धुलिखेल/ गत असोज दोश्रो साता आएको बाढी र पहिरोका कारण बी.पी. राजमार्गको खुर्कोट–भकुण्डेबेंसी सडक क्षतविक्षत भएको छ । हाल राजमार्ग सञ्चालनमा आए पनि उक्त बाटो भएर यात्रा गर्ने यात्रुहरुलाई यात्रा कष्टकर बनेको छ ।
रोशी खोलाको बाढीले खुर्कोट, मंगलटार, नेपालचोक र चौकी डाँडासम्मको सडकलाई ध्वस्त बनाएपछि यात्रा कष्टकर बनेको छ । यो सडक खण्डलाई पूर्ववत् रुपमा सञ्चालन गर्न ठूलै धनराशी खर्च हुने देखिएको छ । संघीय राजधानीलाई जोड्ने यो पूर्वीनाकाको करिव आड (८) कि.मी. सडक रोशी खोलाले बगाएपछि अहिले नदीको किनारैकिनार ट्रयाक खोलेर अस्थायी रुपमा सञ्चालन गरिएको छ ।
यो अस्थायी ट्रयाकमा यात्रा गर्न सहज छैन । सडक डिभिजन भक्तपुर र खुर्कोटले हेर्ने यो सडकमा जामको समस्या पनि उत्तिकै रहेको छ । केही समय अगाडिमात्र भक्तपुर डिभिजन सडक र खुर्कोट डिभिजन सडकमा सरुवा भएर गएका सिडीईद्वय सुमन योगोश र पारस हमाललाई यो सडक बनाउन निकै कसरत गर्नुपर्ने देखिएको छ ।
उक्त सडक बनाउन डिभिजन सडक भक्तपुर र खुर्कोटले ९ अर्ब बजेट माग गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहाल नयाँ भए पनि कार्यशैली पुरानै हुँदा समस्याहरु थुप्रिएको समाचार श्रोतले बताएको छ ।
नारायणगढ–बुटवल, मुग्लिन पोखरा, नागढुंष–नौबीसे र नौविसे–मुग्लिन सडक पनि कछुवा गतीमा निर्माण हुँदा यात्रुहरुले सास्ती खेप्दै यात्रा गर्न बाध्भ भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव पुरानै भए पनि कार्यक्षमता देखाउन असफल भएको जानकारहरुले बताएका छन् । नेतृत्वदायी क्षमता र कार्यक्षमता नभएका सडक विभागका महानिर्देशकका कारणले पनि विकास निर्माणले गती लिन नसकेको चर्चा चलेको छ ।
ठूलो धनराशी खर्च हुने गरेको सडक निर्माणमा मन्त्री दाहालको अज्ञानता तथा कार्यक्षमता र कमाण्ड नहुँदा मातहतका कार्यालय प्रमुखहले तलब भत्ता पकाउने र कमिशनमा मात्र ध्यान दिने गरेको समाचारसूत्रले बताएको छ । दशैं–तिहारजस्तो चाडपर्वमा यात्रुहरुले पाएको सकसपूर्ण यात्राको जतिसुकै बयान गरे पनि नसकिने हुँदा नेतृत्व लिएकाहरुले ध्यान दिनुपर्ने समाचारमा उल्लेख गरिएको छ ।
बी.पी. राजमार्गको यात्रा सकसपूर्ण
Facebook Comments Box