काठमाडौं/ गंगा सोनामले लोकप्रिय गायन रियालिटी शो नेपाल आइडलको छैटौं सिजनको उपाधि जितेकी छिन् । राजधानीमा आइतबार सम्पन्न ग्राण्ड फिनालेमा उनी अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै विजेता घोषित भएकी हुन् । उनले नगद २५ लाख रुपियाँसहितको ट्रफी प्राप्त गरिन् ।…
