धनबहादुर मगर
काठमाडौं कार्तिक १५, अविरल जनसाहित्य यात्राको आयोजनामा १०३ औं अविरल जनसाहित्य यात्रा श्रृँखला, कवि भवानी खतिवडाद्वारा लिखित नियात्रा छन्द कविताको एकल वाचन भयो ।
प्रा.डा.देवी नेपालले भवानी खतिवडाद्वारा लिखित विभिन्न कविहरुद्वारा वाचित नियात्रा छन्द कविताले प्राकृतिक सुन्दरतालाई औधी मायाँ गरेको विश्लेषण गरेका छन् । नेपालले देशमा मौलाएको विकृति र विसंगतिलाई खरो प्रहार गरेको देवी नेपालले टिप्पणी गरेका छन् । उनको कविता धेरै कविहरुको कविता मध्ये पे्ररणादायी कविता सिर्जना गर्ने सर्जक भएको उल्लेख गरेका छन् ।
बाचित कविताहरु अनुष्टुप छन्द, सार्दुल विकृत छन्द, दिक्पाल छन्द, मन्दाक्रान्त छन्द, उपलाङ्क छन्द, इन्द्र बज्र छन्द लगायत छन्दहरुमा वाचन गरेका थिए । नियात्रा कविता चार खोलाको आजगनी वाचन गरेपछि सिर्जना कति शक्तिशाली छन् भन्ने थाहा हुन्छ । प्रतिभाका धनी कवि खतिवडा प्रतिभा कुञ्ज मार्फत नयाँ पुस्तालाई साहित्यमा तान्ने काम गरेको देखिन्छ । उनी छन्द साहित्यका छन्द पशिक्षक पनि हुन् ।
उनले कविताको लेखेका धेरै कविताहरु देश र जनताको पक्षमा लेखिएका पाइन्छ । ‘देश यो जुरमुराओस्’ भाव र विचारको जागृतिमा उठान भएको कविता थियो । एउटा कविता संग्रहमा एउटा मात्र कविता अमर भयो भने पनि । एउटा कविता संग्रह पूरै अमर बन्छ ।
‘विवेक चाहिन्छ’ प्रभातिकिरणले वाचन गरेको हिमाल कवितामा देशको भूगोल प्राकृतिक सुन्दरताको छठामा रमाइरहेको कविले हिमाल प्रतिको मायाँ नेपालमा हजारौं हिम श्रँृखलाले अझ सुन्दर बनाएको उल्लेख छ । ‘प्रणाम सगरमाथाको डिएनए हो ।’ कि त सृष्टि राम्रो, कित दृष्टि राम्रो, दूरदर्शी ढंगले उठान गरेको कवितामा संघर्ष नगरिकन सफलता पाइन्न । ‘संघर्ष विनाको सपना अधुरो हुन्छ । राष्ट्र वन्दना कवितामा लाखौं चिन्तनहरु छरिरहे पनि, एउटै उद्देश्यमा गाँसिनु कविताको विकेन्द्रीकृत मनहरुलाई एकै ठाउँमा केन्द्रीकृत गर्नु पर्ने जोडदिएका छन् । राष्ट्रमा असत् र अपराधको बढ्दो श्रृँखलालाई अन्त्यगर्न लाग्नु पनि कविताले बलियो अठोट राखेको छ । आस्थामा विरामी नपरोस् ? भन्ने कवितामा आस्था विरामी भइरहेको तर्फ सचेत गराएको छ । ‘म छछल्किएँ कवितामा प्राकृतिले बोलाइरहेका छन् भन्ने वोध गरेका छ । हाम्रा हिमाल पहाड, तराई, अनि त्यसभित्रका अनगिन्ती कुनाकन्दराका सौन्दर्यले जोकोहीलाई पनि मन्त्रमुग्ध नपार्ने कुरै भएने ।
‘जन्तरी आमा’ कविताले वर्तमान युगको दरिलो चित्रण गरेर नाजुक अवस्था बन्दै गरेको नेपाली जनजीवनलाई दर्शाएको छ । तिनै कवितामा कविले ‘हो मैले सदाका लागि गाउँठाउँ छोड्दैछु काइली आमा’ भन्ने कविताको यो सम्वाद आजको व्यवस्थालाई चोटिलो प्रहार हो । युवा पुस्ता देशबाट पलायन हुने विरासतलाई उत्खनन् गरेको छ । प्राकृतिक सुन्दरताले, आधुनिकताको खोलले छोपेको छ । आउ आफ्नैपनलाई हराभरा बनाउनु पर्छ । अर्काको नक्कल गर्नु पर्दैन ।
‘स्वाभिमान कवितामा अभाव’ अशान्ति, दुखः पीडा, आदर्शका स्वरुपहरु झल्किन्छ । आदर्शले मानिसलाई सँधै थिचिराख्दा मानविय आवश्यकताले उसको जीवन, घरपरिवार, साथीभाईको बिचमा होचा, साना, निरीह अनि काम नलाग्ने लठ्ठक बन्न वाध्य बनाउँछ ।
भवानी खतिवडाद्वारा लिखित, भवानी पौडेलद्वारा वाचित ‘आमा’ कविताले आमा प्रतिको स्नेह विश्वमा सबभन्दा बढी रहेको छ । आमाको गरिमा कति हुँदो रहेछ भन्न विम्व यस कविताले झल्काएको छ । विश्वमा आमाका नाममा कविता पनि सबभन्दा बढी हुन्छ । त्यसपछि देशको बारेमा लेखिएको कविताहरु पाइन्छन् ।
‘चेतनाको विज, कवितामा देशको तथाकथित बुद्धिजीवि, लेखकहरु प्रति दरिलो प्रहार गरेको कविता हो । नेपाली गद्य र पद्य क्षेत्रमा होस वा कुनै पनि विषय कवितामा पश्चिमी भुतको छायाँ चढेर नेपालीपनलाई विकृत बनाएको छ । नेपाली समाजका मान्यगन्या भनाउँदा लेखक कविहरु मुसिफरहरुका कविता लेखेपछि आफूलाई अन्तर्राष्ट्रियकरण भएको महशुस गर्छ । भएको घमण्ड पाल्ने आडम्वरीहरुलाई तिखो गरि प्रहार गरेको यो एक प्रतिनिधीमूलक कविता हो । तर आफ्नै देशको भीमदत्त पन्त लगायत राष्ट्रवादलाई बिर्सन्छ । यही विषयलाई कविले आडम्वरी बुद्धिजीविहरुको अहंमतालाई प्रहार गर्न बाँकी राखेको छैन । हो, सत्य पनि हो । हिजोआज केही पुस्तक लेखेका केही कथा कविता लेखेका स्वनाम धन्य लेखकहरु पनि छन् । तर कविले भने त्यस्तो लेखक कविहरुको अन्तर्राष्ट्रियवादको हावालाई नेपालको सीमाबाटै प्रवेशमा रोक लगाउनु पर्ने अठोतहरु गर्छन् । आफ्नै परिवेश देश, परिवार, पुर्खाको सौर्यको गीत लेख्छु भन्ने भाव पस्केको छ ।
‘स्वाभिमान’ कवितामा कहिलेकाहीँ मान्छेमा घमण्ड जाग्छ । तर पनि स्वाभिमानको घमण्ड र अरु घमण्ड पक्कै पनि फरक हुन्छ सन्देश दिन प्रयास गरेको छ । धेरै अहम् पाल्नु पनि राम्रो होइन । भावना, चेतना, देश र समाज प्रतिको समर्पण जरुरी छ । उनको कवितामा यस्ता धेरै गुणहरुले भरिएको कविताहरु पाइन्छ ।
सिर्जनाहरुमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, बालकृष्ण समको त्रिकोणीय लैंगिक समानता आउनु पर्छ । परम्परित लेखनी कमी भइरहेको बेला अझ कलम सशक्त रुपमा चल्नु पर्छ । अरुको प्रशंसाको गीत गाएर नतमस्तक बन्नु स्वाभिमानीहरुलाई सुहाउँदैन । आफू को हुँ भनेर चिन्नु मानिसको पनि उसको असल गुण हो । अरु कोही अगाडि बढ्ला भन्ने चिन्ता होइन । राम्रो काम गर्न सबै अगाडि सर्नुपर्छ । उनका कविताका भावहरु यस्ता धेरै विचारहरुले ओतप्रोत छन् ।
‘गन्तव्य के हो ? कविता राजनीतिमा भएको चरम विकृतिमाथि बलियो प्रहार एउटा सशक्त कविता हो । यथार्थ रुपमा जे छ तस्तै, नलुकाई कसैको गुलामी नगरी, सिधै विषयवस्तुमा पुगेर प्रहार गरेको कविता हो । यसका कविको साहसिक गुण देखिन्छ । कवितामा ‘जुधायो, जिब्रो थुती, कता कुदायो ।’ यस कविताले वर्तमान परिवेश हेर्दा राजनीतिमा छाएको विद्रुपीपनलाई प्रहार गरेको कविता हो । बढ्दै गरेको विकृति र विसंगतिका अवस्था बुझेर लेखिएको कविता निकै शक्तिशाली मात्र नभई व्याग्यात्मक छेड हानेर लेखिएको छ ।
महिला होस वा पुरुष जिम्मेवारी र चेतनाको अझै कमी छ । कुनै कुरा पाउन ठूलो साधना गर्नु पर्छ । छन्द कवितामा झनै ठूलो साधना गर्नु पर्ने विषय हो ।
उनले नियात्रा कविता किन रोज्न पुगिन् भन्ने चर्चा गर्नुपर्दा नेपालको कुनाकाप्चामा, हिमालको फेदी र चुचुरोहरुमा यात्रा गर्दा त्यस यात्राले प्रेरित गरेको सिर्जना पनि हुन सक्छ । त्यस माथि पनि नियात्रामै छन्द कविता लेख्ने साहस गरेकी हुन् । उत्कृष्ठ कविता लेख्ने धेरै कवि, लेखकहरु पनि छन् । नियात्रा कविता चाहीँ किन रोज्न पुगिन भन्ने प्रश्न उठेका छन् ।
हिजोआजको पुस्ता पढ्न नसक्दै विदेश यात्रा गर्न हतारिन्छ । हिमालयको यात्रा गर्न चाहना राख्दैन । एकवर्षमा हिमाले यात्रा पूरा हुँदैन । बरु हिमालयको यात्रा गरेर आफ्नो देश र माटोको मायाँ गर्नु पथ्र्यो भन्ने नयाँ पुस्तालाई झझक्याउन अगाडि सरेको कविता हो । यो कविताले त्यही सन्देश दिएको छ ।
त्यतिमात्र होइन नेपाललाई ग्रेट हिमालको देश भनेर वर्णन गरेकी छन् । हिमालहरुको यात्रा गर्न १०१ दिनमा पनि पूरा गर्न सक्दैन, वर्षौं लाग्न सक्छ ।
उनको कवितालाई कविहरु शान्ति पौडेल, प्रभातिकिरण, दिनेश पाण्डे, गणेश खतिवडा, राधा कँडेलले कविता वाचन गरेर साथ दिएका थिए ।
