अखिलको निर्वाचनले दाहाललाई धक्का

काठमाडौं/ माघ १३ गते भएको अखिल क्रान्तिकारीको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ । ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि मतदान भएको थियो । विधान अनुसार एक अध्यक्ष, खुल्ला ४ र समावेशी…

कांग्रेसको स्टार्टअपमा विदेशीको चासो

काठमाडौं/ नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले शुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलन हिजो सकिएको छ । कांग्रेस कार्यालय सानेपामा बुधबारदेखि शुरु सम्मेलनमा विदेशी कूटनीतिज्ञहरु पनि सहभागी भएका थिए । सम्मेलनमा नेपालका लागि इजरायली राजदूत सुमुलिक…

अध्यादेशको भूमरीमा दलहरुः विपक्षी सशंकित, संसद तात्ने

मुख्य समाचार भक्तपुर/ सरकारले ल्याएको अध्यादेश विपक्षी दलहरूले अस्वीकार गर्ने भएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । अध्यादेशको विषयलाई लिएर प्रमुख दलहरुमा आप्mनै…

काण्डैकाण्डले चर्चित ऊर्जामन्त्री खड्का

काठमाडौं/ ऊर्जा व्यवसायी समेत रहेका नेपाली काँग्रेसका सांसद दीपक खड्का अहिले काँग्रेस एमालेको गठबन्धन सरकारमा ऊर्जा सिचाई तथा जलश्रोत मन्त्री बनेका छन् । ऊर्जामन्त्री बनेको सात महिनामै खड्का काण्डैकाण्डको भुमरिमा परेका छन् । देशको हित र ऊर्जाक्षेत्रको संकटलाई भन्दा आफ्नो…

दाहालको रटान– ओलीप्रति धुलो चटान

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल यतिबेला सत्ताबाट बाहिरिएपछि मुर्छिन बनेका छन् । आफूले सरकारको नेतृत्व गर्दा शान्ति, सम्बृद्धि र सुशासन कायम गरी मुलुकलाई कायापलट गरेको र जनताको पक्षमा काम गरी चमत्कार गरेको बताउँदै आएका छन् । वर्तमान…

काँग्रेसमा गृह र स्वास्थ्यमन्त्री महामन्त्रीका आकांक्षी

काठमाडौं/ नेपाली काँग्रेसका नेताहरु सत्ता राजनीतिमा बढी व्यस्त भएपछि पार्टीको आगामी २०८२ मंसिरमा हुने भनिएको महाधिवेशन ओझेलमा परेको छ । क्रियाशील सदस्यता नवीकरणको म्याद २०८१ चैत मसान्तसम्म गर्ने भनिए पनि त्यस्ले गती लिन सकेको छैन । महाधिवेशनको डेडलाइन कहिले ?…

अस्थिर नेता वामदेव अझै अलमलमै

ललितपुर/ नेकपा (एमाले) बाट अलग भएर लामो समय राष्ट्रिय एकता अभियानको संयोजक बनेका वामदेव गौतम अन्तत नेकपा एमालेमा फर्किने चर्चा बढेको छ । एमालेका अध्यक्षसँग पछिल्लो पटक भेटवार्ता गर्दा एकता भैहाल्ने भनी हौषिएका गौतमलाई एमालेले भने अन्यौलमै राखिदिएको छ ।…

कांग्रेसको प्रदेश विभागमा को को ?

ललितपुर/ नेपाली काँग्रेसले प्रदेश समन्वय विभागमा १० जनालाई सदस्यमा मनोनयन गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको उक्त विभागमा दश जनालाई सदस्यमा मनोनयन गरेका हुन् । मनोनीत हुनेमा कास्कीका कृष्णबहादुर के.सी., नवलपुरकी सुमीत्रा…

मधेश आन्दोलनको १८ वर्षः अझै ओभाउन सकेनन् सहिद परिवारको आँसु

सिरहा, ५ माघः माघको महिना छ । बाहिर शीतलहर र बाक्लो कुहिरोले ढपक्कै ढाकेको छ । एकाबिहानै कठ्याङ्ग्रिँदो चिसोको कुनै वास्ता नगरी लहानस्थित सहिदचोकमा मानिसहरूको घुइँचो बढ्दै गएको थियो । आज अर्थात् माघ ५ गते बलिदानी दिवस । मधेश प्रदेश…

दल विभाजन र थ्रेसहोल्डप्रति साना दल सशंकित

काठमाडौं/ गत पुस २६ गते २०८१ को मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको पाँचवटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ४ वटा अध्यादेश जारी गरी एउटा अध्यादेश जारी नगरी रोकेका छन् । रोकिएको अध्यादेशमा भूमिसम्बन्धी ऐन २०२१, वन ऐन २०७५ र राष्ट्रिय निकुञ्ज सम्बन्धी…