एनसेल प्रकरणले सरकार विवादमा

प्रमुख समाचार भक्तपुर/ पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार एनसेलको शेयर खरिदविक्री प्रकृयाका कारण विवादमा परेको छ । सरकारले यो विवादबारे छानबिन गर्न गठन भएको समितिलाई ३० दिनको कार्यादेश दिए पनि यो विवादमा सरकार खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम् परेका छन्…

जलवायु परिवर्तन चिन्ताको विषय

सम्पादकीय विश्वका आठ ठूला शहरका प्रमुखले जलवायु परिवर्तनसँगै वायु प्रदुषणको विनाशकारी चक्रको विषयमा आफ्नो प्रतिबद्धता जाहेर गरेका छन् । यो विनाशकारी चक्र र शहरी केन्द्रमा त्यसको गहिरो जोखिमको प्रभाव तोड्न संयुक्त प्रतिबद्धता ती शहरका प्रमुखहरुले जनाएका छन् । संयुक्त अरव…

भूकम्पका कारण कांग्रेस महासमिति बैठक सर्‍यो

ललितपुर/ नेपाली कांग्रेसले आगामी मंसिर दोश्रो साता गर्ने भनिएको महासमिति बैठक एक महिना पछि सरेको छ । अब काँग्रेसको महासमिति बैठक आगामी पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा सञ्चालन हुने बताइएको छ । यसअघि कांग्रेसको महासमिति बैठक मंसिरको १३…

२५ लाख बुझाएर माधव लागे चीनतिर

काठमाडौं/ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कार्तिक २१ गते चीन प्रस्थान गरेका छन् । चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा १५ सदस्यीय टोलीको नेतृत्व गर्दै अध्यक्ष नेपाल चीन भ्रमणमा गएका छन् । मुलुकले जाजरकोट र रुकुम पश्चिममा गएको…

दुूत बस सेवा डेढ महिना पनि चलेन

भक्तपुर/ बडो तामझामका साथ संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सञ्चालन गरिएको दू्रत बस सेवा डेढ महिना नपुग्दै बन्द भएको छ । ४५ मिनेटमा सूर्यविनायकदेखि रत्नपार्कसम्म पुग्नका लागि रातो रङ्ग पोतेर छुट्टै लेन बनाइएको छ । करिब तीन…

एमडिएमएस लागू, महंगा मोबाइल ब्लक

काठमाडौं/ गत कार्तिक २० गते राति ९ बजेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा आएको छ । यो प्रणाली लामो समयको प्रतिक्षापछि कार्यान्वयनमा आएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको विशेष पहलमा यो सिष्टम लागू भएको…