‘गाउँ नै रमाइलो’ मा मिरुनाको इन्ट्री

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौंँ । हिमाल कडरियाको निर्माण रहने फिल्म ‘गाउँ नै रमाइलो’ मा नायिका मिरुना मगरको इन्ट्री भएको छ । निर्माता कडरियाले नायिका मिरुना मगरसँग फिल्मका लागि कागजी सम्झौता भएको जानकारी दिए ।
यसअघि फिल्मका लागि नायकद्धय आर्यन सिग्देल र दयाहाङ राई फाइनल भएका थिए । मिरुना कसको जोडीमा देखिन लागेकी हुन् भन्ने खुलेको छैन । फिल्ममा बुद्धि तामाङ पनि रहनेछन् । फिल्मका अन्य केही लिड कलाकार फाइनल गर्न बाँकी रहेको निर्माता कडरियाले जानकारी दिए ।
दिनेश राउतले निर्देशन गर्ने फिल्म नयाँ वर्षको दशैंमा रिलिज हुनेछ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मले गाउँको रोचक कथालाई प्रस्तुत गर्नेछ । निर्माता कडरियाले यस अगाडि फिल्म ‘नाङ्गो गाउँ’ बनाएका थिए । कडियाले ‘नाङ्गो गाउँ २’ र ‘दुःखी आत्मा’ फिल्म पनि निर्माण घोषणा गरेका छन् ।
फिल्म ‘गाउँ नै रमाइलो’ लाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ । ओभरसिजमा भने यो फिल्मलाई एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *