मुरारीराज मिश्र लगभग हरेक मिनेटको अन्तराल जस्तोमा देखिने सानाठूला तालहरूलाई पछाडि छोड्दै प्रतिघण्टा ७०–८० माइलको रफ्तारले हाइवेमा बेतोडले कुदिरहेको थियो, हामी चढेको गाडी । हामी अर्थात् पत्नी कल्पना, छोरी डा. सम्पदा, छोरा इ. कौशल र ज्वाइँ डा. टेलर ज्याकोव सुलेरुड…
