‘रेड जोन’ मा अर्थ र गृह सचिव

काठमाडौं/ व्यक्तिगत स्वार्थमा रमाउन र कमाउन खप्पिस विवादास्पद पृष्ठभूमिका सचिव कृष्णहरी कर्ण पुस्कर साढे पाँच महिनामै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । सचिव पुष्करलाई तात्कालिन मन्त्री अमनलाल मोदीले सरुवामा असुली गर्न सहजताका लागि ल्याएका…

महरा अनुसन्धानका लागि थुनामा

काठमाडौँ/ जिल्ला अदालत काठमाडौँले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुरुमा अदालतबाट पाँच दिनको म्याद पाएको हो…

कोशी प्रदेशमा के होला ?

काठमाडौं/ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आफूले लिएको विश्वासको मत संविधान अनुसार नै भएको जिकिर गरेका छन् । उनले सर्वोच्च अदालतमा जवाफ पेश गर्दै उनले त्यस्तो जिकिर लिएका हुन् । यो विषयमा आज शुक्रबार सर्वोच्च अदालतमा अदालती प्रक्रिया चल्ने भएकाले…

विश्वेश्वरको सम्झनाका महोत्सव

ललितपुर/ नेपाली कांग्रेसले संस्थापक नेता बी.पी. कोइराला (साहित्यमा चलेको नाम– विश्वेश्वरप्रसाद कोइराला) को जन्मजयन्तीको अवसर पारेर साहित्यिक महोत्वस गर्ने भएको छ । बी.पी. साहित्य महोत्सव, २०८० नाम दिइएको सो महोत्सव कोइरालाको भदौ २४ गते परेको एक सय १०औँ जन्मजयन्तीको अवसर…

अलमलमा सरकार

मुख्य समाचार भक्तपुर/ वर्तमान सरकार अलमलमा देखिएको छ । यसरी अलमलमा पर्नुमा मुख्य कारणमा सरकारले खोलेका विभिन्न काण्डका फाइलहरुको अन्त्य कसरी होला भन्ने हो । यसैगरी काण्डैकाण्डका कारण त्यसमा पक्राउ पर्ने तथा पोलिने मानिसहरुका कारण पनि सरकार समस्यामा पर्दै गएको…

नारायणकाजीको मुकुडो छताछुल्ल हुँदै

काठमाडौं/ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आफ्नो पार्टीका नेतालाई बचाउने र अरुलाई फसाउने रणनीति हावा खाने भएको छ । एक क्वीन्टल सुन तस्तरी प्रकरणमा राजश्व अनुसन्धान विभागले २० दिनपछि केन्द्रीय अनुसन्धान व्यूरोलाई बुझाएको थियो । उक्त मुद्दाप्रति सही अनुसन्धान नहुने…

भ्रष्टाचारका फाइल बन्द हुने खतरा

काठमाडौं/ नक्कली भुटानी शरणार्थी प्रकरणमा केहीलाई बाहेक अन्य नाम मुछिएका हाई–प्रोफाइलवालाहरुलाई सामसुम पार्ने रणनीतिमा सरकार लागेको जानकारहरुले बताएका छन् । डा. आरजु राणा र मञ्जु खाँणको चर्चा अहिले सेलाएको छ । काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र एमाले सचिव…

काँग्रेसको भदौ १०–२४ को कार्यक्रम स्थगित

ललितपुर/ नेपाली काँग्रेसले सञ्चालन गर्न लागेको ‘समुदायमा काँग्रेस’ कार्यक्रम स्थगित गरेको छ । यसअघि श्रावण २० गतेदेखि २० गतेसम्म देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको थियो । वर्षामास र खेतीपातीको समय भएकाले पहिलो चरणको…

सहरी विकास मन्त्रालयमा सचिवको असुली धन्दा

काठमाडौं/ अवकाश हुने चारपाँच महिना बाँकी हुँदा कमाउनकै लागि सहरी विकास मन्त्रालयमा वालुवाटारको शक्ति प्रयोग गरेर सरुवा भएका थिए सचिव रविन्द्रनाथ श्रेष्ठ । श्रेष्ठ आगामी असोज ११ गते अर्थात् अबको ३२–३३ दिनपछि अनिवार्य अवकाश हुँदैछन् । विदा कटाउँदा सचिव श्रेष्ठले…