बैंकहरुको नाफाप्रति प्रश्नचिन्ह

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा नौवटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कारबाही गरेका बैंकहरुमा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक तथा एनसीसी बैंक, क्रेडिट एण्ड कमर्श बैंक, कुमारी बैंक समेत परेका छन् ।
त्यसैगरी प्रभु बैंकमा गाभिएको सेञ्चुरी बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले पनि कारबाही र जरिवाना तिरेका छन् । अहिले आर्थिक तरलता र संकटग्रस्त अवस्थामा बैंकहरुले कर्जा प्रवाह गर्न सकेको छैनन् । ऋणीहरुले बैंकबाट ऋण पाउन नसकेको र व्यापार व्यवसाय लगभग ठप्प जस्तै रहेको छ । घरजग्गाको कारोबार शून्यजस्तै बनेको छ । यस्तो अवस्थामा पनि बैंकहरुले आश्चर्यजनक रुपमा नाफा कमाएको देखाएका छन् ।
नाफा कमाउने बैंकहरुमा नबिल बैंक पाँच अर्ब ११ करोड, ग्लोबल आइएमई बैंक चार अर्ब ३५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तीन अर्ब चार करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंक दुई अर्ब ६१ करोड, प्राइम बैंक दुई अर्ब ४६ करोड, कुमारी एक अर्ब ८२ करोड, नेपाल बैंक एक अर्ब ७८ करोड, एनआइसी एशिया बैंक चार अर्ब एक करोड, राष्ट्रिय वाणिज्य बैंक तीन अर्ब ५७ करोड रहेको जनाइएको छ । यसैगरी एन.एन.बि. बैंक दुई अर्ब ६८ करोड, एभरेष्ट बैंक दुई अर्ब ४६ करोड, प्रभु बैंक एक अर्ब ९५ करोड, सानिमा बैंक एक अर्ब ७२ करोड, माछापुच्छ«े बैंक एक अर्ब ३५ करोड कमाउने सूचीमा परेका छन् ।
यस्तै, सिटिजन्स बैंक एक अर्ब २३ करोड, कृषि विकास बैंक एक अर्ब १६ करोड, नेपाल एसबीआई बैंक एक अर्ब ८० करोड, हिमालयन बैंक एक अर्ब ७३ करोड, सिद्धार्थ बैंक एक अर्ब ४९ करोड, लक्ष्मी बैंक एक अर्ब २६ करोड र सनराइज बैंकले एक अर्ब १७ करोड नाफा देखाएर संशय उत्पन्न गरेका छन् । बैंकहरुले जति नाफा कमाए पनि बजारमा तरलता कायमै रहेको बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *