विपीन जोशीको रिहाइमा ढिलाइ

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय

इजरायलमा बन्दक अवस्थामा रहेका नेपालको कञ्चनपुरका विपीन जोशी सम्पर्कविहीन बनेको तीन महिना पूरा भएको छ । ‘अर्न एन्ड लर्न’ कार्यक्रमका इजरायल पुगेका जोशी ७ अक्टोबर २०२३ मा इजरायल गाजासीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा सम्पर्कविहीन बनेका थिए । सो आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको तथा चारजना घाइते भएका थिए । जोशीलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो । उनको अवस्था अझै अज्ञात छ । उनको रिहाइका लागि नेपाल सरकारले इजरायलसँगै कतार र इजिप्टसँग समेत कूटनीतिक पहल गर्दै आएको छ तर पनि उनको रिहाइ हुन नसकेको भनी परराष्ट्र मन्त्रालयले जनाउँदै आएको छ ।

परराष्ट्रमन्त्री नारायण प्रकाश (एन.पी.) साउद उनको रिहाइका लागि पहल गर्न कतार पुगेका थिए । त्यहाँका राजा तथा प्रधानमन्त्रीसँग जोशीको रिहाइका लागि पहल गरिदिन उनले अनुरोध गरेका थिए । नेपालले उनको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायसँग गुहार माग्दै आएको छ । जोशीको विषयलाई नेपाल सरकारले ओझेलमा राखेको भनी उनको रिहाइको लागि माग गर्दै हालै प्रदर्शनी पनि भएको थियो । जोशीका परिवारजन अहिले पनि रातमा निदाउन नसकेको अवस्था छ । यसबीचमा हमासले केही बन्धकहरुलाई रिहा गरे पनि त्यो सूचीमा विपीनको नाम आएको थिएन । अझै पनि इजरायलमा आन्तरिक युद्धको अवस्था रहेका कारण उनी लगायतका बन्धकहरुको विषय अज्ञात रहँदै आएको छ ।

उनी बन्दक बनेको यत्तिका महिना बित्दा समेत नेपाल सरकारले उनलाई छुटाई नेपाल फर्काउन नसक्दा वर्तमान सरकार अक्षम देखिएको अवस्था आएको छ । उनलाई छुटाउनका लागि परराष्ट्रमन्त्री साउदले पहलकदमी गरे पनि त्यसले सार्थकता नपाएको अवस्था देखिन्छ । यसैगरी इजरायलमा रहेको नेपाली राजदूतावासका कर्मचारीहरुले समेत यो विषयमा खासै सफलता पाउन नसकेको स्थिति छ । हमासले बन्धक बनाएका विदेशी नागरिकको हकमा हमासले पनि सोच्नुपर्ने हो । उनीहरुको आन्तरिक विवादमा विदेशीलाई बन्धक बनाइनु कदापि न्योयोचित होइन । यसैगरी अन्तर्राष्ट्रिय समुदायले समेत विदेशी बन्धकहरुलाई छोड्न आग्रह गरिरहेको अवस्थामा उनीहरुले त्यसलाई मतलब नगर्दा अवस्था झनै नराम्रो बन्दै गएको छ । विपीन जोशीले त्यो आक्रमणका बेलामा आप्mना साथीहरुको ज्यान जोगाउन आफूलाई खतरामा पारेका थिए । उनी आपूm बन्धक भएर पनि अरुको ज्यान जोगाउन सफल भएका भनी त्यो बेलामा आक्रमणमा परेका उनका साथीहरुले बताएका थिए । यसरी आफ्नो ज्यान जोखिममा राखी अरुको भलोका लागि कार्य गरेका विपीन जोशीप्रति हमास झनै रुष्ठ भएको हुनसक्छ ।

त्यसैले हालको अवस्थामा नेपाल सरकार खासगरी परराष्ट्र मन्त्रालयकका कर्मचारी तथा परराष्ट्रमन्त्रीले यो विषयलाई गम्भीरताका साथ लिई आवश्यक कार्य तत्कालै गर्नुपर्ने देखिन्छ । हमाससँग छुट्टै वार्ता गरेर भए पनि नेपाल सरकारले विपीन जोशीको उद्धारका लागि आवश्यक कार्य तत्कालै गरिहाल्नुपर्ने अवस्था छ । दिन जति पर सर्दै जान्छ उत्ति नै समस्या बढ्ने खतरा रहन्छ । त्यसैले पनि यो विषयलाई नेपाल सरकारले प्राथमिकतामा राखी विपीन जोशीको उद्धारका लागि लागि परी जोशी परिवारको घाउमा मल्हम लगाउनु पर्ने आवश्यकता हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *