नोटबन्दीबारे बहस शुरु

काठमाडौं/ नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस हुन थालेका छन् । राजधानी काठमाडौंमा ‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’ बारे अन्तरक्रिया सम्पन्न भएबाट यस कुरालाई थप पुष्टि गरेको हो । नेपाल–भारत वल्र्ड डेभलपमेन्ट फोरमले शनिबार काठमाडौंमा ‘नेपालमा…

जेन–जी आन्दोलन र राजनीतिक मोड

रमेश कुमार बोहोरा जेन–जी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमले नेपालको लोकतान्त्रिक यात्रामा नयाँ मोड सिर्जना गरेको छ । प्रतिनिधिसभाको विघटन, संक्रमणकालीन सरकार, निर्वाचनको तयारी, राजनीतिक दलहरूको जिम्मेवारी र जनआकांक्षाबीचको द्वन्द्व अहिलेको यथार्थ बनेको छ । आन्दोलनको मर्म र यसको…

काँग्रेसमा देउवाले सिकाए लोकतान्त्रिक पाठ

काठमाडौं / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो ६२ वर्षे सक्रिय राजनीतिक यात्रालाई विश्राम दिनु भएको छ । १७ वर्षको युवा उमेरबाट राजनीति शुरु गरेका देउवाले गत मंगलबार आफू राजनीतिक सक्रियताबाट अभिभावकको भूमिकामा रहने अवस्था देखाउनु भयो । २५ वर्षको…

अर्थले बजेट रोक्दा सडकमा समस्या

काठमाडौं/ अर्थमन्त्री रामेश्वर खनालले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको बजेटमा व्यापक कटौती गरेपछि अधिकांश योजनाहरु बन्द हुने अवस्थामा पुगेका सरोकारवालाहरुले बताएका छन् । खासगरी राष्ट्रिय गौरवका आयोजनाहरु बाहेक डिभिजन सडक कार्यालय र योजनाहरुमा कन्टेन्जेन्सी रोकिँदा समस्या उत्पन्न भएको समाचार स्रोतले बताएको…

खड्कालाई सभापति लड्न मार्ग खुल्यो

ललितपुर/ नेपाली कांग्रेसको कार्यवाहक सभापति बन्ने मौका उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् । सभापति शेरबहादुर देउवाले मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा लिखित सम्बोधन गरेपछि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको बताएका थिए । देउवाले ‘मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति श्री पूर्णबहादुर…

सरकार निरिह बन्दै : ओलीको अहम्, पुनस्र्थापनाको चर्चा

भक्तपुर/ ‘जेन–जी’ को आन्दोलनबाट स्थापित सुशीला कार्की नेतृत्वको सरकार निरिह बन्दै गएको छ । सरकार गठन भएको महिना दिन नाघिसक्दा समेत प्रधानमन्त्री कार्कीले आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नु भएको छैन । आफूसहित जम्मा पाँचजनाको मन्त्रिपरिषद् बनाएर सरकार संचालन गर्नुपर्ने अवस्थामा…

जेन–जी विद्रोहपछि काँग्रेसभित्र पुस्तान्तरणको माग

कृष्ण लम्साल काठमाडौं/ गत भाद्र २३ र २४ गतेको जेन–जी विद्रोहले नेपाली काँग्रेसभित्र पुराना र बुढा अनुहारलाई ससम्मान विदाई गर्नुपर्ने र युवालाई अगाडि बढाउनुपर्ने माग बढेको छ । यो आन्दोलनले काँग्रेसमा जेन–जी पुस्ताभित्र नपरे पनि महामन्त्रीद्वय गगन कुमार थापा र…

ओली र लेखकलाई पक्राउ गर्न दबाव

काठमाडौं/ तात्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न बालुवाटारमा सुरक्षा निकायसहित जेन–जी समूहकाहरुको बैठक बसेको छ । बैठकमा कानूनी प्रकृया, छानविन आयोगको काम र राजनीतिक विषयबस्तुहरुमाथि छलफल भएको बताइएको छ । जेन–जीको आन्दोलनबाट बनेको प्रधानमन्त्री सुशीला…

खड्काले पाउलान् काँग्रेसमा का.वा. सभापति ?

काठमाडौं/ जेन–जी आन्दोलनपछि संसदको सबैभन्दा ठूला दलको हैसियत र राज्यसत्ता दुबै एकैचोटी नेपाली काँग्रेसले गुमाएको छ । यो आन्दोलनले पुराना अनुहारको राजनीतिक हैसियत र कृयाकलापले नेताहरु सच्चिने कि सक्किने भन्ने गम्भीर प्रश्नहरु पनि तेस्र्याएको छ । जेन–जी आन्दोलनले गरेको विद्रोहले…

जेन–जीको मागले सरकार सकसमा

काठमाडौं/ जेन–जीको भोटिङमा अग्रस्थानमा परेर प्रधानमन्त्री बनेकी सुशीला कार्कीले एक महिना पूरा गर्न लागेकी छिन् । एक महिना पूरा हुन लाग्दा पनि प्रधानमन्त्री कार्कीले सरकारलाई पूर्णता दिन नसकी प्रधानमन्त्रीलाई मन्त्रीहरु नियुक्त गर्न हम्मेहम्मे परेको छ । जेन–जीको जनउभारपछि बनेको भनिएको…