गगन ‘संवाद यात्रा’ मा

ललितपुर/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः शुरु गरेका छन् । गत माघ २३ मा स्थगित गरिएको संवाद यात्रा नवलपरासीको सूर्यपुरास्थित प्रतापपुर गुठीबाट उनले बुधबारबाट पुनः शुरु गरेका हुन् । माघ १३ बाट झापाबाट शुरु भएको उनको ‘संवाद…

जापान नेपाल सम्बन्धबारे राजदूत सुवेदी

जापान/ जापानमा रहेको नेपाली समाजले नेपाल–जापान सम्बन्ध विस्तारमा पु¥याउँदै आएको योगदान उदाहरणीय रहेको बताइएको छ । जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी (दुबसु) ले सो कुरा बताएका हुन् । दुई देशबीचको सम्बन्ध विस्तारमा जापानस्थित नेपाली समाजले हासिल गरेको उचाईबाट जापान…

गिरिजालाई सम्झिए कांग्रेसजनले

काठमाडौं / पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवस बुधबार मनाइएको छ । यहाँको माइतीघर मण्डलामा दीप प्रज्वलन गरी उनको स्मृति कांग्रेसजनले गरेका हुन् । उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर…

पत्रकार महासंघ महाधिवेशनमा

काठमाडौं/ नेपाल पत्रकार महासंघ केन्द्रीय महाधिवेशनको तयारीमा जुटेको छ । आगामी बैशाख २१ गते लुम्बिनीमा महासंघको महाधिवेशन गर्ने निर्णय भएपछि तयारी थालिएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशनहरु चैत मसान्तसम्ममा सम्पन्न गरिसक्ने…

गोलचक्करमा सत्ता समीकरण : सरकार बचाउमा, कांग्रेस आक्रामक

  भक्तपुर/ फागुन २१ गते सत्ता समीकरणलाई अचानक परिवर्तन गरी नयाँ समीकरण बनाएका प्रधानमन्त्री पुष्पकमल दाहालका कारण सत्ता समीकरण गोलचक्करमा परेको छ । आफूखुशी जता पनि पल्टिने स्वभाव देखाएका कारण प्रधानमन्त्री दाहाल स्वयम् गोलचक्करमा फसेका छन् । सत्ता टिकाउनका लागि…

को को बने मन्त्री ?

काठमाडौँ/ नयाँ सत्ता गठबन्धनका तर्फबाट नियुक्त भएका १६ मन्त्रीहरुले बुधबार शपथग्रहण तथा पदबहाली गरेका छन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका थिए । २० सदस्यीय मन्त्रिमण्डलमा प्रधानमन्त्री पुष्पकमल दाहाल छन् । उनीसँगै तीनजनाले सोमबार नै शपथ…

भट्टराईको कटाक्ष दाहाललाई

ललितपुर/ पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पककमल दाहालमाथि कटाक्ष गरेका छन् । उनले दाहालले आफ्नो आधारभूत सोच र कार्यशैलीप्रति पटक्कै ध्यान नदिएको आरोप पनि लगाएका छन् । भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्– ‘धूल चेहरे पर…

कोशीमा कार्की ढुक्क, मधेशमा अन्यौल

विराटनगर/ संघको सत्ता गठबन्धनमा अचानक फेरबदल आएसँगै कोशी प्रदेशमा सरकार परिवर्तनको कुरालाई प्राथमिकतामा राखी चर्चा चलाउन थालिएको छ । संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार फेर्ने कसरत थालिए पनि मुख्यमन्त्री कार्की भने आफ्नो…

गठबन्धन भत्किनुमा बीआरआई

काठमाडौं/ सरकार समीकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले फेर बदल गर्नुमा चिनियाँ परियोजना (बीआरआई) का विषयमा विवाद हुनु कारक रहेको नेपाली कांग्रेसको ठम्याइ रहेको छ । कम्युनिष्टहरुलाई काखी च्याप्दै आएको चीनले बीआरआईलाई ऋणका रूपमा लिन भनेको तथा त्यसका प्रधानमन्त्री दाहाल सहमत हुँदा…

देउवा विकल्पको खोजीमा

ललितपुर/ प्रधानमन्त्री पुष्पकमल दाहालले अप्रत्यासित रुपमा नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोडेपछि कांग्रेसका सभापति शेरबहादुर देउवा पनि विकल्पको खोजीमा लागेका छन् । उनले नयाँ गठबन्धन बाहिर रहेका साना दलका नेताहरुसँग छलफल गरी नयाँ विकल्पको तयारीमा लागेका हुन् । प्रधानमन्त्री दाहालले गठबन्धन…