धनीलाल एउटा अत्यन्तै सिपालु सिकर्मी थिए । उनी एउटा निर्माण व्यवसायी (ठेकेदार) का लागि काम गर्ने गर्थे । धनीलाल उक्त ठकेदारसँंग लगातार रुपमा काम गर्न थालेको झन्डै २५ बर्ष पूरा हुन लागेको हुन्छ । उनी अत्यन्तै मेहनत र लगनका साथ काम गर्ने गर्थे । उनको कामको गुणस्तर पनि अत्यन्तै उच्च प्रकारको रहने गर्दथ्यो । त्यसैले होला उनी ठेकेदारका अत्यन्तै प्रीय र विश्वासपात्र कामदार थिए ।
एक दिन बिहान धनीलाल आफ्नो ठेकेदारकोमा पुग्छन् र भन्छन् तपाईंको मप्रतिको स्नेह, विश्वास सँंगसँगै मलाई महिनै पिच्छे प्राप्त हुने गरेको मेरो मासिक पारिश्रमिक यी सबै कुराहरु म अवश्य पनि ‘मिस’ गर्नेछु किनकि मैले अब मेरो नोकरीबाट सेवानिवृत्त हुने निर्णय गरेको छु । हजूरको कृपाले आजसम्म मैले जे जती कमाएँ, बचत गरे, जुन म र मेरो परिवारका लागि बाँकीको जीवन जिउन पर्याप्त हुन्छ । आजसम्म हजूरका लागि सेवा गर्ने जुन अवसर दिनु भयो त्यसका लागि हजूरलाई धेरै धेरै धन्यवाद तर अब भने मलाई कृपया विदा दिनुहोस् ।
आपूmले अत्यन्तै स्नेह र विश्वास गर्ने आफ्नो कामदारको त्यस्तो कुरा सुनेर ती ठेकेदार अत्यन्तै दुःखी हुन्छन् र भन्छन् ‘ठीकै छ, तिमीले यस्तो निर्णय नै गरिसकेका हौ भने म तिमीलाई जबर्जस्ती रोक्दिन तर सम्भव हुन्छ भने मेरो लागि एउटा अन्तिम मद्दत गर । त्यो के भने मेरा लागि तिमीले यतिका घरहरु बनायौ, अब एउटा अन्तिम घर बनाई देउ । त्यसपछि भने तिमी पूर्ण रुपमा सेवानिवृत्त भएर बस्नु । म तिमीलाई कुनै जोर जबर्जस्ती वा तिमीप्रति कुनै गुनासो गर्ने छुइन । ठेकेदारको प्रस्ताव धनीलालले नकार्न सक्दैनन् र उनका लागि एउटा अन्तिम घर बनाई दिन सहमत हुन्छन् ।
ठेकेदारको प्रस्ताव अनुसार धनीलाल त्यसै दिनबाट नयाँ घरको काम गर्न शुरु गर्छन् । यो पटक भने उनी पहिला जस्तो मेहनत र लगनका साथ आफ्नो काम गर्न सकिराखेका हुँदैनन् । उनको मन पहिलाको जस्तो गरेर काममा लागि राखेको थिएन । यो पटक उनको कामको गुणस्तर पनि पहिलाको जस्तो राम्रो भएको हुँदैन । जसो तसो उनले त्यो घर भने बनाई सक्छन् र ठेकेदारलाई निर्माण भएको नयाँ घर निरीक्षण गर्न आउनका लागि खबर गर्छन् ।
घर बनिसकेको खबर प्राप्त भएसँंगै ठेकेदार नयाँ घर हेर्न भनेर आउँछन् । नयाँ घरको सबै कुरा निरीक्षण गरिसकेपछि, ठेकेदारले धनीलाललाई एक पटक अँगालो हाल्छन् र अन्त्यमा हात मिलाउँदै उक्त नयाँ घरको चाबी धनीलाललाई दिँदै भन्छन्, ‘धनीलाल, तिमीले मेरा लागि यतिका वर्ष जुन लगन र मेनतका साथ प्रतिबद्ध भएर काम ग¥यौ त्यसको बदलामा म यो नयाँ घर तिमीलाई उपहार स्वरुप दिन चाहन्छु । आजबाट यो नयाँ घर तिम्रो भयो ।’
ठेकेदारको व्यवहारले धनीलाल स्तब्ध हुन्छन् । उनले बनाउँदै गरेको घर, जुन घर आफ्नै लागि हो र त्यो घरमा भोलि गएर म आफंै बस्ने छु भन्ने कुराको ज्ञान उनलाई पहिला नै भैदिएको भए सायद धनीलालले त्यो घर पहिला उनले बनाएका अन्य घरहरु भन्दा अझ धेरै मेहनत र लगनका साथ बनाउने थिए ।
आपूmले शुरुमा नै बुद्धिमतापूर्वक सोच्न नसकेकोमा, सही दृष्टिकोण राख्न नसकेकोमा तथा गर्नु पर्ने प्रयास, लगन, मेहनत नगरेकोमा धनीलाललाई निक्कै पश्चाताप हुन्छ । धनीलालले जस्तै गरेर हामीले पनि दिनदिनै जुन घर बनाइरहेका हुन्छौँ, पछि गएर त्यही घरमा बस्नु पर्छ भन्ने कुराको हेक्का भने अक्सर गरेर हामी धेरैले राखेको हुँदैनौँ ।
त्यसैले, भोलिका दिनमा धनीलालले जस्तो पश्चाताप हामीले हाम्रो जीवनमा कहिल्यै गर्नु नपरोस् । यसका लागि आज जे निर्माण गरिरहेका छौँ, भोलि हामीले त्यसैमा बस्नु पर्ने हुन्छ भन्ने कुराको हेक्का हामी सबैलाई समयमै हुन आवश्यक हुन्छ । (कथाको स्रोतःआध्यात्मिक प्रवचन) भद्रपुर–झापा (हाल दोहा–कतार)
dhakalrp@gmail.com