काठमाडौं/ नेकपा (एकीकृत समाजवादी) को दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा सो दलको नेतृत्व हत्याउनका लागि नेताहरुले आफ्नो सक्रियता बढाएका छन् । अध्यक्षमा माधवकुमार नेपाल आफैं दोहोरिन चाहिरहेका छन् भने उनलाई रोक्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल र हालका महासचिव घनश्याम भूसाल लागि परेका…
