नो प्रब्लम् सर

Nayabimarsha (Weekly Newspaper from Nepal)

रमेश ढकाल
कुरा सन् १९९७ को हो । म त्यतिखेर साउदी अरबको साउदी आरामको, जेद्दा रिफाइनरी भित्र लाइब्रेरियनको रुपमा काम गथेर्. । लाइब्रेरियन कुन अर्थमा भने हाम्रो कम्पनी अब्दुल रहमानअल–ओतेशनले जेद्दा रिफाइनरी भित्र रहेको पुस्तकालयलाई पुनः राम्रोसंँग सबै व्यवस्थित बनाएर राख्नकालागि वर्क अडर पाएको थियो र मेरो कम्पनीले मलाई त्यो कामको जिम्मेवारी दिएर त्यहाँ खटाएको थियो । मेरो मुख्य भूमिका भनेको त्यहाँ भएका पुस्तकहरूको शेल्फवाइज सूची तयार गरेर पुनः राम्रो संँग व्यवस्थित गरेर राखिदिनु थियो । यो कामको लागि कम्पनीले मलाई आवश्यक सहयोग गर्न एउटा साथी पनि दिएको थियो ।
यो काम शुरु भएको मितिबाट छ महिनाभित्रमा पूरा गरिसक्नु पर्ने थियो । म त्यहाँ त्यसरी काम गर्न थालेको झन्डै चार महिना जति बितेको थियो । मैले काम गर्ने लाइब्रेरिसँंगै जोडिएको अर्को टाङ्क्स् एण्ड इन्स्पेक्सन (टि एण्ड आइ) युनिटमा हाम्रो कम्पनीको तर्फबाट सप्लाइमा क्वन्टिटी सर्वेयरको रुपमा काम गर्दै आएका श्रीनिवासन नाम गरेका एकजना इञ्जिनियर साथीको भारतमा बुवा गम्भीर रुपमा बिरामी परेको खबर प्राप्त भएसंँगै उनी इमर्जेन्सीलीभ (आकस्मिक बिदा) मा घर फर्कन्छन् ।
श्रीनिवासन त्यसरी आकस्मिक बिदामा घर फर्किएसँंगै हाम्रो कम्पनीले उनको ठाउँमा अर्को नयाँ इञ्जिनियर खटाउनु पर्ने भयो । जसकालागि कम्पनीले एक पछि अर्को गर्दै दुईजना डिप्लोमा लेभलका इञ्जिनियरहरुलाई पठायो, ती दुबैजना शुरुवाति अन्तर्वार्ता (इन्टरभ्यु) बाट नै बाहिरिए । अन्तमा कम्पनीले जिजो नाम गरेका केरेलाका एकजना सिभिल इञ्जिनियर नयाँ व्यक्तिलाई पठाउने निर्णय ग¥यो । उनको इन्टरभ्युकालागि सम्बन्धित ठाउँमा पु¥याई दिन वा लगेर परिचय गराइ दिनकालागि मलाई अह्रायो । त्यसै अनुरुप भोलिपल्ट जिजो र मसँंगै गयौँ । मैले जिजोलाई टाङ्क्स् एण्ड इन्स्पेक्सन युनिटका सिनियर सुपरवाइजर (आरमकोका इन्जिनियर) तारिक बज्रा सरको कार्यालयमा लगेर गएँ । तारिक बज्रा सुडानका भए पनि झट्ट हेर्दा सुडानको जस्तो नदेखिने, अलि–अलि श्वेतवर्णका अग्लो कद गरेका निक्कै प्रभावशाली छवि भएका व्यक्ति थिए । उनको आवाज पनि निक्कै मोटो र प्रभावशाली थियो ।
मैले जिजोलाई तारिक सरको कार्यालयमा पु¥याएँ र तारिक सरलाई उनको नाम जिजो हो र उनलाई कम्पनीले श्रीनिवासनका ठाउँमा काम गर्न इन्टरभ्युका लागि पठाएको ब्यहोरा जानकारी गराएँ । त्यसपछि तारिक सरले, जिजोतिर हेर्दै – गूड मर्निङ्ग जिजो भनेर भने । जिजोले नो प्रब्लम् सर भनेर जवाफ फर्काए । त्यसपछि तारिक सरले हाउ आर यु जिजो ? भनेर सोधे । जिजोले फेरि नो प्रब्लम् सर भनेर जवाफ फर्काए । त्यसपछि तारिक सरले हाउ ओल्ड आर यु जिजो ? भनेर सोधे । जिजोले फेरि पनि नो प्रब्लम् सर भनेर जवाफ फर्काए ।
जिजोले तेस्रो पटक पनि नो प्रोब्लम् सर भनेर जवाफ फर्काएको सुनेर तारिक सरले, ओके जिजो नो प्रब्लम्, यु मे गो नाउ भनेर जिजोलाई फर्काए । जिजोसँंगै म पनि फर्किएँ र आफ्नो काममा लागेँ । भरे लंच टाइममा हाम्रो कम्पनीका म्यानेजर मुजाफर हुसेन (जो पाकिस्तानी थिए), म भएको ठाउँमा आए । मसँंगै रहेका जिजोलाई तिम्रो इन्टरभ्यु कस्तो भयो भनेर सोधे । जिजो केही बोलेनन् । त्यसपछि उनले, त्यही प्रश्न म तिर फर्केर गरे । मैले इन्टरभ्यु के भयो त्यो त मलाई पनि थाहा भएन तर अन्त्यमा तारिक सरले जिजोलाई नो प्रब्लम् जिजो यु मे गो नाउ भनेर फर्काए भनेर बिहान जिजो र तारिक सर बीच भएको वार्तालाभको अंश छोटकरीमा सुनाए ।
यो घटनापछि अरु दुई हप्तासम्म यो विषय अथवा आकस्मिक बिदामा घर फर्किएका श्रीनिवासनको स्थानपुर्तिका लागि अर्को नयाँ व्यक्ति पठाउने बारेमा कुनै चर्चा भएन । सायद सबैलाई श्रीनिवासन अब छिट्टै फर्की हाल्छ भन्ने थियो होला । खैर, त्यसको एक–दुई दिनमा तारिक सरले बिहान ९ बजेतिर मलाई फोन गरेर उनको कार्यालयमा बोलाए र मैले लाइब्रेरिमा गर्दै गरेको कामको प्रगतिका बारेमा सोधे । मैले अहिलेसम्मको अवधिमा लाइब्रेरिमा रहेका सबै पुस्तकहरुको शेल्फवाइज सूची तयार गरेर निश्चित ठाउँमा टाँस्ने तथा राख्ने काम भैसकेको र अब अन्य कुनै प्रमुख कामहरु बाँकी नरहेको व्यहोरा जानकारी गराए । मेरो कुरा सुनेपछि, उनले ओके त्यसो हो भने, भोलिबाट श्रीनिवासन नफर्किदासम्म तिमीले उसको ठाउँमा बसेर काम गर भनेर मलाई अह्राए । उनले मलाई यो विषयमा अरु केही बोल्ने वा स्पष्ट पार्ने मौकासम्म पनि दिएनन् ।
लाइब्रेरिमा मैले गरेको कामलाई निजिकबाट नियाल्ने गरेका ती तारिक सरलाई म कुनै न कुनै प्राविधिक पृष्ठभूमिबाट आएको केटो हुनुपर्छ भन्ने लागेको थियो होला । तर साउदी आरामको त्यै जेद्दा रिफाइनरीमा छिरे पछिको चार–पाँच महिनाको अवधिमा जे जति देख्ने, जान्ने, बुझ्ने मौका पाएको थिएँ, त्यसको अलावा मसँंग कुनै प्राविधिक ज्ञान थिएन । २० वर्षको उमेरमै रोजीरोटीका खातिर परदेशीन विवश म फुच्चे केटोकालागि तारिक सरले दिएको त्यो नयाँ जिम्मेवारी सफलतापूर्वक वहन गर्न चुनौतीपूर्ण मात्र होइन लगभग असम्भव हुने मेरो अनुमान थियो । खैर, तारिक सरले श्रीनिवास नफर्किएसम्म तिमीले यहाँ काम गर्नु भनेको हुनाले, मैले आपूmलाई अलिक सहज बनाए । केही समयका लागि न हो भनेर भोलिपल्टबाट नयाँ जिम्मेवारी वहन गर्ने मनमनै एउटा दरिलो अठोट गरँे ।
म कम्प्युटरमा राम्रो थिएँ । वर्ड, एक्सेल शीटहरुमा काम गर्न म सिपालु भैसकेको थिएँ । व्याकरणमा अलि–अलि मार खाए पनि अंग्रेजी बोल्न लेख्न मलाई कुनै समस्या थिएन । यो संगसंगै आसपासका साथीहरुको मार्ग निर्देशन, उनीहरुको मप्रतिको प्रेम, सद्भाव र आपूmले रिपोर्ट गर्नुपर्ने आफ्नो प्रमुखको आफूप्रतिको सहानुभूतिका कारण मेरा दैनिकीहरु मैले शुरुमा सोचेभन्दा सहजपूर्ण ढङ्गले नै बिते ।
जुङ्गाका रेखीहरु भर्खर देखिन शुरु गरेको म मान्छे उमेरले त त्यसै पनि सानो नै थिए, तर मेरो भौतिक शरीर पनि तुलनात्मक रूपमा सानो नै थियो । सानो केटो ठानेर पनि होला त्यहाँ मप्रति रिस, राग, द्वेष, ईष्यालगायतका भावहरु राख्ने कोही पनि थिएनन् । सबैले मलाई माया नै गर्थे ।
पछि तारिक सरले मसंँग प्राविधिक ज्ञान नभएको भन्ने कुरालाई थाहा नपाएका भने हैनन्, तर उनीलगायत अन्य अधिकारीहरुको निर्देशनमा जुन कुशलताका साथ म पेपर वर्क गरेर दिन्थें, उनीहरूको न्यूनतम आवश्यकताहरू पूरा गर्न म सफल भएको थिएँ । शुरुका दिनहरुमा मबाट हुने गरेका सामान्य कमजोरीहरुलाई लिएर उनीहरुले मेरो कम्पनीसँंग सिकायत गर्ने कुरा पनि भएन किनभने उनीहरुको आफ्नै पहलमा मलाई त्यो ठाउँमा लगेर राखिएको थियो ।
यसरी नै दिनहरु बित्तै गए । आकस्मिक बिदामा घर गएका, मैले काम गर्दै गरेको ठाउँमा काम गर्ने इञ्जिनियर श्रीनिवासन फर्केर आएनन् । पछिल्ला दिनहरुमा मैले पनि आपूmलाई सकेसम्म अपग्रेड गर्दै लगेँ । फरक–फरक कामहरूसँंग सम्बन्धित स्कोप अफ वर्क, स्पेसिफिकेशन, बिओक्युहरु प्रिन्ट गरेर बासस्थानमा लगेर पनि अध्ययन गर्न थालेँ । नजानेका शब्दहरु शब्दकोशमा खोजेर हेर्ने÷नोट गर्ने गर्न थालेँ ।
मैले त्यो ठाउँमा बसेर हाम्रो कम्पनीको कन्ट्र्याक्ट नसक्युन्जेल झण्डै तीन वर्ष जति काम गर्ने मौका पाएँ । त्यो समयको दौरान, मलाई खास गरेर मेरो भागमा परेको फिल्ड वर्क (जुन मलाई ज्ञान थिएन) गर्न सहयोग गरिदिने र उनीहरुको पेपर वर्क मलाई गर्न लगाउने इञ्जिनियर अल्लुरि, रियाज, इस्माइललगातका साथीहरुको याद आज पनि यो मनमा उत्तिकै ताजा भएर आउने गर्दछ ।
भद्रपुर–झापा (हाल दोहा–कतार)  dhakalrp@gmail.com

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *