Blog

बेलायतमा एनआरएनको विरोध

काठमाडौंं/ गैर आवासीय नेपाली नागरिक (एनआरएन) लाई निःशुल्क प्रवेशाज्ञा (भिजा) दिने नेपाल सरकारको प्रस्तावको विरोध भएको छ । एनआरएन नेताहरु र अभियन्ताहरुले यसको कडा विरोध गरेका हुन् । बेलायतको लण्डनमा कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने…

गैआनेले कम्पनी खोल्न पाउने

काठमाडौं/ गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न पाउने भएका छन् । मन्त्रिपरिषद बैठकले गैरआवासी नेपालीले नेपालमा कम्पनी खोल्न सक्ने कानूनी व्यवस्था गरेको हो । गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको सम्पत्ति नेपालमा लगानी गर्न यसअघि कानूनी जटिलता रहेको कुरालाई…

मसलन्द उद्योग संघमा शाह

काठमाडौं/ नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ । चौथो राष्ट्रिय अधिवेशन समेत गरिएको अवसर पारेर विजेन्द्र विक्रम शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । अधिवेशनले नौजना पदाधिकारी…

संसारीदेवी विद्यालयमा कम्युटर प्रयोगशाला

काभ्रेपलाञ्चोक/ काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ जोरसल्लास्थित संसारीदेवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरिएको छ । अमेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’ को सहयोगमा १५ वटा कम्प्युटर सहितको प्रयोगशाला स्थापना गरिएको हो । यसैगरी पाँचवटा स्मार्ट टिभी, स्मार्टबोर्ड, ल्यापटप, प्रोजेक्टर, फोटोकपी मेसिन तथा…

त्रिदेशीय महिला क्रिकेट हुने

काठमाडौं/ नेपालको आयोजनामा आगामी जनवरी ३० अर्थात आगामी माघ १७ गतेदेखि त्रिदेशीय महिला टी २० आई श्रृंखला हुने भएको छ । माघ २५ गतेसम्म चल्ने उक्त श्रृंखलामा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।…

नागरिकता विधेयक र नागरिकको चासो

सम्पादकीय सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने निर्णय गरेको छ । विधेयकमा विभिन्न कारणले बाबुको पहिचान नखुलेका सन्तानलाई नागरिकता दिने व्यवस्थाहरु प्रस्ताव गरिएको छ । नागरिकतासम्बन्धी संशोधन विधेयकमा मुख्यतया तीनवटा व्यवस्थाहरु गरिएको छ । पहिलो कुनै सन्तानको कुनै…

विद्यालय जाने बालबालिकामा ‘स्क्रीन समय’को प्रभाव

खिम लामिछाने काजी आजको डिजिटल युगमा मोबाइल फोन, ट्याब्लेट, आइप्याड, प्लेस्टेशन, कम्प्युटर, र टेलिभिजन जस्ता स्क्रीनको प्रयोग सामान्य हो । यसले बालबालिकाहरूको जीवनमा गहिरो प्रभाव पारिरहेको छ । विशेषगरी विद्यालय जाने बालबालिकामा, धेरै समय स्क्रीनमा बिताउने चलन बढ्दो छ ।…

कथा: कालो धन

यम रेग्मी महिनाभरिको पतिपत्नीले भ्रष्टाचार गरेर कमाएको पैसाको चाङ पति घनश्याम गन्दै थिए । यसै क्रममा राधा मधुर श्वरलेले बोलिन्, “ए हजुर सुन्नुहोस् त ?” “के मैयाँ ?” घनश्याम लाखको गड्डी गन्दै बोले । राधा लाखको गड्डीले हाते पङ्खा हल्लाएझैँ…

कविताः बिसे

भागवत् खनाल बिसे बिसे ! कसैले बोलायो सबेरै आँखा मिच्दै निस्क्यो बिसे अहो राजा पो ! सानो गुन्द्री बिछ्यायो राज होस् राजा ! आँखा रसायो बिसे मैले चन्द्रागिरीमा सपना देखें मैले सपना देखें बिसे ! मनकामनाका वरदहस्त मेरो मस्तकमा थपक्क…

सहकारी पीडितको पक्षमा कसले बोलिदिने ?

अनुसा थापा ‘देखाउने दाँत एउटा, चपाउने अर्को’ नेपालीमा प्रचलित उखान हो यो । पछिल्लो समय यो उखान ठ्याक्कै सरकारको गतिविधिसँग मेल खान थालेको छ । पीडितलाई न्याय दिनभन्दा पनि सरकार आफ्नो कमाउधन्दामा लागेको छ । सहकारी ठगीको आरोपमा समातिएकाहरुलाई अदालतले…