Blog

श्रेष्ठले लायन्स दिए उम्मेदवारी

दोलखा/ लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एल’ को लायन वर्ष २०२४–२५ का लागि सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा उम्मेदवारी परेको छ । सो पदका लागि दोलखाका समाजसेवी एवं व्यवसायी मनकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । यहि बैशाख २२ गते पोखरामा…

राजदूत सुवेदी इटालीमा

भक्तपुर/ इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले इटालीका राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । त्यसलाई ग्रहण गर्दै राष्ट्रपति सेर्गियो माटारेलाले इटाली र नेपालबीचको सुमधुर सम्बन्धबारे चर्चा गरेका थिए । उनले दुवै मुलुकबीच आर्थिक तथा जनस्तरको सम्बन्ध विस्तारमा…

हुलाकी सडकका मूल ‘रेड जोन’ मा

काठमाडौं/ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले गत हप्ता अस्वाभाविक ढंगले चारजना प्राविधिक सहसचिव (सुई) हरुको सरुवा गरेपछि सुइहरुको मुटुमा ढ्याँग्रो ठोकेको छ । सरुवा भएका सुइहरुमा मदन भण्डारी सडक आयोजनाका प्रमुख बेलबहादुर भुजेल–मन्त्रालयको जलमार्ग महाशाखा, उक्त महाशाखाका दीप बराही…

अर्थसचिवमा मधु, कृष्णहरि बाहिरिए

काठमाडौं/ गत बैशाख १० गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव मरासिनीलाई गत २०८० असोज १५ गते विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा…

गठबन्धन लर्खराएको नेपालको स्पष्टोक्ति

काठमाडौ/ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान पाँच दलीय गठबन्धनको सत्ता लर्खराउन थालेकोले आशंका व्यक्त गरेका छन् । पाँचदलीय गठबन्धनमा नेकपा (एमाले) अध्यक्ष खड्गप्रसाद शर्मा ओली हावी भएकाले र एकलौटी गर्दै अघि बढेकाले अध्यक्ष नेपालले गठबन्धन लामो समय…

काँग्रेस–एमाले सरकार बनाउन कसरत

काठमाडौं/ गत २०८० फागुन २१ गते सत्ता–समीकरण फेरिएर बनेको पाँच दलीय गठबन्धनको सरकार दुई महिना नपुग्दै धरापमा पर्ने सम्भावना बढेर गएको छ । नयाँ समीकरणका लागि नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कसरत भैरहेको राजनीतिक वृत्तमा चर्चा चलेको…

जर्मनीमा रन्जुको चित्रकला प्रदर्शनी

भक्तपुर/ मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्टमा शनिबार सम्पन्न भएको छ । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा छिन् । उनले युरोपका जम्मा चारवटा देशको भ्रमण…

गौतम बुद्ध अवार्डको ग्राण्ड फिनाले सम्पन्न

काठमाडौँ/ गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड–२०२४ को ग्राण्ड फिनाले शनिबार सम्पन्न भएको छ । ‘अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन, मौलिक गीत संगीतको संरक्षण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ बि.एस.के.एक्टिभ नेपाल प्रोडक्सन प्रा.लि.ले सो फिनाले आयोजना गरेको थियो । प्रतिनिधिसभाका…

सरकारी धनमा कर्मचारीको मोज

अनुसा थापा बैशाख लागेसँगै विवाह, ब्रतबन्धलगायतका शुभकार्य गर्ने क्रम ह्वात्तै बढेको छ । यस्ता कार्यक्रमको आयोजना गर्न पार्टी प्यालेसलाई भ्याइनभ्याइ हुन्छ । सरकारी कर्मचारीहरु पनि परिवारसहित कार्यक्रममा उपस्थित हुन्छन् । रोचक कुरा त के भने, उनीहरु सरकारी गाडी लिएरै कार्यक्रममा…