— गम्भीर बहादुर हाडा
सह–प्राध्यापक, अर्थशास्त्र
भक्तपुर बहुमुखी क्याम्पस
हल्ला (Noise) शब्दको उत्पत्ति ल्याटीन भाषाको Nausea भन्ने शब्दबाट भएको हो । ल्याटिन भाषामा Nausea भन्ने हुन्छ । अर्को शब्दमा ध्वनी शब्दमा ध्वनी शब्दलाई पारिभाषित गर्दा खेरि गलत समयमा, गलत ठाउँमा हुने गलत आवाज भन्ने हुन्छ । ध्वनि प्रदूषणलाई परिभाषित गर्दाखेरी वायु मण्डलमा गुञ्जिने अनैच्छिक आवाज जसले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्दछ । त्यसैलाई ध्वनी प्रदूषण (Noise Pollution) भनिन्छ ।
मानिसहरू बोल्दा, बाजा बजाउँदा, जनावरहरू कराउँदा पशुपंछिहरू कराउँदा, खोलानाला बग्दा, मेशिन चलाउँदा, बिजुली चम्कँदा, हवाई जहाज उड्दा, मोटरकारहरू चल्दा जुन आवाज उत्पन्न हुन्छ, त्यसलाई ध्वनी भनिन्छ । ध्वनी आएको स्रोतबाट अर्को ठाउँमा प्रसार हुनको लागि माध्यमको अति जरुरी हुन्छ । ध्वनी प्रसारण गर्ने माध्यममा मुख्य हावा, ठोस पदार्थ तरल जुन पनि हुन सक्छ ।
ध्वनी उत्पन्न गर्नको लागि पनि एउटा स्रोतको आवश्यकता पर्छ । ध्वनी स्रोतबाट उत्पन्न भएर कुनै पनि माध्यमबाट हाम्रो सुन्ने शक्ति कान भएकोले कान सम्म पुग्यो भने आवाज सुन्न सकिन्छ । प्रकाश शक्ति हाम्रो आँखाले चिन्न सकिन्छ भने ध्वनी शक्रि हाम्रो कानले थाहा पाउन सकिन्छ । ध्वनी प्रदूषण डेसिबलमा मापन गरिन्छ, जसले ध्वनीको शक्ति पत्ता लगाउन मद्दत गर्दछ ।
शहरी क्षेत्रमा अप्रत्याशित रुपले बढ्दो जनसंख्याले गर्दा मोटर बस तथा अन्य यातायातका साधनको बृद्धि भई वायुमण्डलमा दुषित पदार्थको मात्रा बढ्दै गइरहेको छ । बढ्दो दुषित तत्व तथा धुलोको कारणले काठमाडौं जस्ता शहरकमो आकमाशमा कतिपय समय तुवालो लागिरहेको हुन्छ । वायुमण्डलीमय प्रदूषणले स्थानीय जनताको स्वास्थ्यमा नराम्रो असर पार्नुको साथै स्थानीय वनस्पती तथा जीव जन्तुहरूलाई पनि प्रतिकुल प्रभाव पार्दछ ।
वनजं्रगलको विनास तथा वायुमण्डल दसषण जस्ता प्रक्रियाहरूबाट मौसममा पनि प्रतिकूल प्रभाव पर्दछ । आज शहरीकरण र अौद्योगिकरणको विकासले गर्दा उद्योगहरका सञ्चालनबाट उतपन्न हुने हावा, पानी तथा तेजम ध्वनीले प्रदूषणको सीमालाई उठाउँदै छ । सबै मुलुकमा शहरी आवादी बढ्दैमा फोहर, मैला,खानेपानी, ढल निकास तथा अन्य कुराहरूको थन्को जुटाउन सकिन्छ नै भन्नु छैन तर यो वास्तवमा कठिन पनि देखिन्छ । वैज्ञानिकहरूले आफ्नो सर्भेक्षणबाट के पत्ता लगाएका छन् भने शहरी क्षेत्रमा चल्ने दुषित वायुबाट ९५ (पञ्चानवे) प्रतिशत मानिस प्रभाविक हुने र त्यसबाट कति त मर्ने बाँकी चाही क्यान्सर, दम तथा मुटु सम्बन्धी रोगबाट पिल्सिने छन् ।
काठमाडौं उपत्यकामा ध्वनी प्रदूषण हाल सारी साधनहरूको संख्या बृद्धिबाट धान्न सक्ने सीमा भन्दा बढी लागेको छ । कानै फुटला झै गरी पडकेको तोपको आवाजको आभास गर्न सकिन्छ, मोटरको ठक्करले चोट पुग्छ भने थाहा हुन्छ तर यी कुराहरूले कर्करा आवाजले शरीरलाई नै प्रतिकूल असर पार्छ भन्ने कुरा थोरैलाई मात्र थाहा भएको देखिन आउँछ ।
हाम्रो कानले बढमिा ६५ डिसिवलको ध्वनीलाई मात्र सहन सक्दछ । तर काठमाडौं उपत्यकामा हाल ८० देखि ९० डिसिवल सम्म ध्वनी प्रदूषण पुगिसकेको कुरा विभिन्न अनुसन्धान तथा सर्भेक्षणबाट थाहा हुन आएको छ । ध्वनी प्रदूषणबाट मानसिलाई विभिन्न मानसिक तथा शारीरिक रोगलाग्न सक्ने कुरा आजको चिकित्सा विज्ञाबाट सिद्ध भएको छ । ध्वनी प्रदूषणबाट हुने विभिन्न रोगहरूमा बहिरो, अपच, अमलपित, मुटुको व्यथा, बढी रक्तचाप, मस्तिक, पेट पिडा, सिथिलता आदि हुन् ।
हाम्रो कानले केबल ७५ (ध्वनकिो ईकाई) आवाज मात्र धान्न सक्छ । सो भन्दा बढी भएमा कानको जाली फुटने अचेतन हुने, झ्वाट्ट रिसाउने, व्यवहारमा फरक, रक्तचाप बढाउने, निन्द्रा नलाग्ने, एलर्जि, बढी थकाई लाग्ने अल्सर तथा मुटु सम्बन्धी रोगको लागने कुरामा वैद्दानिकहरू निष्कर्षमा पुगेका छन् । हुनतः उमेर अनुसार व्यक्तिको सुन्ने शक्ति कम हुन्छ ।
बढी आवाज हुने क्षेत्र सामथ्र्य र ठीकै ध्वनी हुने ठाउँका व्यक्तिको स्वास्थ्य र सुन्ने सामथ्र्यमा धेरै फरक हुन्छ । हालको बढ्दो ध्वनी समस्यालाई ध्यान दिँदा सन् २००० पछि १० वर्ष माथिका सबै व्यक्तिको साधारण सुन्ने शक्ति नष्ट हुने अनुमान गरिएको छ । ध्वनीको असरले कार्य क्षमतामा व्यापक असर पार्दछ । बराबर क्षमता भएका टाइविष्ट दुई व्यक्तिलाई साधारण आवाज र केही मात्र बढी आवाज भएको दुई भिन्न कोठामा राखी उही समयावधिमा उसतैम सामग्री टाइप गर्न लगाउँदा पछिल्लो कोठामा रहेका टाइपिष्टले ५० प्रतिशतभन्दा बढी गल्ती गरेको अनुसन्धान निष्कर्षले पनि ध्वनी प्रदूषणको असर थाहा हुन्छ ।
यसबाट जनस्वास्थ्मा पर्ने असरको व्यापकताले अस्पताल इलाकामा हर्न बजाउन न पाइने व्यवस्था प्रायः सबै देशमा भइसकेको छ । चीनमा अस्पताल, होटेल, शिक्षण संस्था वरिपरि हेर्न बनाउन प्रतिबन्ध लगाइएको छ । रातको १० बजेदेखि विहान ५ बजेसम्म सबै ठाउँमा हर्न बजाउन पूर्णतया निषेध गरिएको छ ।
ध्वनीलाई डेसिवल एकाइमा नापिन्छ । ध्वनि धान्न सक्ने क्षमताको उमेर, व्यवसाय र परिस्थितिमा भरपरेपनि २० देखि ४० डेसिवललाई सामानय मानिन्छ । जब कि ७० डेसिवल भनदा माथिको ध्वनीलाई असामान्य मानिन्छ । कल कारखाना, रेडियो, टेलिभिजन, रेल गाडी हवाई अडा र बाक्लो आवादी मानिस सुन्ने क्षमता, मानसिक चिन्ता, रक्तचाप, हृदय रोग, निन्द्रा नलाग्नु जस्ता विमारीबाट प्रभावित हुन्छ ।
औद्योगिक एवं वैज्ञानिक प्रगतिले ध्वनी प्रदूषणलाई जन्म दिएको छ । आवश्यकतारहित स्वरलाई नै ध्वनी प्रदूषण भनिन्छ । ध्वनी प्रदूषण मोटर गाडी, हार्मनी, लाउड स्फीकर, मिलको आवाज, विवाह, जन्म दिन आदिको समय बजाउने बाद्य, धार्मिक र राजनैतिक जुलुस, चुनाव प्रचार, सिनेमाको विज्ञापन, वायुयानको घरघराहरू जस्ता आवाजहरूमा हुन्छ । स्वरको मापन डेसिबलमा गरिन्छ र वैज्ञानिकहरूको धारणा छ कि ७५ डेसिबलभन्दा बढी स्वर हानिकारक हुन्छ । भारतमा प्रायः सबै ठूला नगरहरूमा यस सीमाभन्दा बढी नाघेको छ ।
सन् १९८० मा जर्मनीको बैकटीरिया वैज्ञानिक शवर्थ काँवले भनेका थिए कि मनुष्यलाई स्वरको विरुद्ध त्यस्तै लड्नु पर्दछ, जस्तो उसले हैजाको विरुद्ध लड्छ । यूरोपीय देशहरू ः जापान, इटली, इङ्गलैण्ड, फ्रान्स, जर्मनी तथा अमेरिका, रुस आदि देशहरूमा यसको विरुद्ध लड्दै छन् ।
नेपालमा ध्वनी तथा आवाज प्रदूषण नियन्त्रण गर्न प्रभावकारी वैज्ञानिक उपाय अपनाउनु जरुरी भएको छ । विमानस्थलहरूलाई यथासम्भव बस्तीबाट अलि टाढा निर्माण गर्नेतर्फ पनि दृष्टि दिनु आवश्यक छ । त्यस्तै ध्वनी प्रदूषण नियन्त्रण गर्न सिनेमाघर, होटेल, क्लब र अरु मनोरञ्जनका सार्वजनिक स्थलहरूमा निर्धारित स्तरभन्दा चर्को स्वरमा संगीतहरू बजाउन प्रतिबन्ध लगाउने प्रावधान हुनु आवश्यक देखिन्छ ।
ध्वनी प्रदूषण कम गर्ने दिशामा बनस्पतीमा महत्वपूर्ण भूमिका खेल्दछ । बनस्पतिको पातमा भएका विभिन्न पदार्थहरूले ध्वनीलाई आपूmतिर आकर्षण गर्दछन्. र वायुमण्डलमा ध्वनीको असर कम गर्दछन् । त्यसैले विरोध गरेर सडकका दायाँबायाँ रुख रोप्ने चलन चलेको वा सडक रमणीय बनाउँदा आवाज पनि कम हुने विधि अपनाइएको हुन सक्छ । ध्वनी प्रदूषण नियन्त्रण गर्ने कार्यमा वातावरणीय प्रभाव अध्ययन एवं मूल्याङ्कन(EIA) महत्वपूर्ण हुन आउँछ किनभने यस आयोजनाले ध्वनी तथा आवाज प्रदूषण नियन्त्रण गर्ने कार्यमा विभिन्न अध्ययन तथा अनुसन्धान कार्य गरी एउटा ठोस नीति, ऐन कानून तर्जुमा गराउनमा मद्दत पु¥याउने छ ।
अनुसन्धानबाट थाहा भएको छ कि बस, कार र मोटर साइकलकबाट क्रमशः ९२, ८९ र ९० डेसिबल आवाज निस्कन्छ (अडियो मिटर नामक उपकरणबाट आवाजको तह थाहा हुन्छ) । कमानले धान्न सक्नेभन्दा बढी आवाज कानमा पर्न गएमा जाली फुटी सधैंको लागि बहिरो बन्न सकिन्छ । बढी डेसिबलको ध्वनी भएको ठाउँमा धेरे समय रहँदा अचेतन हुने, रक्तचाप बढ्ने, मुटु सम्बन्धी रोग लाग्ने, पेटको विमार हुने, निन्द्रा नलाग्ने, खाना नपच्ने तथा एलर्जी हुने जस्ता रोग एकातिर लाग्दछ भने अर्कोतिर कार्य दक्षतामा प्रतिकूल असर पर्ने कुरामा अनुसन्धानकर्ताहरू प्रायः एक मत राख्दछन् । मानिसले कति परिमाणको आवाजसम्म धान्न सक्दछ भन्ने कुरा व्यक्तिको उमेर, स्वास्थ्य आदिमा भर पर्दछ ।
शहरीकरणको प्रक्रियामा आधारभूत आवश्यकता पूरा गर्न समय बढी लाग्ने तर जनघनत्व कम समयमै बढ्ने भएकोले शहर साँगुरिँदै जान्छ । सामुदायिक सुविधामा अवरुद्ध, खुला ठाउँको अभाव, पोषणयुक्त खाद्यान्नको अभाव असमान रोजगारी, पानी, वायु एवं ध्वनी आदि सम्बन्धी वातावरणीय स्तरको अभावले नवसिर्जित शहरहरू दुर्गन्धित क्षेत्रमा विकसित हुँदै छन् । नेपालमा शहरी विकासको क्रममा एकीकृत सोचाइको कमीले वातावरणमा प्रतिकूल प्रभाव परिरहेको छ । ढल, पिउनेपानी टेलिफोन तथा सडक कार्यमा देखिएको भत्काउने–बनाउने–भत्काउने–सपार्ने कार्य बढी खर्चिलो भएको र समस्याको पहिचान साथ कार्यान्वयनमा समन्वय नभएको प्रष्टै हुन्छ ।
आर्थिक वर्षको अन्त्यतिर विकास कार्यमा आउने तदारुकता पनि दीर्घकालिन समस्यामूलक नै भएको देखिन्छ । शहरीकरणबाट उत्पन्न हुने विविध समस्यामध्ये ध्वनी प्रदूषण पनि एक हो । सामान्यतयाः ध्वनी प्रदूषणका बारेमा जो कोहीले पनि हाँसोमा उडाई दिएको पाइन्छ ।
वातावरण असन्तुलित ल्याउनमा कोलाहल र हुल तथा भीडभाडले पनि उत्तिकै सशक्त भूमिका खेलेको हुन्छ । जहाँ बढी हल्ला हुन्छ, त्यहाँ विभिन्न समस्या उत्पन्न भइरहेको हुन्छन् । बढी हल्ला हुने स्थानमा मानिसको मानसिक सन्तुलन ठीक हुँदैन । सिर्जनात्मक विचार शक्तिको विकास हुन सक्दैन । विभिन्न वैचारिक एवं मनोगत कार्यमा बाधा पुगिरहेको हुन्छ ।
बढी जनसंख्याको चाप भएको शहरी इलाका र औद्योगिक कल कारखाना आदि भएको इलाकामा वातावरण असन्तुलित हुन्छ विभिन्न कलकारखाना हवाइजहाज, मोटर, विस्फोटन आदिको चर्को आवाजले मानिसको श्रवण शक्तिमा प्रतिकूल असर पारिरहेको हुन्छ ।
दक्षिणी भारतका पाँच शहरहरूका औद्योगिक मजदुरहरूमा अत्यधिक ध्वनी प्रदूषणको कारणले श्रवण शक्तिमा ह्रास भएको पाइएको छ । उत्तरी राज्य महाराष्ट्रको नागपुर शहरमा बढी हल्ला हुने क्षेत्रका स्कूल जाने बालबालिकामा १० जनामध्ये चारजनाले श्रवणको समस्या भएको बताएका छन् । बम्बईमा ध्वनी प्रदूषणस्तरमा अधिकांश समयमा ७५ र ९० डेसिबल्स (dbs) बीच घटबढ हुने गरेको र कहिलेकाहीँ १०० डेसिबल्स पुग्ने गरेको पाइन्छ ।
भारतको सबभन्दा ठूलो ठूलो शहर कलकतामा व्यस्ता सडकका कुनाहरूमा सामान्य स्तर ७०–७५ का विपरीत १२० डेसिवल्स पुग्ने गर्दछ । भारतका प्रायः सबै शहरहरूमा ध्वनीका यस्तै उच्च स्तरहरू पाइन्छन । शून्य डेसिवल्सलाई सामान्य श्रवणस्तर मानिन्छ ।
उद्योगमा प्रयोग हुने उपकरणबाट पनि ध्वनिको तह उचो भएको छ । यस सम्बन्धमा यदाकदा भएको अध्ययनबाट भित्री ध्वनिको तह निकै माथि भएको तथ्य पत्ता लागेको छ । यसैगरी सर्वेक्षण गरिएका १२५ उद्योगमध्ये कपडा, सिमेन्ट, कागज, मार्बल, फलाम, इस्पात, चिनी, छाला र जुट उद्योगमा उच्च ध्वनी तह रहेको पाइएको छ ।
२०४४ साल (सन् १९८७) मा मियोसीले गरेको अध्ययनमा बालाजु कपडा उद्योग, बालाजु अटोवक्र्स, आल्मुनियम उद्योग, तिमिला मेटल कम्पनी, हुलास स्टील उद्योग, हेटौंडा सिमेन्ट, खाद्य उद्योग र हिमाल सिमेन्ट उद्योग जस्ता केही उद्योगमा १०० डिबिए (डेसिबल) सम्मको ध्वनी रहेको उल्लेख भएको छ जुन अन्तर्राष्ट्रिय सुरक्षास्तरभन्दा निकै बढी हो । यसैगरी सामाजिक क्रियाकलापहरु जस्तै विवाह, ब्रतबन्ध आदिमा प्रयोग हुने बाजागाजा लगायत प्रचार प्रसारको क्रममा माइकिंगको प्रयोगले पनि ध्वनी प्रदूषणमा वृद्धि भइरहेको छ ।
मानव जीवनको उत्पत्ति कालदेखिबाटै प्रकृति र मानव जातिको बीच लगातार अन्तरक्रिया चलेर आइरहेका छ । यस अन्तरक्रियाको दौरानमा एकातिर प्रकृतिले मानव जातिको विकास गर्दै आएकमो छ भने अर्कोतिर मावन जातिले प्रकृतिको । विकास हुनुको अर्थ दुबै पक्षले एक अर्का माथि पारेको सकारात्मक परिणाम हो । यसको साथसाथै दुबै पक्षले एक अर्कामाथि नकारात्मक प्रभाव पनि पार्दै आएका छन् ।
पर्यावरण प्रदूषणको समस्या पनि मानिसले प्रकृति माथि पारेको नकारात्मक परिणाम हो ।