कांग्रेसभित्रको संघर्ष, गगनको परीक्षा

कौशल कुमार भट्टराई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहाससँग अभिन्न रूपमा जोडिएको राजनीतिक दल हो नेपाली कांग्रेस । कांग्रेस अहिले फेरि एक पटक गम्भीर आन्तरिक संघर्षको चरणबाट गुज्रिरहेको छ । बाहिरबाट हेर्दा यो सामान्य गुटगत असन्तुष्टिको अवस्था जस्तो देखिए पनि वास्तविकता त्योभन्दा…

संसदमा प्रधानमन्त्री हराएपछि आलोचित

काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीचमै बैठक कक्षबाट बाहिरिएको घटनाले राजनीतिक वृत्तमा व्यापक बहस उत्पन्न गरेको छ । उक्त घटनापछि विपक्षी दलका नेता, संविधानविद्…

गगनले गुट भत्काउने, खड्का र कोइराला ब्यूँताउने

काठमाडौं/ नेपाली काँग्रेसभित्र नेतृत्व परिवर्तनसँगै संगठनात्मक पुनर्संरचना र गुटीय समीकरणको राजनीति फेरि सतहमा आएको छ । सभापति गगन थापाले पार्टीभित्रका परम्परागत गुट–उपगुटलाई कमजोर पार्दै साझा नेतृत्व र संगठनात्मक एकताको सन्देश दिन खोजिरहेका बेला इतरपक्षका नेताहरू भने आफ्ना राजनीतिक आधार पुनः…

दाहालद्वारा सरकारको आलोचना

काठमाडौं/ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारमाथि प्रेस स्वतन्त्रता र श्रमिक अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रयास गर्दै प्रेस क्षेत्र र ट्रेड युनियन संरचनामाथि दबाब सिर्जना…

राज्यसत्ताको अहंकार : पतनतर्फ बालेन सरकार

राजन कुमार चौधरी नेपालको लोकतन्त्रले धेरै संघर्ष पार गरेर अहिलेको गणतान्त्रिक संरचना प्राप्त गरेको हो । जनआन्दोलन, मधेश आन्दोलन, जनयुद्ध र निरन्तर नागरिक प्रतिरोधको मूल्यमा यो व्यवस्था स्थापित भएको हो । यो व्यवस्थामा नागरिकको सम्मान, विधिको शासन र उत्तरदायी शासनको…

आधुनिक नेपालको अधुरो सपना– ट्रली बस

सूर्य जवेगु काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको इतिहासमा “ट्रली बस” केवल एउटा सवारी साधन मात्र थिएन । त्यो आधुनिक नेपालको विकास यात्राको प्रतीक थियो । बिजुलीबाट चल्ने, धुवाँ नफाल्ने र अपेक्षाकृत शान्त सार्वजनिक यातायातका रूपमा ट्रली बस कुनै समय काठमाडौंवासीका लागि…

नेपाल टेलिकमको मुनाफा १० प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीको आय तथा खुद मुनाफा दुवैमा सुधार आएको जनाएको छ । कम्पनीका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म कुल सञ्चालन आय २५ अर्ब ९२…

रोयल टुलिप र नबिल इन्भेष्टमेन्टबीच सम्झौता

ललितपुर/ ललितपुरको ग्वार्कोस्थित पाँचतारे होटल द म्यासिफ होटल प्रा.लि. (रोयल टुलिप काठमाडौं) लाई सर्वसाधारणमा शेयर निष्काशन (आईपीओ) गर्ने तयारी थालिएको छ । यसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र द म्यासिफ होटल प्रा.लि.बीच संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता सम्पन्न भएको छ…

अन्तर्राष्ट्रिय नर्सिङ डेमा भावुक प्रस्तुति

काठमाडौं/ अस्पतालका आकस्मिक कक्षमा रातभर बिरामीको जीवन जोगाउन खटिने सेतो कोटधारी हातहरू बाहिरबाट जति शान्त देखिन्छन्, भित्र त्यति नै संघर्ष, थकान र पीडाको बोझ बोकेका हुन्छन् । यही अदृश्य यथार्थलाई मञ्चमा उतार्दै मंगलबार नेपाल मेडिकल कलेजको सभाहलमा प्रस्तुत गरिएको नाटकले…

संसदले खोजेका प्रधानमन्त्री सिंहदरबारमा : रास्वपा समस्यामा, विपक्षीहरू विरोधमा

भक्तपुर/ प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिनाभन्दा बढी समय बितिसक्दा पनि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संघीय संसदमा औपचारिक रूपमा आफ्नो धारणा प्रस्तुत नगरेपछि राजनीतिक वृत्तमा बहस तीव्र बनेको छ । २०८२ चैत १३ गते प्रधानमन्त्रीको शपथ लिएर कार्यभार सम्हालेका शाहले…