गुरुङ समातिंदा कर्जा लगानी जोखिममा !

Nayabimarsha (Weekly Newspaper from Nepal)

रुषा थापा
भक्तपुर/ ‘भाटभटेनी सुपरमार्केटका साहुले यत्रो सम्पत्ति कताबाट जोडे ?’ भनेर वर्षौदेखि बजारमा बहस चल्दै आएको थियो । अधिंकाश मानिसहरु भाटभटेनीका साहुले मुलुकभरको सरकारी, गुठी, मठमन्दिरका जग्गा दर्ता गर्नुका साथै म्याद सकिएको, तौल कम भएको सामान बेच्छन् भनेर भन्थे ।
अहिले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ समातिएपछि यो कुरा प्रमाणित भएको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा गुरुङलाई प्रहरीले समातेपछि अहिले भाटभटेनीमा सामान किन्न जानेको संख्या ह्वात्तै घटेको छ ।
केही महिनाअघि भाटभटेनीका सञ्चालकले आफ्नो रकम फिर्ता नगरेको आरोप लगाउँदै प्रेमप्रसाद आचार्यले आत्मदाह गरेका थिए । अहिले सर्वसाधारण भन्छन्, ‘भाटभटेनीका सञ्चालक गुरुङ ठग हुन् । उनले म्याद सकिएको, कम तौल भएको सामान त बेच्यो नै तर सरकारी जग्गा समेत छोडेन ।’
अधिंकाशले अब भाटभटेनी चल्न सक्दैन भनेर अनुमान लगाउन थालिसकेका छन् । मुलुकभर सञ्चालित भाटभटेनी वा सञ्चालक गुरुङको नाममा भएको सम्पत्ति पनि राज्यको नाममा जाने भनेर भनिन्छ । अहिले भाटभटेनीमाथि कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्था मारमा परेका छन् । उनीहरुको कर्जा जोखिममा परेको छ । यसले भाटभटेनीमाथि कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्था अब पक्कै पनि डुब्नेछन् । अधिकांश बैंक तथा वित्तीय संस्थाको भाटभटेनीमाथि कर्जा लगानी रहेको सुनिन्छ । यसरी भाटभटेनीमाथि आपूmले बचत गरेको बैंक तथा वित्तीय संस्थाले पनि कर्जा लगानी गरेको थाहा पाएपछि बचतकर्ताहरुको लाम लागेको छ ।
ललितानिवासको १४३ रोपनी जग्गामा विभिन्न बैंक तथा वित्तीय संस्थाले त्यही जग्गा धितो राखी दुई अर्ब ४५ करोड रुपियाँ लगानी गरेका छन् । ललितानिवासको जग्गा अब सरकारको स्वामित्वमा आइसकेको छ । त्यसैले त्यो जग्गामाथि कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्था अब नराम्ररी डुब्नेछन् । यी दुइटा कारणले पनि अब मुलुकभर सञ्चालित सरकारी तथा निजी बैंक टाप पल्टिन्छन् । बैंक तथा वित्तीय संस्थाले यी बाहेक अन्य क्षेत्रमा पनि लगानी गरेका छन् तर त्यो पनि सबै जोखिमपूर्ण । घरजग्गा, गाडी र शेयर नै बैंक तथा वित्तीय संस्थाको मुख्य कर्जा लगानी हो ।
पछिल्लो समय यी क्षेत्रमा भने मन्दी छ । कारोबार ठप्प झैं भएको छ । त्यसकारण बैंक तथा वित्तीय संस्थाले यसमा गरेको कर्जा लगानी पनि डुब्ने अवस्थामा छ । बैंक तथा वित्तीय संस्था, नागरिक सञ्चय कोषलगायतले बचतकर्ताको रकम घुस खाएर एउटै व्यक्तिलाई अर्बो कर्जा लगानी गरेका छन् । आज बैंक डुब्दा पनि असलमा डुब्ने त बचतकर्ता नै हुन् नि । अहिले जनताको सचेतनाको वृद्धि भएको छ । उनीहरुमा राम्रो र नराम्रो कुराको मूल्यांकन गर्न सक्ने क्षमताको वृद्धि भएको छ । उदाहरणका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङको असली रुप बाहिरिएपछि अहिले जनता भाटभटेनीमा सामान खरिद गर्न जादैँनन् ।
राज्यको सम्पत्तिको दुरुपयोग गर्ने व्यक्तिकोमा गएर सामान खरिद गर्दा झन् उसलाई प्रोत्साहन मिल्ने र फाइदा हुने भएपछि जनता भाटभटेनी जान छोडेका छन् । पहिल्यैदेखि भाटभटेनीका सञ्चालक गुरुङले आफ्नो कर्तुत बाहिरिने डरले भाटभटेनीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहालको लगानी रहेको भनी प्रचारप्रसार गर्दै आएको भन्ने कुरा पनि आएका थिए ।
अहिले माओवादीकै अध्यक्ष दाहाल मुलुकको प्रधानमन्त्री भएको समयमा गुरुङलाई समातियो । जनता अहिले भन्छन्, ‘मीनबहादुर गुरुङ माओवादीका रहेनछन् । दाहालको पनि भाटभटेनीमा लगानी रहेको रहेनछ ।’ भाटभटेनीका साहु गुरुङले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट रु.२२ अर्ब ऋण लिएको सुनिन्छ । मुलुकभर सञ्चालित भाटभटेनीमध्ये कति भाटभटेनी सरकारी जग्गामा बनाएको समेत सुनिन्छ । यसरी भाटभटेनीमाथि बैंक तथा वित्तीय संस्थाले गरेको रु.२२ अर्ब कर्जा ऋण बालुवामा पानी हाले झैं भएको छ । भाटभटेनीमा काम गर्ने अधिकांश कामदारहरु अहिले आपूmहरुको जागिर कुन बेला खस्किने भन्ने डरमा छन् ।
देशको सरकारी, गुठी, मठमन्दिर, पाटीपौवालगायतको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्नुमा भाटभटेनीका सञ्चालक गुरुङको मात्र हात छैन । यसमा नेपालकै अर्बपतिको रुपमा चिनिने विनोद चौधरी, उद्योग वाणिज्य महासंघका पूर्णअध्यक्ष शेखर गोल्छा र वर्तमान अध्यक्ष चन्द्र ढकालको पनि हात रहेको सुनिन्छ ।
मुलुकभरको बैंकमाथि २९ जना व्यक्ति तथा व्यापारीको कब्जा छ । उनीहरुले नै सर्वसाधारण जनताले बैंकमा राखेको पैसामा राज गरेका छन् । यति मात्र नभई राज्यलाई राजस्व छलेका छन् त गैरकानूनी काम समेत गर्दै आएका छन् । तीमध्ये एक जना भाटभटेनीका सञ्चालक गुरुङ समातिँदा त अहिले बैंकमा आतंक मच्चिएको छ भने सबै समातिँदा के होला ?
सहकारी भाग्नुको कारण एउटै हो । घरजगगा, गाडी र शेयरमा गरेको लगानी । सहकारीले कृषि, कारखाना, उद्योगलगायतमा कर्जा लगानी नगरी घुसको लोभमा जोखिपूर्ण (घरजग्गा, गाडी र शेयर) क्षेत्रमा लगानी गरे । यसको परिणाम आज देखिएको छ । करोडौं बचतकर्ताको बिचल्ली भएको छ । हजारौं सडकमा उत्रिएका छन् । आन्दोलनमाथि आन्दोलन चलेको छ तर सरकार मौन छ । अब बैंक पनि सहकारीकै अवस्थामा पुग्ने पक्कापक्की भइसकेको छ । त्यसैले बैंकका सञ्चालक, अध्यक्ष र कर्मचारीहरुले पनि भाग्नको लागि झोला ठीक पार्दा पनि हुन्छ ।
हप्ता दिन अघिदेखि सरकारी तथा प्राइभेट बैंकमा पैसा निकाल्नेको लर्को छ । बैंकमा धितो राखेर कर्जा लिएका ऋणीहरुले दुई वर्षदेखि साँवाव्याज तिरेका छैनन् । यता धितो छ ५० लाखको तर लिनु छ करोड । अहिले फेरि बैंकमा सर्वसाधारण जनताले बचत गरेको रकम बैंककै कर्मचारीले चोरेर उल्का छ । बैंकका कर्मचारीदेखि सञ्चालकसम्मै चोर, ठग हुन् भनेर भन्न पनि सर्वसाधारण जनताले अब लाज मान्नु पर्दैन, यस्तो अवस्था आउन थालेको बताइन्छ । आफ्नो खातामा भएको रकम एकपछि अर्को गर्दै हराउन थालेपछि अधिंकाश बचतकर्ताले बचत निकालेका छन् । जनता अब सरकारी तथा निजी बैंकमाथि विश्वास गर्ने छैनन् ।
न आपूmसँग भएको रकम राख्छन् न अरुलाई राख्न दिन्छन् । जनताबाट नांगिएपछि सहकारी एकाएक भाग्नुप¥यो । ३५ हजार बढी सहकारीमा करोडौं बचतकर्ताले राखेको खर्बौ रकम डुब्यो । अब बैंकमा बचत गर्नेहरुको पनि सहकारीकै बचतकर्ताको जस्तो अवस्था हुनेछ । सडकको मान्छे सरकारी जग्गा दर्ता गरी राज्यलाई राजस्व छलेर खर्बपति बने । तर, खर्बपति आज प्रहरी हिरासतमा छन् । लाज नभएको मान्छेलाई आफ्नो र आफ्नो परिवारको इज्जतको के चासो ? यदि इज्जत थियो भने हिजो मीनबहादुरले सरकारी जग्गा दर्ता गर्दैनन् थिए ।
पहिला पहिलाका मानिसहरु भन्थे, ‘गल्ती गरेमा यो जुनिमा नभए पनि अर्को जुनिमा सजाय भोग्नुपर्छ ।’ अहिले त गल्ती गर्नेहरु यही जुनिमा सजायको भागिदार भएका छन् । नेपाल सरकार व्यवसायीहरुलाई उद्योगी भन्छ तर नेपालमा उद्योगी को छ ? यहाँ उद्योगी भनेकाहरु सबै विदेशीबाट सामान आयात गरी राज्यलाई राजस्व छली महंगोमा उपभोक्तालाई बेचेर ठग्छन् । उद्योगी त्यो हो जसले आफ्रनै मुलुकमा सामानको उत्पादन गर्छ । अरुलाई रोजगारी दिन्छ । राज्यलाई राजस्व तिर्छ । मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउँछ ।
यहाँ त उद्योगीको नाममा बिचौलिया, दलाली छन् । जो आफ्नो स्वार्थका लागि राष्ट्रघाती काम गर्दै आएका छन् । मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउनुको त कुरै छोडौं, यिनीहरुले अर्थतन्त्र नै धरायसी बनाइदिएका छन् । एक सहकारीमा एउटै व्यक्तिको २० हजारदेखि २५ करोडसम्म डुबेको छ । यसले सर्वसाधारण जनताले बैंकमा पनि बचत गर्न छोडे । आफूले बचत गरेको रकम बैंकबाट निकाले । सँगै भाटभटेनी पनि यस्तो निस्किएपछि अब बैंक त डुब्नुबाहेक केही विकल्प छैन । बजारमा अब पाँच सय र हजारको नोट हाहाकार हुने छ । मन्दी झनै बढ्नेछ ।
मन्दीका कारण व्यापार व्यवसाय ठप्प हुँदा मुलुकका ६० प्रतिशत सटर, घर, कोठा खाली भएका छन् । अब स्थिति झनै नाजुक हुनेछ । अनि बैंक तथा वित्तीय संस्थाहरु पनि भाग्नेछन् । त्यसैले, आपूmले बैंक तथा वित्तीय संस्थामा राखेको रकम निकालौं किनकि बैंक तथा वित्तीय संस्थामा पैसा राख्नु भनेको जोखिम मौलाउनु हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *