ललितपुर/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेको समाचार स्रोतले बताएको छ । संसद्मा बजेटमाथिको छलफल सकिएपछि र बजेट पारित भएपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने भएका छन् ।…
Category: मुख्य समाचार
महामन्त्री थापाको ११ बुँदे निर्देशन
ललितपुर/ नेपाली कांगेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसबाट निर्वाचित पालिकाका प्रमुख–उपप्रमुखलाई ११ बुँदे निर्देशन दिएका छन् । उनले दलसँग समन्वय गरेर वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न निर्देशन दिएका हुन् । कांग्रेसको स्थानीय कार्य समितिबाट जनप्रतिनिधिले समन्वय नगरेको गुनासोपछि महामन्त्री…
सरकार ढाल्न सत्तारुढहरु नै सक्रिय
मुख्य समाचार कौशल कुमार भट्टराई भक्तपुर÷ वर्तमान सरकार ढाल्नका लागि सत्तारुढ दल तथा ती दलका नेताहरु नै सक्रिय रहेका पाइएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल नै सरकारको विकल्प खोज्न लागिपरेको समाचार स्रोतले ‘नयाँ…
काठमाडौं एमालेमा निरौला
काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाडौं जिल्ला अध्यक्षमा दीपक निरौला फेरि पनि निर्वाचित भएक छन् । उनले तीन सय ७० मत पाएर निर्वाचित भएका हुन् । उनले निर्मल देउलालाई पराजित गरेका हुन् । एक सय ९१ मत प्राप्त गरेको…
रावलको निशानामा रास्वपा
ललितपुर/ नेकपा (एमाले) का अध्यक्षको नजरमा ‘तिरस्कृत नेता’ को छवि बनाइएका भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुमाथि गम्भीर आरोप लगाएका छन् । पूर्वगृहमन्त्री समेत रहेका रावलले वर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र शिक्षामन्त्री सुमना श्रेष्ठमाथि गम्भीर आरोप…
पत्रकार महासंघको निर्वाचन धकेलियो
काठमाडौं/ नेपाल पत्रकार महासंघ सदस्यता विवादमा अल्झिएका कारण अर्को कार्यकालका लागि हुनुपर्ने निर्वाचन अनिश्चित बनेको छ । गत बैशाख ५ गते भित्रै हुनुपर्ने निर्वाचन नहुने अवस्थामा जेठ २६ गतेलाई महाधिवेशनको मिति तोकिएको थियो । उक्त मितिमा पनि महासंघको निर्वाचन नभएपछि…
जसपा नेपालमा तीव्र प्रतिस्पर्धा
जनकपुरधाम/ दल विभाजनको विषयलाई लिएर अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल महाधिवेशनमा होमिएको छ । सो दलको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भए पनि अन्य पदका लागि निर्वाचन हुने अवस्था आएको छ । सहअध्यक्षका लागि तीन जनाको…
अलमलमा प्रधानमन्त्री: अदालतमा भार, बजेटमा समस्या
मुख्य समाचार भक्तपुर/ सत्तासमीकरणका चालकका रुपमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल अलमलमा देखिएका छन् । सत्तासमीकरणलाई सहज रुपमा हाँक्न नसकेका दाहाल चौतर्फी दबाबमा परेकाले अलमलमा देखिएका हुन् । नेपाली कांग्रेससहितको सहज रुपमा चलिरहेको समीकरण फेरेर ‘के के गर्छु’ भन्दै नेकपा (एमाले)…
भारतमा मोदीलाई झड्का, सशक्त विपक्षी
नयाँ विमर्श संवाददाता नयाँ दिल्ली/ सात चरणमा गरिएको भारतीय लोकसभाको निर्वाचन सम्पन्न भएको छ । गत बुधबार जुन ५–२०२४ (२०८१ जेठ २३) मा ५४३ वटै क्षेत्रको मतगणना सम्पन्न भएको भारतीय अखबार र टिभी च्यानल आजतक, जी न्यूज आदिले बताएका छन्…
गठन–विघटनमै रमाउँदै सरकार
मुख्य समाचार प्रदेशमा झनै अस्थिरता जनसरोकारमा छैन चासो भक्तपुर/ संघ तथा प्रदेशको निर्वाचन भएको दुई वर्ष नाघिसक्दा पनि संघदेखि प्रदेशसम्मका सरकारहरु गठन–विघटनमै केन्द्रित देखिएका छन् । राजनीतिक दलहरुको मुख्य दिनचर्या भनेकै कहाँ सरकार बनाउने वा कसरी ढाल्ने भन्ने कुरामै केन्द्रित…