्छ र ! उनले त टेलिभिजनमा कराएको पनि पैसा लिने गर्थे र त्यो उनको पैसा रहेको थियो । उनले २०६२÷६३ सालको जनआन्दोलनमा के गरे त ? त्यसबेला उनी कता हराएका थिए त । खै त्यसबेला त जनता र राष्ट्र भन्दै सडकमा आएका थिएनन् त ।
पैसा र पहुँच हुनेले जे पनि गर्नसक्छ भनेर फिल्महरुमा देखाइन्थ्यो तर अहिले त यो सत्य नै साबित भयो । लामिछानेसँग पैसा र पहुँच दुवै थियो तर गरिब परिवारमा जन्मिएका पुडासैनीको आत्महत्या प्रकरण पैसा र पहुँचकै आडमा दबाइयो । उनको परिवार सबैतिरबाट एक्लियो न त जनता नै उनको पक्षमा लागे न त सञ्चारकर्मीले नै कलम चलाइदिए ।
अहिले ढिलो भए पनि जनता सरकारसमक्ष माग गर्छन्, पुडासैनीले न्याय पाउनुपर्छ र लामिछानेलाई सजाय हुनुपर्छ । पुराना मुद्दा व्युँताउनुपर्छ र पुडासैनीले न्याय पाउनुपर्छ । अब सञ्चारकर्मीहरुले पनि पुडासैनीलाई न्याय दिलाउन आफ्नो सक्दो प्रयास गर्नुपर्छ । किन भन्दा पुडासैनी एक नेपाली नागरिक मात्र नभई राज्यको चौथौँ अंग समेत रहेका थिए । उनी पनि देश र जनताको हितमा बोल्ने र कलम चलाउने असल, निष्पक्ष र सत्यको पछि लाग्ने पत्रकार नै त थिए नि त ।
अब पुडासैनीले मर्नुअघि रुँदैँ तयार पारेको भिडियो सबै सञ्चारमाध्यमहरुले बाहिर ल्याउनुपर्छ र पुडासैनीको न्यायको विषयमा कलम चलाउनुपर्छ । अब चितवनका सञ्चारकर्मीहरुले पनि त्यो भिडियो सार्वजनिक गर्नुपर्छ र चितवनबासीको आँखा खोल्नुपर्छ ।
त्यस्तै यता कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमक्ष जनता माग गर्छन्, पुडासैनीको आरोपितलाई सजाय दिने कि नदिने, उनलाई न्याय दिने कि नदिने ? पुडासैनीले मर्नुअघि तयार पारिएको भिडियो कानूनमन्त्री कार्कीलाई पनि एक पटक हेरिदिन जनता आग्रह गर्छन् र कानूनमन्त्रीले मात्र नभई, राष्ट्रपति, प्रधानमन्त्री, कानून व्यवसाय, प्रहरी प्रशासन, न्यायालय आदि सबैलाई हेरिदिन समेत जनता आग्रह गर्छन् ।
त्यो भिडियो हेरिपछि त्यो भिडियो सत्य हो कि नक्कली भनेर पनि थाहा पाउनुपर्छ । यदि त्यो भिडियो सत्य हो भने पुडासैनीलाई न्याय दिलाउनुपर्छ । पुडासैनीले मर्नुअघि तयार पारेको भिडियो फेरि एक पटक देखाउन सञ्चारकर्मीहरुसँग जनता माग गर्छन् । कुनै पनि बच्चा आमाको कोखबाट नेपाली भूमिमा जन्मिएपछि उसको बाँच्न पाउनुपर्ने अधिकार नेपालको संविधानमा लेखिएको छ तर पत्रकार पुडासैनी किन बाँच्न पाएनन् ? किन उनलाई मर्न बाध्य बनाउने लामिछानेलाई कारबाही भएन र उनको बाँच्न पाउनुपने अधिकारसुरक्षित भएन ?
के देशको कानूनभन्दा माथि लामिछाने हो भनेर जनता प्रहरी प्रशासन, न्यायालय र सरकारलाई सोध्छन् । पुडासैनीले आफ्नो न्यायका लागि मर्नुअघि भिडियो तयार गरे र त्यसमा पटक पटक आरोपितको नाम बताए तर यसरी मर्दामर्दै यत्रो प्रमाण छोड्दिँदा त सरकारले उसलाई न्याय दिएन भने हामीजस्तो सिधासाधी जनतालाई त सरकारले के नै न्याय दिन्छ होला !
अब कानूनमन्त्री कार्कीले लामिछानेलाई २४ दिनमा तारिखमा छोड्ने न्यायाधीश र लामिछानेलाई सफाइ दिने न्यायाधीशमाथि छानबिन गर्नुपर्छ र कानूनको दायरामा ल्याउनुपर्छ । अब सरकारले पनि त्यो मुद्दा फेरि पनि व्यँुताउने कि नव्यँुताउने भनेर जनता सरकारलाई सोध्छन् ।
अहिले जनता भन्छन्, पुडासैनीका घरपरिवारले न्याय पाउनुपर्छ र उनीहरुसँग न्याय पाउनका लागि आर्थिक छैन भने हामी सहयोग गर्न तयार छौँ । के साँच्चै अब पुडासैनीले न्याय पाउलान् त ? के ढिलो भए पनि पुडासैनीले न्याय पाउलान् त ? लामिछाने कानूनको दायरामा आउलान् त ? भनेर जनताको बहस चलिरहेको छ ।
प्रहरी प्रशासन र अदालतले पैसा र पहुँचको आडमा नक्कली सावित गरेको भिडियो अब जनता र सञ्चारकर्मीको साथमा सत्य बाहिर निस्कन्छ भन्ने सर्वसाधारणको आश रहेको छ । अहिले जनता भन्छन्, पुडासैनीले मर्नुअघि तयार पारेको भिडियो सक्कली हो र आरोपितलाई सजाय हुनुपर्छ । पुडासैनीले मर्नुअघि तयार पारेको भिडियो हेर्दा एकको मात्र आँखाबाट आँसु नआई सबैको आँखाबाट आँसु आउँछ । के मानिसले मर्दा पनि झुठो कुरा बोल्छ त । यदि उसलाई झुठो कुरा बोल्नु नै थियो भने किन उसले आत्महत्याको बाटो रोज्यो त ?
अब भन्नुस् के त्यो भिडियो नक्कली थियो ? के त्यो शव पनि नक्कलीले नै थियो ? यदि थियो भने सावित गर्नुप¥यो होइन भने न्याय दिलाउनुप¥यो । अहिले जनता भन्छन्, धनीलाई नलाग्ने तर गरिबलाई लाग्ने, हाम्रो देशको कानून । अहिले त लामिछानेको मनमा पुडासैनीले मर्नुअघि तयार पारेको भिडियो जनताले बिर्सिसकेका छन् भनेर परेको छ ।
अब सञ्चारकर्मीहरुले फेरि पनि त्यो भिडियो बाहिर ल्याउनुपर्छ र लामिछानेको कर्तुत जनतासमक्ष देखाउनुपर्छ । प्रहरी भन्छ , अपराधी नउम्कियोस्, निर्दाेष नफसोस् । अब जनता प्रहरी प्रशासनलाई सोध्छन्, के लामिछाने निर्दाेष नै हुन् ? के पुडासैनीले मर्नुअघि तयार पारेको भिडियो र उनको शव नै नक्कली हो ? यदि होइन भने किन लामिछानेलाई कारबाही हुँदैन । जनता नै सरकारसमक्ष माग गर्छन्, पुडासैनीको मुद्दा व्यँुताउनुपर्छ र छानबिन गरेर आरोपितलाई कारबाही हुनुपर्छ । होइन भने सरकारकै विरोधमा सर्वसाधारण, संघसंस्था, नागरिक समाजहरु सडकमा उत्रिने छन् ।
भनिन्छ, कानून सबैलाई बराबर रहन्छ तर यहाँ त पैसा हुनेले मान्छे मारे पनि सजाय नहुने र पैसा नहुनेले गल्ती नै नगरे पनि सजाय हुने । के यही हो कानून ? जनताको मतबाट चुनिएर आएका जनप्रतिनिधिले बनाएको कानून यही हो । होइन भने किन आरोपितलाई सजाय हुदैँन । कि कानूनमा नै पैसा हुने र नहुनेमाथि भेदभाव गर्नुपर्छ भनेर लेखिएको छ ?
अब सञ्चारकर्मीहरुले पैसा र पहुँचको आडमा यो मुद्दा सेलाएको हो कि होइन भनेर सरकार र जनतासमक्ष सत्य कुरा बाहिर ल्याउनुपर्छ र कलम चलाउनुपर्छ । हिजोका दिन त पुडासैनीका घरपरिवारसँग न त जनताको नै साथ थियो न त सञ्चारकर्मीको नै । अब त पुडासैनीलाई न्याय दिलाउन हामी सबै मिल्नुपर्छ नि त ।
यो घटनाले हामी सबै सर्वसाधारणको आँखा खोलेको छ । यस घटनाबाट पैसा र पहुँचबाट कसरी गरिब न्यायबाट नै वञ्चित हुन्छ भनेर देखाएको छ र भोलिका दिन हामीसँग पनि यस्तै घटना हुनसक्छ । त्यसैले अब सञ्चारकर्मीहरुले पनि लुकेका सत्य कुरा बाहिर ल्याउनुपर्छ र जनताले पनि पुडासैनीलाई न्याय दिलाउनुपर्छ ।
अब जनताले मात्र नभई सञ्चारकर्मीहरुले पनि पुडासैनीका घरपरिवारलाई न्याय दिलाउन मद्द्त गर्नुपर्छ । हिजो एक्लिएका पुडासैनीका घरपरिवारलाई आज न्याय दिलाउन अब हामी सबै मिल्नुपर्ने छ । अब मिडियाले चलाउने कलम र मिडियाले जनता र राष्ट्रको लागि बोल्ने आवाज त लामिछाने किन्न सक्दैँनन् होला भनेर जनता हेरिरहेका छन् । मिडिया पनि पुडासैनीको पक्षमा उभिन्छन् भनेर जनताको विश्वास रहेको छ र लामिछानेको विरोधमा सञ्चारकर्मीले बोल्छन् र कलम चलाउँछन् भन्ने पनि जनताको आश रहेको छ ।
अब चितवनका पत्रकारहरुले पनि लामिछानेको कर्तुत बाहिर ल्याउनुपर्छ । चितवनका प्रहरी प्रशासनले पनि पुडासैनीलाई न्याय दिलाउन मद्द्त गर्नुपर्छ । यदि पुडासैनी मरेको छैन भने उनलाई बाहिर ल्याउनुपर्छ होइन भने आरोपितलाई सजाय दिनुपर्छ । अब पनि चितवनबासीहरुले लामिछानेलाई मत दिने कि सजाय भन्ने कुरालाई एकदमै सोचेर मात्र निर्णय गर्नु उचित हुन्छ भन्ने कुरा आइरहेको छ । यदि पुडासैनीको ठाउँमा तपाईँ आफैँ हुनुभएको भए, आज तपाईँ लामिछानेको विरोधमा बोल्नुहुन्थ्यो कि उनलाई मत हाल्नुहुन्थ्यो ?

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *