अविरल वर्षाले मुख्य सडकहरु अवरुद्ध

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत असोज १० गते देखि परेको भारी वर्षाका कारण संघीय राजधानी काठमाडौंलाई जोड्ने राजमार्ग तथा मुख्य सडकहरु व्यापक रुपमा क्षति हुँदा जनजीवन अस्तव्यस्त बनेको छ ।
भारी वर्षाले मानवीय भौतिक रुपमा ठूलो क्षति गरेको छ । दुई सय बढी व्यक्तिहरुले ज्यान गुमाएका छन् भने सडक, पुल र हाइड्रो पावरमा गरी पाँच अर्ब रुपियाँभन्दा बढी क्षति भएको बताइएको छ । नेपालीहरुको महान चाड दशैं, तिहार र छठ नजिकैदै गर्दा घर जाने यात्रुहरुलाई समस्या परेको छ ।
सडकमार्ग अवरुद्ध हुँदा हवाई भाडा सर्वाधिक मंहगो बनेको छ भने बजार भाउको मूल्यवृद्धिले सर्वसाधारणको ढाड सेकिएको छ । तरकारी लगायत खाद्यपदार्थमा भएको मूल्यवृद्धिप्रति सरकारी अनुगमन कर्मकाण्डी बनेको छ । सडक र पुल बगाउँदा राजधानीसँग जिल्लाको आवतजावत टुटेको छ ।
तीन दिने भारी वर्षाले २३ वटा राजमार्गका छभन्दा बढी ठाउँ पूर्णरुपमा क्षति बनेको समाचार श्रोतले बताएको छ । राजधानी भित्रिने नागढुंगा नाका, कान्ति लोकपथ र बी.पी. राजमार्ग क्षतविक्षत भएका छन् । मुग्लिन–काठमाडौं, पृथ्वीराजमार्ग, वर्दीवास सिन्धुली– काठमाडौं (बी.पी. राजमार्ग) र सिन्धुपाल्चोक काठमाडौं (अरनिको राजमार्ग) दशैं अगाडि पूर्णरुपमा निर्माण हुनसक्ने अवस्था छैन ।
काठमाडौं उपत्यकाका सडकहरु र जनजीवन पनि बाढीले प्रभावित पारेको छ । अवरुद्ध सडक खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका उच्चपदस्थ अधिकारीहरु घनिभूत रुपमा लागिपरेका छन् । पानी पर्न रोकिए २–४ दिन भित्र अधिकांश सडक खुल्ने सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बताएका छन् । दशैको मुखमा विभागले अवरुद्ध सडक खुलाउन पहल भैरहेको छ । धुलिखेल–सिन्धुली राजमार्गको नेपालथोक र नारायणगढ–बुटवल पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा यात्रुले सास्ती बेहोर्नु परेको खबर छ ।
तीन दिनको भारी वर्षाले ११ वटा पुल बगेका छन्, भने कोशीमा २६ वटा पुलमा क्षति भएको समाचार श्रोतले बताएको छ । सरकार वादीले पु¥याएको क्षतिप्रति राहत र पुनस्र्थापनामा जुटेको छ । अवरुद्ध सडकहरु दशैं अगाडि नै खुल्ने आशामा यात्रुहरु घरजान टिकट लिन हानाथाप गरिरहेका छन् ।
यता, राष्ट्रिय यातायात व्यवसायी महासंघले अग्रिम टिकट बुकिङ्गको व्यवस्था स्थगित गरेपछि दशैंमा घर जान खोज्नेहरू थप समस्यामा परेका छन् । राहत र उद्दारमा जुटेको सरकारले यात्रुहरूको मर्का नबुझ्नु र बाटामा खुलेका खाजाघरहरूको अनुगमन नहुदा यात्रुहरू महंगो पैसा तिरेर खाना र खाजा खान बाध्य भएका छन् ।
उपत्यकाका विभिन्न ठाउँबाट ६ लाख भन्दा बढीले टिकट बुकिङ्ग गरेको समाचार श्रोतले बताएको छ । समयमै सडक मर्मत नभए लगभग १५ लाख मान्छेहरू दशैंमा घर जान चाहेर पनि नपाउने भएका छन् ।
उता, असौज १०, ११ र १२ गतेको बर्षाले पाक्नै लागेको धानमा क्षती पु¥याउँदा कृषितर्फ ६ अर्बको नोक्सान गरेको सरकारले बताएको छ । त्यसैगरी सडकतर्फ दुई अर्ब बढीको क्षती भएको समाचारमा उल्लेख छ । दशैंको मुखमा निम्तिएको बिपत्तीले कूल १७ अर्ब रकमको नोक्सान भएको छ ।
सरकार बेलैमा सचेत नभए स्वास्थ्य संकट निम्तन सक्ने खतरा देखिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *