आजदेखि अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं/ नेपालमा आजदेखि अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन शुरु हुने भएको छ । भोलि शनिबारसम्म चल्ने यो सम्मेलनमा विभिन्न देशबाट ३१ जना विदेशी साहित्यकारहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको आयोजनामा हुन गैरहेको यो…

गृहसचिवमा दुवाडी, काठमाडौंको प्रजिअमा आचार्य

काठमाडौं/ गत भाद्र २० गतेको मन्त्रिपरिषद् बैठकले रिक्त गृहमन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडीलाई सरुवा गरेको छ । सचिव दुवाडीले भाद्र २३ गते पदभार ग्रहण गरेका छन् । गृहमन्त्रालयका सचिव एकनारायण अर्याल मुख्य सचिवमा बुढुवा भएपछि गृहमन्त्रालयको सचिव पद रिक्त बन्न पुगेको…

चाडपर्व नजिकिँदै भौतिक मन्त्रीको अग्निी परीक्षा

काठमाडौं/ नेपालीहरुको महान चाड दशैं, तिहार र छठपर्व नजिकिँदै छ । दशैं आउन एक महिना पनि छैन । दशैं तिहारमा करिव २५–३० लाख मानिसले राजधानी छाडी आफ्नो घर फर्कदैछन् । यस्तो अवस्थामा राजधानीबाट बाहिरिने मुख्य सडक नागढुंगादेखि मुग्लिन सम्मको ९४…

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुने

काठमाडौं/ हिमाल मल्टिमिडिया प्रा.लि.द्वारा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुने भएको छ । पछिल्लो समय विकराल बन्दै गएको वैदेशिक शिक्षाका विभिन्न पाटोमा केन्द्रित रहेर विचार विमर्श तथा छलफल गर्ने उद्देश्य कार्यक्रमको रहेको छ । आउँदो असोज ५ गते शनिवार…

अन्तर्राष्ट्रिय विद्यार्थीका अभिभावकहरुको संस्था

काठमाडौं/ विदेशमा अध्ययनका लागि गएका नेपाली विद्यार्थी (इन्टरनेशनल स्टुडेन्ट्स्) हरुका अभिभावकहरुलाई समेट्ने गरी संस्था (कम्पनी) दर्ता भएको छ । विश्वका विभिन्न देशमा अध्ययनरत नेपाली विद्यार्थीहरुका अभिभावकहरुलाई समेट्ने गरी इन्टरनेशनल स्टुडेन्ट्स् प्यारेन्ट वेलफेयर सेन्टर नेपाल नामक संस्था दर्ता गरिएको हो ।…

सुजुकीको चाडबाड योजना

काठमाडौं/सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयातकर्ता तथा विक्रेताले चाडबाड अफर ल्याएको छ । नेपालको लागि आधिकारिक आयातकर्ता एवम् विक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले आफ्ना ग्राहाकवर्गहरुको लागि मध्यनजर गर्दै आफ्नो मोटरसाइकल तथा स्कुटरको खरिदमा दशै, तिहार, नेपाल सम्बत ११४५ तथा…

हिमालय क्षेत्रमा अन्तर्राष्ट्रिय सेमिनार हुने

काठमाडौं/ जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा तीन दिने अन्तर्राष्ट्रिय सेमिनार आज शुक्रबारदेखि हुने भएको छ । भदौ २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका बारेमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।…

सिग्देल प्रधान सेनापति

काठमाडौँ/ प्रधान सेनापति बनेका अशोकराज सिग्देलले पदबहाली गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा सोमबार उनले पदबहाली गरेका हुन् । सैनिक परम्पराअनुसार नवनियुक्त प्रधान सेनापति महारथी सिग्देललाई नेपाली सेनाकोे एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । यस्तो गारत अर्पणको…

संवैधानिक परिषदको बैठक आज

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसको बारेमा छलफल गर्न संवैधानिक परिषदको बैठक शुक्रबार बोलाइएको छ । गएको बुधबारकालागि बोलाइएको उक्त बैठक आजका लागि सारिएको हो । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि परिषदको बैठक डाकिएको बताइएको छ । प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि…

पिआइडीमा चौधरी

काठमाडौंं/ खानेपानी मन्त्रालयले गत भदौको दोश्रो साता पाँचजना प्राविधिक सहसचिवहरुको सरुवा गरेको छ । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयस्तरको सरुवामा दुइजना प्रा.सहसचिवहरुलाई मन्त्रालयको करिडोरमा राखेर अन्य चारजनालाई पदस्थापन गरेका छन् । मन्त्री यादवले यसअघि गरेको सरुवामा खानेपानी तथा ढल व्यवस्थापन विभागका…