अर्थमन्त्रीको ‘राष्ट्रघात’ मा साथ दिने मतियारहरु

भक्तपुर/ अर्थतन्त्रको बारेमा शून्य ज्ञान भएका अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा तानिएका छन् । आ.व.२०७९/८० को बजेट निर्माणको अन्तिम दिन जेठ १४ गते राति अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति अर्थात् अवकाशप्राप्त नायव सुब्बा रघुनाथ घिमिरे र अर्का एक चार्टर्ड एकाउन्टेन्टलाई प्रवेश गराएको…

महामन्त्री थापाले दिए छ मन्त्र

काठमाडौं/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि छवटा मन्त्र दिएका छन् । उनले शहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले काठमाडौं महानगरभित्रको फोहोर विसर्जनमा लिएको पहलकदमीको प्रशंसा गर्दै आफ्ना मन्त्रहरु…

जि.स.स.कसले जिते ?

भक्तपुर/ स्थानीय निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै पछिल्लो समयमा जिल्ला समन्वय समितिको निर्वाचनहरु भइरहेका समाचारहरु प्राप्त भैरहेका छन् । कतिपय जिल्लाले आफ्नो निर्वाचन सम्पन्न गराएका छन् भने कतिपयले गराउने तयारी गरिरहेका छन् । यसक्रममा सुनसरीमा जि.स.स.को निर्वाचन सम्पन्न भएको छ ।…

बौलाको डायरी माथि परिचर्चा

बोस्टन, अमेरिका/ महेश्वर पन्तको उपन्यास ‘बौलाको डायरी’ माथि परिचर्चा कार्यक्रम आयोजना गरिएको छ । अमेरिकाको बोस्टनमा आयोजित कार्यक्रममा कृतिका बारेमा नारायण श्रेष्ठ, हरि काफ्ले , गोवद्र्धन पूजा, थानिरत्न कँडेल,, अनु शाह, माधव उप्रेती, प्रकाश खड्कालगायतले मन्तव्य राखेका थिए । अनेसास…

बजेट पारितसँगै मन्त्रिमण्डल पुनर्गठनलाई दबाब : ओली खेल्दै देउवा झेल्दै

कौशलकुमार भट्टराई भक्तपुर/ बजेटमाथिको छलफल सकिनासाथ मन्त्रिमण्डल पुनर्गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब परेको छ । देउवालाई बजेटमाथिको छलफल चलिरहेकै बेला मन्त्रिपरिषद् पुनर्गठन गर्न दबाब परे पनि त्यसलाई उनले मानेका थिएनन् । सत्ता गठबन्धनमा आवद्ध नेकपा (एकीकृत समाजवादी) र जनता…

निधिले नाक जोगाए, सिंहको राजनीति संकटमा

काठमाडौँ l २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसका नेताहरुले आफ्नो गृहनगरको वडा सुरक्षित राख्न सकेनन् । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको दल डडेलधुराको गृहवडा गन्यापधुरा—१ मा पराजित हुन पुग्यो । काँग्रेस महामन्त्रीद्वय गगनकुमा थापा र…

जनतालाई महंगी उपहार

भक्तपुर l सरकारमा रहेको गठबन्धन सरकारलाई जनताले स्थानीय निर्वाचनमा हैसियतअनुसार मत दिएका छन् । जनताको प्राप्त अभिमतले नेपाली काँग्रेसले बहुमत पाई ठूलो दल र नेकपा (माओवादी केन्द्र) तेस्रो, जसपा चौथो र नेकपा (एकीकृत समाजवादी) पाँचौँ दल बन्न पुगेका छन् ।…

काठमाडौँको प्रमुखमा कम मत ल्याउनेहरु

काठमाडौँ l स्थानीय तहको निर्वाचन गत बैशाख ३० गते सम्पन्न भएको छ । काठमाडौँ र अरु एकाध ठाउँबाहेक सबैको परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचनको परिणामअनुसार काँग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो, नेकपा (माओवादी केन्द्र) तेस्रो, जनता समाजवादी चौथो, नेकपा (एकीकृत…

पर्यटन मन्त्रीद्वारा अधिकारीद्वय माथि भेदभाव

काठमाडौँ l  पर्यटन तथा नागरिक उयन मन्त्रालयअन्तर्गत दुईजना अधिकारी अध्यक्ष तथा महानिर्देशक पदमा आसीन छन् । जसमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नागरिक उयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी । कर्मचारीहरुलाई तर्साएर र धम्काएर चर्चित बनेका पर्यटन तथा…

भौतिक सचिवमा सिग्देल, श्रेष्ठको असारे विकासमा असिना

काठमाडौँ l भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठको सरुवा भएको छ । करिब डेढ वर्ष मन्त्रालयमा सचिव बनेर एकछत्र राज गरेका श्रेष्ठलाई गत जेठ ६ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरेको हो । ट्रष्टका गोपाल सिग्देललाई…