भौतिक मन्त्रीमा घिसिङ, सरुवा बदर हुने चर्चा

काठमाडौं/ गत भदौ २३ र २४ गते जेन–जी समूहले चलाएको आन्दोलनले नेपालका प्रमुख राजनीतिक दलहरुले चलाउँदै आएको शासन र सत्ता गल्र्यामगुर्लुम ढलाई नेताहरुलाई ज्यान जोगाउन भागाभागको अवस्थामा पु¥याई दिएको छ । आन्दोलनले संविधान जोगाएर प्रतिनिधिसभा भंग गरी आगामी २०८२ फागुन…

सेनाको भूमिका कस्तो रह्यो ?

कौशल कुमार भट्टराई गएको भदौ २३ र २४ गते भएका प्रदर्शनीको दौरान र पश्चातको अवस्थामा नेपाली सेनाको भूमिकालाई लिएर विभिन्न कोणबाट टिप्पणी भैरहेका छन् । यस क्रममा प्रधानसेनापति अशोकराज सिग्देलको भूमिकालाई लिएर पनि टिप्पणीहरु भैरहेका छन् । म आफू एक…

यिनलाई मन्त्री बनाउन माग

काठमाडौं/ तस्विरमा देखिएका व्यक्ति गत भदौ २३ गते जेन–जीको आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन् । उनको छाति र गालामा गोली लागेको थियो । त्यस्तो घाइते अवस्थामा पनि उनी अगाडि आएर निक्कै नै साहसका साथ भाषण गरेका थिए । उनले…

दलहरुमा शीर्षलाई हटाउन दबाब, युवापुस्ता उत्साहित निर्वाचनको तयारी

भक्तपुर/ प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएको छ । आगामी फागुन २१ गते निर्वाचन गराउने गरी सुशीला कार्की प्रधानमन्त्री बन्नु भएको छ । ११ सदस्यीय मन्त्रिमण्डल बनाउने सोचका साथ कार्कीले मन्त्रीहरुको खोजी जारी राख्नु भएको छ । उहाँको नेतृत्वमा…

सिंहदरबार, धुँवासँगै उड्यो जनताले तिरेको कर !

अनुसा थापा दुई वर्षअगाडि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (वालेन) साहले सामाजिक सञ्जालमार्फत सिंहदरबार जलाइदिने चेतावनी दिएका थिए । सार्वजनिक बिदाका दिन उनकी श्रीमती चढेकी सरकारी गाडी ट्राफिक प्रहरीले समातेपछि उनले २०८० भदौ १६ गते सामाजिक सञ्जालमा लेखेका थिए, ‘आजका लागि…

होमस्टेको कार्यविधिबारे मन्त्रीको चासो

ललितपुर/ बागमती प्रदेशका पर्यटनमन्त्री सुरेश श्रेष्ठले (घरबास) होमस्टेलाई व्यवस्थित गराउन कार्यविधिलाई अन्तिम रुप दिन चासो व्यक्त गर्नु भएको छ । ललितपुरको गोदाबरीस्थित कोटडाँडामा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले होमस्टे व्यवसायलाई व्यवस्थित गर्नका लागि कार्यविधिले अन्तिम रुप नपाएकोमा चासो व्यक्त गर्नु…

कविताः गणतन्त्र

रन्जना लम्साल बन्यो देश आज रङ्गमञ्च, चर्को भाषण र तालीमा छ खुलामञ्च ! खोइ कहाँ छ गणतन्त्र ? घर–घरमा, जल–जलमा अनि थल–थलमा देखिन्छ जतासुकै घुसतन्त्र अनि लुटतन्त्र ! ‘उठौँ र जागौँ’ को चर्को नारामा लमतन्न, लमलस्कर ताँतीमा ‘उखेल्ने र फ्याल्ने’…

बन्दमा पर्ने सामाजिक सञ्जालहरु

काठमाडौं/ नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न निर्देशन दिएको छ । इन्टरनेट सेवा प्रदायक संघलाई प्राधिकरणले विहीबार निर्देशन दिएको हो । सोही कारण अधिकांश प्लेटफर्महरु बन्द भएका छन् । सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको भदौ…

सञ्जालको जञ्जालमा सरकार: ओलीमाथि आक्रोश

भक्तपुर/ सरकार सामाजिक सञ्जालको जञ्जालमा फसेको छ । विभिन्न सामाजिक सञ्जालहरुलाई बन्द गर्ने निर्णयमा सरकार पुग्दा जञ्जालमा फसेको देखिएको हो । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको चीन भ्रमणबाट फर्किएलगत्तै सूचना तथा सञ्चार मन्त्रालयले विभिन्न सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णय गरेको हो…

राज्यव्यवस्था समितिको सभापतिमा न्यौपाने

काठमाडौ/ ससंदको राज्य व्यवस्था तथा प्रशासन समितिको सभापतिमा नेपाली काँग्रेसबाट ईश्वरी न्यौपाने सर्वसम्मत भएकी छन् । समितिको सभापतिका लागि काँग्रेसबाट थुप्रै नेताहरु चर्चामा भए पनि न्यौपानेले बाजी मारेकी हुन् । समितिमा रहेकाहरु दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सरिता प्रसाई, हृदयराम थानी…