Blog

प्र.न्या.न्यायाधीश नियुक्तिको पक्षमा

काठमाडौं/ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएपछि उनले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल शुरु गर्ने बताए । ३१औँ प्रधानन्यायाधीशका रूपमा आफ्नो कार्यभार प्रारम्भ गरेका उनले न्यायको अनुभूति हुने गरी काम गर्ने बताएका छन् । आफ्नो कार्यकालमा केही उल्लेखनीय कार्य…

निर्वाचन समितिको संयोजकमा खाती

ललितपुर/ नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा अधिवक्ता खम्मबहादुर खातीलाई नियुक्ति गरिएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार खातीलाई संयोजकमा नियुक्त गरेका हुन् । खाती पूर्वमहान्यायाधिवक्ता समेत हुन् । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेपाल बार एशोसिएसनको…

राउतको शंकास्पद भ्रमण

नयाँ दिल्ली/ जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सि.के.) राउत यहाँ आएका छन् । देशमा राजनीति संक्रमण बढिरहेको अवस्थामा उनको यहाँको भ्रमणलाई शंकास्पद रुपमा हेर्न थालिएको छ । मंगलबार यहाँ आइपुगेका उनको भेटघाटलाई गोप्य राखिएकाले पनि यसमा शंका गर्ने ठाउँ रहेको भनी…

मन्त्री किराँतीलाई पितृशोक

काठमाडौं / वाक पटुताका कारण चर्चामा रहने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । किराँतीका पिता हर्कबहादुर राईको बुधबार बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि पक्षघातसम्बन्धी समस्याबाट पीडित रहेका…

दलहरु लेनदेनमा मख्ख : रास्वपा लचिलो, एमाले थच्चियो

कौशल कुमार भट्टराई भक्तपुर/ नेपालको राजनीति नयाँ मोडमा आइपुगेको छ । सुन प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसद चल्न दिने भनेपछि संसदको गत्यावरोध रोकिएको छ । एक महिना बढी समयदेखि एमालेले संसद अवरुद्ध गरिदिंदा कतिपय…

निर्माण व्यवसायीको कमजोरी कि सरकारको ?

अनुसा थापा सर्वसाधारणले तिरेको करबाट देशमा विकास हुने हो । सरकारले निर्माण व्यवसायीलाई ठेक्का दिन्छ, त्यसबापत उनीहरुले पाउने भुक्तानी पनि जनताले तिरेकै करबाट हो । अधिकांश ठेक्कापट्टा आर्थिक चलखेलमै हुने गरेको छ । सरकारी कर्मचारी, सम्बन्धित निकायका प्रमुख र राजनीतिक…

सरकारी मानो सकिन लागेका सचिवहरु

काठमाडौं/ सरकारी सेवामा प्रवेश गरेर जिन्दगीलाई हराभरा बनाउन र विभिन्न चलखेल गरेर सम्पत्ति जोड्न सक्रिय रहेका सचिवहरु धमाधम अवकाश हुँदैछन् । यसैक्रममा आगामी २०८० भदौ ४ गते गोपीकृष्ण खनाल अवकाश हुँदैछन् । त्यसैगरी असोज ११ गते रविन्द्रनाथ श्रेष्ठको पनि अवकाश…