कवि खतिवडाको कवितामा नेपाललाई ग्रेट हिमालको पदवी

Nayabimarsha (Weekly Newspaper from Nepal)
धनबहादुर मगर

काठमाडौं कार्तिक १५, अविरल जनसाहित्य यात्राको आयोजनामा १०३ औं अविरल जनसाहित्य यात्रा श्रृँखला, कवि भवानी खतिवडाद्वारा लिखित नियात्रा छन्द कविताको एकल वाचन भयो ।
प्रा.डा.देवी नेपालले भवानी खतिवडाद्वारा लिखित विभिन्न कविहरुद्वारा वाचित नियात्रा छन्द कविताले प्राकृतिक सुन्दरतालाई औधी मायाँ गरेको विश्लेषण गरेका छन् । नेपालले देशमा मौलाएको विकृति र विसंगतिलाई खरो प्रहार गरेको देवी नेपालले टिप्पणी गरेका छन् । उनको कविता धेरै कविहरुको कविता मध्ये पे्ररणादायी कविता सिर्जना गर्ने सर्जक भएको उल्लेख गरेका छन् ।
बाचित कविताहरु अनुष्टुप छन्द, सार्दुल विकृत छन्द, दिक्पाल छन्द, मन्दाक्रान्त छन्द, उपलाङ्क छन्द, इन्द्र बज्र छन्द लगायत छन्दहरुमा वाचन गरेका थिए । नियात्रा कविता चार खोलाको आजगनी वाचन गरेपछि सिर्जना कति शक्तिशाली छन् भन्ने थाहा हुन्छ । प्रतिभाका धनी कवि खतिवडा प्रतिभा कुञ्ज मार्फत नयाँ पुस्तालाई साहित्यमा तान्ने काम गरेको देखिन्छ । उनी छन्द साहित्यका छन्द पशिक्षक पनि हुन् ।
उनले कविताको लेखेका धेरै कविताहरु देश र जनताको पक्षमा लेखिएका पाइन्छ । ‘देश यो जुरमुराओस्’ भाव र विचारको जागृतिमा उठान भएको कविता थियो । एउटा कविता संग्रहमा एउटा मात्र कविता अमर भयो भने पनि । एउटा कविता संग्रह पूरै अमर बन्छ ।
‘विवेक चाहिन्छ’ प्रभातिकिरणले वाचन गरेको हिमाल कवितामा देशको भूगोल प्राकृतिक सुन्दरताको छठामा रमाइरहेको कविले हिमाल प्रतिको मायाँ नेपालमा हजारौं हिम श्रँृखलाले अझ सुन्दर बनाएको उल्लेख छ । ‘प्रणाम सगरमाथाको डिएनए हो ।’ कि त सृष्टि राम्रो, कित दृष्टि राम्रो, दूरदर्शी ढंगले उठान गरेको कवितामा संघर्ष नगरिकन सफलता पाइन्न । ‘संघर्ष विनाको सपना अधुरो हुन्छ । राष्ट्र वन्दना कवितामा लाखौं चिन्तनहरु छरिरहे पनि, एउटै उद्देश्यमा गाँसिनु कविताको विकेन्द्रीकृत मनहरुलाई एकै ठाउँमा केन्द्रीकृत गर्नु पर्ने जोडदिएका छन् । राष्ट्रमा असत् र अपराधको बढ्दो श्रृँखलालाई अन्त्यगर्न लाग्नु पनि कविताले बलियो अठोट राखेको छ । आस्थामा विरामी नपरोस् ? भन्ने कवितामा आस्था विरामी भइरहेको तर्फ सचेत गराएको छ । ‘म छछल्किएँ कवितामा प्राकृतिले बोलाइरहेका छन् भन्ने वोध गरेका छ । हाम्रा हिमाल पहाड, तराई, अनि त्यसभित्रका अनगिन्ती कुनाकन्दराका सौन्दर्यले जोकोहीलाई पनि मन्त्रमुग्ध नपार्ने कुरै भएने ।
‘जन्तरी आमा’ कविताले वर्तमान युगको दरिलो चित्रण गरेर नाजुक अवस्था बन्दै गरेको नेपाली जनजीवनलाई दर्शाएको छ । तिनै कवितामा कविले ‘हो मैले सदाका लागि गाउँठाउँ छोड्दैछु काइली आमा’ भन्ने कविताको यो सम्वाद आजको व्यवस्थालाई चोटिलो प्रहार हो । युवा पुस्ता देशबाट पलायन हुने विरासतलाई उत्खनन् गरेको छ । प्राकृतिक सुन्दरताले, आधुनिकताको खोलले छोपेको छ । आउ आफ्नैपनलाई हराभरा बनाउनु पर्छ । अर्काको नक्कल गर्नु पर्दैन ।
‘स्वाभिमान कवितामा अभाव’ अशान्ति, दुखः पीडा, आदर्शका स्वरुपहरु झल्किन्छ । आदर्शले मानिसलाई सँधै थिचिराख्दा मानविय आवश्यकताले उसको जीवन, घरपरिवार, साथीभाईको बिचमा होचा, साना, निरीह अनि काम नलाग्ने लठ्ठक बन्न वाध्य बनाउँछ ।
भवानी खतिवडाद्वारा लिखित, भवानी पौडेलद्वारा वाचित ‘आमा’ कविताले आमा प्रतिको स्नेह विश्वमा सबभन्दा बढी रहेको छ । आमाको गरिमा कति हुँदो रहेछ भन्न विम्व यस कविताले झल्काएको छ । विश्वमा आमाका नाममा कविता पनि सबभन्दा बढी हुन्छ । त्यसपछि देशको बारेमा लेखिएको कविताहरु पाइन्छन् ।
‘चेतनाको विज, कवितामा देशको तथाकथित बुद्धिजीवि, लेखकहरु प्रति दरिलो प्रहार गरेको कविता हो । नेपाली गद्य र पद्य क्षेत्रमा होस वा कुनै पनि विषय कवितामा पश्चिमी भुतको छायाँ चढेर नेपालीपनलाई विकृत बनाएको छ । नेपाली समाजका मान्यगन्या भनाउँदा लेखक कविहरु मुसिफरहरुका कविता लेखेपछि आफूलाई अन्तर्राष्ट्रियकरण भएको महशुस गर्छ । भएको घमण्ड पाल्ने आडम्वरीहरुलाई तिखो गरि प्रहार गरेको यो एक प्रतिनिधीमूलक कविता हो । तर आफ्नै देशको भीमदत्त पन्त लगायत राष्ट्रवादलाई बिर्सन्छ । यही विषयलाई कविले आडम्वरी बुद्धिजीविहरुको अहंमतालाई प्रहार गर्न बाँकी राखेको छैन । हो, सत्य पनि हो । हिजोआज केही पुस्तक लेखेका केही कथा कविता लेखेका स्वनाम धन्य लेखकहरु पनि छन् । तर कविले भने त्यस्तो लेखक कविहरुको अन्तर्राष्ट्रियवादको हावालाई नेपालको सीमाबाटै प्रवेशमा रोक लगाउनु पर्ने अठोतहरु गर्छन् । आफ्नै परिवेश देश, परिवार, पुर्खाको सौर्यको गीत लेख्छु भन्ने भाव पस्केको छ ।
‘स्वाभिमान’ कवितामा कहिलेकाहीँ मान्छेमा घमण्ड जाग्छ । तर पनि स्वाभिमानको घमण्ड र अरु घमण्ड पक्कै पनि फरक हुन्छ सन्देश दिन प्रयास गरेको छ । धेरै अहम् पाल्नु पनि राम्रो होइन । भावना, चेतना, देश र समाज प्रतिको समर्पण जरुरी छ । उनको कवितामा यस्ता धेरै गुणहरुले भरिएको कविताहरु पाइन्छ ।
सिर्जनाहरुमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, बालकृष्ण समको त्रिकोणीय लैंगिक समानता आउनु पर्छ । परम्परित लेखनी कमी भइरहेको बेला अझ कलम सशक्त रुपमा चल्नु पर्छ । अरुको प्रशंसाको गीत गाएर नतमस्तक बन्नु स्वाभिमानीहरुलाई सुहाउँदैन । आफू को हुँ भनेर चिन्नु मानिसको पनि उसको असल गुण हो । अरु कोही अगाडि बढ्ला भन्ने चिन्ता होइन । राम्रो काम गर्न सबै अगाडि सर्नुपर्छ । उनका कविताका भावहरु यस्ता धेरै विचारहरुले ओतप्रोत छन् ।
‘गन्तव्य के हो ? कविता राजनीतिमा भएको चरम विकृतिमाथि बलियो प्रहार एउटा सशक्त कविता हो । यथार्थ रुपमा जे छ तस्तै, नलुकाई कसैको गुलामी नगरी, सिधै विषयवस्तुमा पुगेर प्रहार गरेको कविता हो । यसका कविको साहसिक गुण देखिन्छ । कवितामा ‘जुधायो, जिब्रो थुती, कता कुदायो ।’ यस कविताले वर्तमान परिवेश हेर्दा राजनीतिमा छाएको विद्रुपीपनलाई प्रहार गरेको कविता हो । बढ्दै गरेको विकृति र विसंगतिका अवस्था बुझेर लेखिएको कविता निकै शक्तिशाली मात्र नभई व्याग्यात्मक छेड हानेर लेखिएको छ ।
महिला होस वा पुरुष जिम्मेवारी र चेतनाको अझै कमी छ । कुनै कुरा पाउन ठूलो साधना गर्नु पर्छ । छन्द कवितामा झनै ठूलो साधना गर्नु पर्ने विषय हो ।
उनले नियात्रा कविता किन रोज्न पुगिन् भन्ने चर्चा गर्नुपर्दा नेपालको कुनाकाप्चामा, हिमालको फेदी र चुचुरोहरुमा यात्रा गर्दा त्यस यात्राले प्रेरित गरेको सिर्जना पनि हुन सक्छ । त्यस माथि पनि नियात्रामै छन्द कविता लेख्ने साहस गरेकी हुन् । उत्कृष्ठ कविता लेख्ने धेरै कवि, लेखकहरु पनि छन् । नियात्रा कविता चाहीँ किन रोज्न पुगिन भन्ने प्रश्न उठेका छन् ।
हिजोआजको पुस्ता पढ्न नसक्दै विदेश यात्रा गर्न हतारिन्छ । हिमालयको यात्रा गर्न चाहना राख्दैन । एकवर्षमा हिमाले यात्रा पूरा हुँदैन । बरु हिमालयको यात्रा गरेर आफ्नो देश र माटोको मायाँ गर्नु पथ्र्यो भन्ने नयाँ पुस्तालाई झझक्याउन अगाडि सरेको कविता हो । यो कविताले त्यही सन्देश दिएको छ ।
त्यतिमात्र होइन नेपाललाई ग्रेट हिमालको देश भनेर वर्णन गरेकी छन् । हिमालहरुको यात्रा गर्न १०१ दिनमा पनि पूरा गर्न सक्दैन, वर्षौं लाग्न सक्छ ।
उनको कवितालाई कविहरु शान्ति पौडेल, प्रभातिकिरण, दिनेश पाण्डे, गणेश खतिवडा, राधा कँडेलले कविता वाचन गरेर साथ दिएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *