तीन पूर्वप्रधानमन्त्री चुनावी दौडमा

काठमाडौं / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनजना पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा उत्रिएको अवस्था छ । शुरुमा डा. बाबुराम भट्टराईले पनि गोरखा–२ बाट चुनाव लड्न मनोनयन दर्ता गरे पनि पछि नाम फिर्ता गरेपछि तीनजना मात्र चुनावी दौडमा…

भौतिक सचिव शर्माको सरुवा निर्णय रोकियो

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विज्ञ सचिव केशव कुमार शर्माको सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णय रोकिएको छ । सचिव शर्मालाई गत पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले सरुवा गर्ने निर्णय गरेको थियो । सो बैठकले शर्मालाई शिक्षा, विज्ञान तथा प्रविधि…

नागरिक सरकारको गरिमा घटाउने मन्त्रीहरु

काठमाडौं/ आगामी फागुन २१ ग्ते हुने निर्वाचनका लागि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा मन्त्री बनेकाहरुले धमाधम राजीनामा गरेपछि नागरिक सरकारको गरिमा घटेको चर्चा चलेको छ । मन्त्री भएर केही समय सत्ताको स्वाद चाखेका उहाँहरुले शुरुमा दलीय आवद्धता नरहेको बताउने गर्नु भएको…

भक्तपुर कांग्रेसबाट राणा र न्यौपाने

भक्तपुर/ आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुरमा पनि उम्मेदवारी दर्ता गर्ने कार्य भएको छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले यही माघ ६ गते निर्वाचन आयोगको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गर्ने कार्य गरेका छन् ।…

दलहरु निर्वाचनमा होमिए : गगन सानेपा पस्ने, गठबन्धन हट्दै

भक्तपुर/ आगामी फागुन २१ गते हुने भनी तोकिएको प्रतिनिधिसभाको निर्वाचन हुने अवस्था सिर्जना भएको छ । मुख्य राजनीतिक दलहरुदेखि स्वतन्त्र उम्मेदवारहरुले समेत उम्मेदवारी दिएका कारण निर्वाचन हुने अवस्थामा पुगेको हो । यही माघ ६ गतेका लागि तोकिएको उम्मेदवारी दर्ताका दिन…

झापा–५ मा मन्दरा

झापा/ नेपाली कांग्रेसले झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा मन्दरा चिमरिया पौडेललाई उम्मेदवार बनाएको छ । उहाँ को हो भनी झापा बाहेकका जनताले उहाँको बारेमा जानकारी माग गरेको अवस्था छ । सो निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद…

फिनल्याण्डमा नेपालको सहभागिता सफल

फिनल्याण्ड/ नेपाल पर्यटन बोर्डले फिनल्याण्डको हेलसिन्कीमा आयोजना भएको नर्डिक क्षेत्रकै ठूलो पर्यटन मेला माट्का २०२६ मा सहभागिता जनाएको छ । यस कार्यले नेपाललाई सफलतापूर्वक प्रवद्र्धन गर्न मद्दत पुगेको बताइएको छ । १५ देखि १८ जनवरी २०२६ सम्म आयोजित मेलामा नेपाललाई…

विश्वका विशिष्ट कथा– कमारो (नेदरल्याण्ड)

मूलः जोरिश मौरिस अनुवादः गोविन्द गिरी प्रेरणा उसले आफ्नी स्वास्नी लाइजलाई यो कहिल्यै बताएन, उसको अनुपस्थितिमा उनीहरूको प्यारो कुकुर मौलीलाई के भयो ? त्यो यसरी म¥यो ? उसले सिँढीहरूमा बिछाइएका टाटहरूमा लागेको रगतको टाटो निकै नै सावधान भएर पुछपाछ पारेको…

मधेश केन्द्रित दल तितर–वितर

काठमाडौँ/ मधेश केन्द्रित दलहरुले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चामा गरिने भनिएको एकता चुनावमा नदेखिएको पाइएको छ । मोर्चा गठन गर्दा सके एकता नत्र चुनावी तालमेल गरिने भनिए पनि त्यो हुन नसकेको बताइएको छ । चुनावको घोषणा हुने बित्तिकै मोर्चाको बैठक…

२८ स्थानमा उपचुनाव हुने

काठमाडौँ/ आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनका कारण विभिन्न पदमा उपनिर्वाचन गराउनुपर्ने अवस्था आएको छ । खासगरी प्रदेशसभाका सदस्य तथा स्थानीय निकायका पदाधिकारीहरुले उम्मेदवार बन्नका लागि राजीनामा गरेकाले उनीहरुको स्थानमा उपनिर्वाचन गराउनुपर्ने अवस्था आएको हो । बहालवाला मन्त्रीदेखि…