पहिरो र भू–स्खलनको समस्या तथा समाधानका उपायहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

पहिरो जानु वा भू–स्खलन हुनु पनि एक ठूलो वातावरणीय समस्या हो । पृथ्वीको गुरुत्वाकर्षण शक्तिको कारणले ग र्दा अग्लो धरातलबाट होचो भागतिर माटोको पिण्ड, चट्टानका ढिक्का वा समूह लगायत अन्य पदार्थ ९भ्बचतज ःबतभचष्ब०ि बग्ने, सर्ने प्रक्रियालाई पहिरो ९ीबलमकष्मिभ० भनिन्छ । जमिनको ढाल, भौगर्भिक हलचल, पानीको चाप, चट्टानको बनावट र धरातलीय संरचना आदिबाट पहिरो जान्छ । मानवीय क्रियाकलाप पनि पहिरो जानुको मुख्य कारक तत्व हो । महाभारत तथा चुरेश्रृङ्खला भू–भागहरु पहिरोबाट बढी प्रभावित छन् । पहिरोबाट ठूलो धनजनको क्षति हुन्छ । कहिले काहीँ त पूरै गाउँ नै पहिरोबाट नोक्सान भएको नेपालमै उदाहरण छन् ।
पहिरो खस्ने ९ँबिि०, सर्ने ९क्ष्मिभ० र बग्ने ९ँयिध० गरी प्रकारबाट हुन्छ । पहिरो विशेष गरेर वर्षाको पानी तथा हिउँ पग्लने क्रियाबाट लुब्रिकेन्टद्वारा माथिल्लो धरातलीय भाग टुक्रिने, भाँचिने र तलतिर खस्ने हुन्छ । विश्वका पर्वतीय क्षेत्रमा जहाँ धरातलीय बनावट कमजोर छ त्यहाँ पहिरोको प्रकोप बढी देखिन्छ । नेपालमा काली गण्डकीको विर्धामा गएको पहिरो सबैभन्दा ठूलो मानिन्छ । महाभारत पर्वत र चुरे श्रृङ्खला पहिरो जाने क्षेत्र हुन् । माटो, चट्टान, वनस्पति, जङ्गल र बस्ती नै बगाउने र पुर्ने खतरा हुन्छ । पहिरो क्षति पहिरोको गति तथा मात्रा अनुसार फरक फरक हुन्छ । वातावरणमा भएको प्राकृतिक वा मानवीय परिवर्तनले गर्दा भू–स्खलन हुन्छ । प्राकृतिक कारणहरुमा भूकम्प, भूमिगत जलको पानीको सतहमा उतारचढाव, ऋतुक्षरणका कारण चट्टानको कडापनमा ह्रास आदि पर्दछन् । खेतीको लागि कान्ला निर्माण, भिरालो जमिनमा बाटोको निर्माण, खानी सञ्चालन आदि भू–स्खलनका मानवीय कारणहरु हुन् ।
भूक्षय प्रत्यक्ष वा अप्रत्यक्ष मानवीइ कारणले गर्दा हुनसक्छ । भीरहरुलाई बाटो वा अन्य प्रयोजनको लागि तलबाट काट्नाले, भूमिगत जलमार्गमा (बहावमा) परिवर्तन हुनाले पनि भू–स्खलन हुन्छ । वन फँडानी गर्दा सतहमा बग्ने पानी र जमिनभित्र छिर्ने पानीको परिमाणमा परिवर्तन भई भू–स्खलन हुन सक्दछ । कमजोर भीरहरुमा घर बनाउनाले पनि भू–स्खलन हुनसक्छ । बाध्यता वा अशिक्षाले धेरै मानिसहरुलाई आफू बसेको भिरालो जमिनमा पहिरो जान सक्ने सम्भावना छ भन्ने थाहा छैन । भू–स्खलन गराउने प्रमुख कारण पानी हो । सबैजसो भू–स्खलन पानीको उपस्थितिमा मात्रै हुन्छ । भीरालो सतहमा भएको जमनिको सम्पूर्ण छिद्र पानीले भरिएपछि पानीको चापले गर्दा भू–स्खलन हुन्छ । अधिक वर्षात्, भूमिगत जल सतहमा परिवर्तन, नदीका किनारा तथा तटीय क्षेत्रमा पानीको सतह परिवर्तन हुँदा भू–स्खलन हुन्छ । भूकम्पको कारणले हुने जमिनको चालले गर्दा भू–स्खलन हुन्छ । तर यसरी हुने भू–स्खलन धेरै कम हुन्छ । ज्वालामुखी फुट्दा हुने कम्पनले भू–स्खलन हुन सक्दछ । त्यस्तै ज्वालामुखीबाट निस्किएको लाभाले त्यहाँ भएको हिउँ एकैचोटी पगाल्दा ठूलो परिमाणमा पानी बग्दछ, जसले छेउछाउमा भिरालो जमिनको आधार ९त्यभ० कटान गर्छ र भू–स्खलन हुन्छ ।
नेपालको करिब ६८ प्रतिशत भू–भाग पहाडले ओगटेको १५ प्रतिशत भाग हिमाल र बाँकी १७ प्रतिशत भूभाग तराईले ओगटेको छ । तसर्थ ८३ प्रति भूभाग पहाड र हिमालले ओगटेको जसमा धेरैजसो भूभागहरु पहाडी भिरालो हुनाले वर्षाको बेलामा बाढी पहिरो वर्षेनी एक समस्या बनेको हुनाले वातावरण निराशसको प्रमुख कारक तत्व भनेकै ीबलम कष्मिभ भनेको छ । ीबलम क्ष्मिभ को विभिन्न प्रकारहरु हुन्छन्, त्यस्तै ीबलम क्ष्मिभ का कारणहरुमा प्राकृतिक स्रोतको सही व्यवस्थापन नहुनु, अव्यवस्थित चरण, कमजोर चट्टान, भूकम्प जस्ता तत्वहरु पर्दछन् ।
नेपालको सन्दर्भमा कुरा गर्दा वातावरणीय विकासको अर्को महत्वपूर्ण तत्व भनेको बाढी हो । वर्षाको बेलामा तराई डुबानमा परेर हेलिकप्टरबाट मानिसको उद्धार गर्नु कुनै नौलो कुरा होइन । काठमाडौंमै टुकुचा बाढि आउनु, होचाघरहरुमा पानी पस्तु, धोविखोला, बागमती, विष्णुमतीले बस्तीहरु बगाउनु नौलो कुरा होइन तर पहाडी इलाकामा भने बाढीले ठूलठूला भीमकाय पैरोलाई पनि सँगै ल्याउँछ र स्थिति अरु जटिल बनाउँछ । बाढिका कारणमा नेपालको पहाडी भूभागले सतह भिरालो र कमजोर बनाई बाढीलाई बढावा दिन्छ ।
माटोमा देखिने अर्को समस्या भनेको क्यष् िभचयकष्यल हो जसलाई भू–क्षयबाट चिन्न सकिन्छ । यो जमिनमा हालिएको रासायनिक मललगायत अन्य तत्वले माटोलाई कमलो बनाउँछ, त्यस्तै, माटोमा उबिलतबतष्यल पनि हुँदैन भएका प्राकृतिक स्रोतहरु पनि नाँसिदै जाने हुनाले कयष् िभचयकष्यल नेपालमा एक ठूलो समस्या बनेको छ । यो प्रक्रिया मानवीय गतिविधि र प्राकृतिक दुवै गतिविधिले असर पार्छ, र यसमा मौसम र हावापानीको पनि ठूलो हात हुन्छ ।
बाढी, भूकम्प वा अन्य कुनै कारणबाट भैरहेको जमिनको आकार बिग्रनु वा भत्कनुलाई ीबलमकष्मिभ भनिन्छ । ीबलमकष्मिभ पृथ्वीको सतहमा प्रत्यक्ष देखापर्ने बाह्य शक्तिद्वारा सञ्चालित बलहरुद्वारा हुने गर्दछन् । जस्तैः बाढी, भूकम्प, ज्वालामुखी इत्यादी । उल्लिखित कारणबाट मात्र ीबलमकष्मिभ नभएर पृथ्वीको आन्तरिक गतिको कारणले पनि जमिन क्षयीकरणमा सहयोग पु¥याइरहेको छ । शाब्दिक रुपमा ीबलमकष्मिभ भन्नाले गुरुत्वाकर्षण शक्तिको कारणले गर्दा अग्लो ठाउँबाट होचो ठाउँतर्फ झर्दै जाने माटो ढुङ्गा, कङ्कड तथा अन्य अवस्थित तत्वहरु नै हो । भइरहेको भौगोलिक संरचना बिग्रन जाँदा सो भौगालिक संरचना निर्माण गर्ने ढुङ्गा माटो, कङ्कड उपयोगितामा ह्रास आउन जान्छ । जब एक ठाउँमा यि पदार्थहरु जम्मा हुन्छन्, तिनीहरु आफ्नो पूर्ववर्ती रुपलाई परिवर्तन गरेर नयाँ रुपमा बद्लिन्छन् । जसमा दुबै तर्फबाट वातावरणीय ह्रसा हुन पुग्दछ । जुन ठाउँमा पहिरो जान्छ उक्त स्थानमा खुकुलो रुपमा रहेको माटोको मात्र पूर्णतया बगेर जान्छ । त्यसका साथै त्यहाँ रहेका ढुङ्गा कङ्कड लगायतका विभिन्न पदार्थहरुलाई नदीको पानीले बगाएर अन्यत्रै कुनै प्रकारको जमिनमा थुप्रन गई भइरहेको जमिनको संरचनालाई पूरै बिगारिदिन्छ । पहिरोको प्रकोप प्रायजसो देशहरुले भोगिरहेका छन्, जसमा नेपाल अछुतो छैन । यसले विभिन्न क्षेत्रहरुलाई विभिन्न तहबाट असर पु¥याइरहेको हुन्छ । यस्तो विनाशकारी घटना घट्नुका कारणबाट तल उल्लेख गरिन्छ ।
पृथ्वीको भौगोलिक संरचनामा विभिन्न घटनाहरु घट्ने गर्दछन् । कुनै घटना त्यस्ता विनाशकारी हुन्छन् जसका प्रभावबाट जमिनको बनावट विग्रन जान्छ । पृथ्वीको भित्री तहमा रहेको तातो, जल्दोबल्दो पदार्थहरु कुनै ठोस र कुनै अर्धतरल रुपमा अवस्थित रहेका हुन्छन् । पृथ्वीको बाह्य चापको कारण ती पदार्थहरु कमलो खुकुलो ठाउँ पेला पारेको खण्डमा बाहिर निस्कन्छन् । त्यतिबेला पृथ्वीको भित्री सतहमा रहेका विभिन्न यौगिकहरु बहिरी सतहमा निस्कन्छन् जसको कारण प्रत्यक्ष पहिरो नगए पनि अप्रत्यक्ष रुपमा मौजुदा जमिनलाई कमजोर पारी माँजा र दरार उत्पन्न गराई भूबनोटलाई विगारी दिन्छ ।
वर्षाको पानी पहाडको सतहमा रहेको माटो र ढुङ्गाको कणहरुका बीचमा रहेको खाली भागमा पसेपछि त्यो माटो र ढुङ्गाका कणहरु झन् धेरै खुकुला हुन जान्छन् । त्यसपछि गुरुत्वबल र धेरै भिरालो परेको पहाडहरुको सतहको कारणले ती माटो र ढुङ्गाहरु चिप्लिएर पहाडको फेदीमा पुग्छन् । जसलाई हामी पहिरो गएको भनी व्याख्या गर्छौ । यसले पहाडी भू–भागको सतहमा रहेका सबै किसिमका वस्तुहरुलाई बगाएर पहाडको फेदीमा पु¥याउँछ र पहाडको फेदीमा बगिरहेको नदीले माटो लगायतका अन्य वस्तुहरुलाई बगाएर अन्य ठाउँमा पु¥याउँछ । पहिरोको कारणले माटोको सतहमा रहेका मानव वस्तीहरु, वनस्पतिहरु सबै बगेर गई त्यस ठाउँमा प्राकृतिक विपत्ति पनि सिर्जना हुन जान्छ । यसलाई भू–क्षयको प्रमुख कारक पनि मानिएको छ । पहिरोको सबभन्दा बढी खतरा भएको पहाडी भू–भाग बढी मलिलो माटो भएको क्षेत्र हो । यदि बढी ढल्काई भएको पहाडमा माटोको मात्रा बढी छ भने त्यस्तो पहाडमा पहिरो जाने सम्भावना ठूला चट्टान भएको भू–भागमा भन्दा बढी हुन्छ किनभने त्यस्तो माटोमात्र भएको भू–भागको माटो खुकुलो हुन्छ जसको भित्रसम्म पनि वर्षाको पानी सजिलै प्रवेश गर्न सक्छ र पहिरो जाने खतरा बढी हुन्छ ।
आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमा उल्लेख गरिएअनुसार यस आर्थिक वर्षमा बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपबाट जोखिममा रहेका बस्तीको पहिचान गरी विस्थापित भएका परिवारहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने कार्यक्रम राखिएको छ । यसको साथै वैज्ञानिक आधारमा जमिनलाई खेतीयोग्य र अन्य प्रयोजनको लागि वर्गीकरण गर्ने ब्यवस्था मिलाइने लक्ष्य राखिएको छ । भू–उपयोग योजना तर्जुमा र कार्यान्वयनमा स्थानीय तहलाई सहयोग एवं सहजीकरण गरी भूमिको वर्गीकरणलाई पारदर्शी र यथार्थपरक बनाइने नीति राखिएको छ । यस बजेटमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि रु. ७ अर्ब २४ करोड विनियोजन गरिएको छ ।
आर्थिक सर्वेक्षण २०७९/८० मा उल्लेख गरिएअनुसार यस आर्थिक वर्षमा ९४ स्थानमा गरिएको पानी पोखरी संरक्षणबाट १,९२१ घरधुरी र ३२ स्थानमा बाढी, पहिरो, तथा गल्छी नियन्त्रण भई १,०५२ घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । यसैगरी १४ सङ्कटासन्न घरधुरीमा घरायसी सौर्य ऊर्जा जडान तथा ३८४ घरधुरीमा सुधारिएको चुलो जडान गरिएको छ ।
पन्ध्रौं योजना (आर्थिक वर्ष २०७६÷७७—२०८०÷८१) मा उल्लेख गरिएअनुसार यस योजनामा समन्यायिक, उत्पादनमुखी र दिगो भूमि व्यवस्था लागू गर्ने सोंच राखिएको छ भने दिगो विकासको अवधारणाअनुरुप भूमि व्यवस्थालाई राष्ट्रको समृद्धिको आधार बनाउने लक्ष्य पनि राखिएको छ । यसको साथसाथै कोशी, गण्डकी, कर्णाली र महाकाली नदी बेसिन लगायत नदी प्रणालीको विभिन्न तहको समन्वयमा एकीकृत जलाधार व्यवस्थापन नीति र योजना तयार गरी कार्यान्वयन गरिने नीति राखिएको छ । जलाधार संरक्षण र संवद्र्धन गर्न सार्वजनिक र निजी जग्गामा जल पुनर्भरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम पनि राखिएको छ । जल, वायु, माटो, ध्वनि तथा विद्युतीय लगायत सबै प्रकारका प्रदुषणको रोकथाम र नियन्त्रण गर्ने पनि उद्देश्य राखिएको छ । नदीकिनारा अतिक्रमणलाई रोकी सो ठाउँमा वृक्षारोपणलार्य अभियानको रुपमा सञ्चालन गरिने कार्यनीति पनि राखिएको छ । यसको साथै नदीको स्वच्छता कायम राख्न प्रदूषित पानी, ढल र फोहोरमैलालाई नदीमा मिलाउने कार्य नियन्त्रण गरिने कार्यक्रम राखिएको छ । वातावरण व्यवस्थापनमा सम्बद्ध सरोकारवालाहरुको लागि तालिम, गोष्ठी अध्ययन, भ्रमण सञ्चालन गरी बिशिष्टिकृत क्षमता अभिबृद्धि गरिने कार्यक्रम राखिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *