घोषणापत्रः न अजेण्डा, न मुद्दा !

अनुसा थापा भक्तपुर/ चुनाव आउन अब केही दिन मात्र बाँकी छ । चुनावको मिति नजिकिँदै गर्दा राजनीतिक दल र उम्मेदवारहरुले धमाधम आफ्नो घोषणापत्र सार्वजनिक गरिरहेका छन् । अधिकांश राजनीतिक दल र उम्मेदवारको घोषणाहरु उस्तै–उस्तै छ । घोषणापत्र स्वास्थ्य, शिक्षा, रोजगारीलगायत…

सांसदले गर्नुपर्ने काम के हुन् ?

कौशल कुमार भट्टराई यही फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिएको छ । निर्वाचनको बेलामा विभिन्न उम्मेदवारहरु हुनु स्वाभाविक हो । यसैगरी नेपालमा दलीय व्यवस्था रहेकाले धेरै दलबाट धेरैजना उम्मेदवार बन्नु भएको छ । यसैगरी स्वतन्त्र रुपमा समेत उम्मेदवारी…

नागरिक समाजको आवश्यकता तथा महत्व

— गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस(अवकासप्राप्त) नागरिक समाजको बारेमा कुनै ठोस परिभाषा भएको पाइ“दैन । यसका उद्देश्य र कार्यक्षेत्रका आधारमा यसको चिनारी गराइएको पाइन्छ । यसको कार्यक्षेत्र विविध किसिमको हुन्छ । स–साना संघ वा समूहदेखि…

पीडित बचतकर्ता, हुँदैन कतै उजुरी दर्ता !

अनुसा थापा कतिपय सहकारी, लघुवित्त, फाइनेन्स बन्द (कोल्याप्स) भएको वर्षौं बितिसकेको छ । धेरै सहकारी, लघुवित्त, फाइनेन्सका सञ्चालक बचतकर्ताको बचत खाएर भागेका छन् । वर्षौं बितिसक्दा पनि बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका छैनन् । उनीहरु न्याय माग्दै कहिले सहकारी विभाग,…

पूर्वसांसदहरु पुनस्र्थापनाको पक्षमा: सुनुवाइलाई आग्रह, नयाँमा उत्साह

कौशल कुमार भट्टराई भक्तपुर/ आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनको मिति नजिकिँदै गर्दा पूर्वसांसदहरुको सक्रियता भने प्रतिनिधिसभाको पुनस्र्थापनाको पक्षमा देखिएको छ । पुनस्र्थापनाको माग नेकपा (एमाले) ले उठाउँदै आए पनि त्यसमा कांग्रेसका पूर्वसांसदहरु पनि जोडिन पुगेका हुन् । एमालेले…

शेयर बजारमा निर्वाचनको प्रभाव कस्तो रहला ?

रिसव गौतम गत भदौ २३ र २४ को जेनजी आन्दोलन र विद्रोहको पृष्ठभूमिमा आसन्न फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएको छ । प्रतिनिधिसभा विघटन गरी राष्ट्रपतिबाट निर्वाचनको ६ महिने कार्यादेश पाएको वर्तमान सरकारले चुनावको एकलब्बे तयारी गरिरहेको छ ।…

विपन्न समुदायमाथि वित्तीय घात, उनीहरुको नामको कर्जा दुरुपयोग !

रमेश कुमार बोहोरा नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य निक्षेप ७४ खर्ब रुपियाँको हाराहारीमा छ । यो रकम मुलुकको कुल गार्हस्थ उत्पादनभन्दा धरै बढी हो । अहिले चलायमान हुने समय कुरेर २५ खर्बभन्दा बढी रुपियाँ बसिरहेको छ । अथाह निक्षेप…

कुरा खेतीको बोलबाला

डा. छायादत्त न्यौपाने अचेल कति मजाको समय धित मारेर कुरा काट्न पाइन्छ चिया पसल, छतका घाम बगैंचाका सुन्तला र बदामसँग क्या स्वादका कुरा ! यी कुराले जीवनलाई के दिए र दिन्छन् ? यो हेक्का राख्नेले राखून् मलाई चाहिएन म त…

अमृत बेलादेखि कुर्सीमा देखिएको आकृतिसम्म

शोभाराम ओली जनवरी १६, २०२६ शुक्रवार । बिहीबार साँझ निद्रादेवीको काखमा पुग्नुअघि मन असाध्यै चलायमान थियो । कल्याण थापा ज्यूको सुपुत्रीको अन्नप्राशन कार्यक्रमका दृश्यहरू आँखाअघि घुमिरहेका थिए । परदेशमा बसेर पनि आफ्नै संस्कार, आफ्नै माटोको सुवास यति नजिकबाट महसूस गर्न…

एकादेश

डा. राजु अधिकारी एकादेशमा एउटा सानो शहर थियो । शहरको किनारामा एउटा गाउँ थियो । गाउँको किनारामा एउटा खोला थियो । खोलाको किनारामा एउटा जरुवा थियो । जरुवाको किनारामा बेलको एउटा रूख थियो । शहर र गाउँमा मानिस बस्थे, खोला…