काठमाडौं/ राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व पाएपछि राप्रपामा प्रवेशको लहर चलेको छ । राष्ट्रवादी धारलाई समाएका लिङ्देनका कारण सो दलमा आकर्षण बढेको हो । बूढाहरुको दल भनी चिनिदैं आएको राप्रपामा युवापुस्ताका लिङ्देन नेतृत्वमा आएपछि सबैको ध्यान आकृष्ट भएको थियो…
