गिलानीसँग ढकालको भेटवार्ता

काठमाडौं/ प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले पाकिस्तानको सिनेटका अध्यक्ष युसुफ राजा गिलानीसँग उनको सरकारी निवास इस्लामावादमा शिष्टाचार भेट गरेका छन् । भेटमा नेपाल र पाकिस्तानबीच पारस्परिक हित र द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ…

वालिङको शिक्षा क्षेत्र विवादित

स्याङ्जा/स्थानीय तहका जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढ्दै जाँदा स्याङ्जाको वालिङ नगरपालिका विवादको चाङमा परेको छ । गैहकानूनी हिसाबले शिक्षक सरुवाको घटनाले वालिङ नगरपालिका पुन विवादित बन्न पुगेको हो । यसअघि शिक्षा ऐन संशोधनको विषय सर्वोच्च अदालतसम्म पुगेको थियो…

संशोधनविरुद्ध संघर्षको चेतावनी

महोत्तरी/ संयुक्त मधेश संघर्ष समितिले महोत्तरीको जलेश्वरमा नेपाली काँग्रेस र नेकपा (एमाले) द्वारा प्रस्तावित संविधान संशोधनको विरुद्ध खबरदारी सभा गरेको छ । प्रतिनिधि सभाबाट समानुपातिक समावेशी प्रतिनिधित्व हटाउने, थ्रेसहोल्डलाई १० प्रतिशतसम्म बढाउने, राष्ट्रियसभाको वर्तमान प्रतिनिधित्वको स्वरुप बदल्ने जस्ता कुरालाई संविधानको…

राष्ट्रिय मातृभूमि पार्टी भ्रष्टाचारीको विरोधमा

काठमाडौं/ राष्ट्रिय मातृभूमि पार्टीले एक समारोह गरी शुभकामना आदानप्रदान तथा राजनैतिक विषयमा छलफल गरेको छ । पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा रमेश खरेल, पार्टीका महासचिव गोविन्द गिरी, वरिष्ठ नेता क्याप्टेन के.बी. लिम्बु लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति…

नेता, कर्मचारी र व्यापारी लुट्ने, विदेशमा उफ्रिने !

रुषा थापा हाम्रो समाजमा ‘ठूलालाई चैन, सानालाई ऐन’ भन्ने गरिएको छ । २०६६ जेठ ११ गते माधवकुमार नेपाल प्रधानमन्त्री बने । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिने निर्णय उनकै मन्त्रिपरिषद्ले गरेको थियो । कालोपुल र काभ्रेको रोपनीका…

दैलो चहार्दै रास्वपा : रवि थुनामै दलहरु चुनावी तयारीमा

भक्तपुर/ नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) जस्ता दलहरुबाट पार नलाग्ने भन्दै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समयमा आएर तिनै दलहरुको दैलो चहार्ने अवस्थामा पुगेको छ । रास्वपाका सभापति रवि लामिछाने काण्डैकाण्डमा मुछिने क्रम जारी रहेको अवस्थामा…

‘दान’ सँग लुकेको गुह्य कुरा

कौशल कुमार भट्टराई नेपाली राजनीतिको मियोको रुपमा रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र उनको दलले पछिल्लो समयमा गरेको कुकार्यले अहिले चर्चा पाएको छ । ओलीले दशैंको मुखमा विवादास्पद व्यापारी मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङबाट एक अर्ब रुपियाँभन्दा बढीको…

सहकारीपीडितको नाममा राजनीति: रवि ७ दिन थुनिने प्रधानमन्त्री आगो

मुख्य समाचार भक्तपु्र / देशभरीका संकटग्रस्त सहकारीहरुका कारण बचतकर्ता मर्माहत भएका छन् । संकटग्रस्त सहकारीहरुबाट कसरी बचतकर्ताको बचत फिर्ता होला भनी सोच्नुपर्ने अवस्थामा यही विषयलाई लिएर मुलुकको राजनीति धमिलिन पुगेको छ । सहकारीपीडितहरुमाथि न्याय होला कि भन्ने अवस्था आइरहेको हालको…

काँग्रेसले यसपालि दशैंको चियापन नगर्ने

काठमाडौं/ मुलुक बाढी पहिरोबाट मुर्छिन बनेको अवस्थामा जनताको उद्धार राहत कार्यमा केन्द्रित हुनुपरेको भनी नेपाली कांग्रेसले जनाएको छ । सोही कारण देखाएर काँग्रेसले हरेक वर्ष दशैंको कोजागत पूर्णिमामा गर्दै आएको चियापन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । काँग्रेसले २०३३…

गृहमन्त्रीको लोकप्रियताप्रति प्रश्नचिन्ह

काठमाडौं/ नेपाली काँग्रेसका प्रभावशाली नेता एवं गृहमन्त्री रमेश लेखकप्रति काँग्रेसका केही नेताले नै विरोधका लागि विरोध शुरु गर्न थालेका छन् । गृहमन्त्री बनेको तीन महिना नपुग्दै गृहमन्त्री लेखकलाई ‘सिन्को पनि नभाँचेको’ भनी विरोध शुरु भएको छ । गृहमन्त्री लेखकले थुप्रै…