उदयपुर सिमेन्टको भ्रष्टाचार अदालतमा

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा उदयपुर सिमेन्ट उद्योगका तात्कालीन कर्मचारीहरुका विरुद्धमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । बुधबार दायर गरिएको मुद्दामा तात्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जना रहेको आयोगले जनाएको छ । उपकरण खरिद गर्दा आवश्यकता र…

राष्ट्रियसभाबाट विदा हुनेहरु

भक्तपुर / गोलाप्रथाबाट छ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुने भएका छन् । हिजो विहीबार भएको निर्वाचनबाट १९ जना निर्वाचित भएका छन् । यसैगरी राष्ट्रपतिले नियुक्त गर्ने एकजना समेतको गरी फागुन २० गतेबाट…

उद्योग विभागको डिजीमा कोइराला

काठमाडौं / उद्योग विभागको महानिर्देशक परिवर्तन भएका छन् । २०८० वैशाखमा उद्योग विभागको महानिर्देशक बनेका बाबुराम गौतम नौ महिनामै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् । गौतम अर्घाखाँचीकी काँग्रेस नेतृ पुष्पा भुषालको नातेदार हुन् । गौतम पुष्पा भुषालकै…

चोरीको आरोप लागेपछि सांसदको राजीनामा

भक्तपुर/ चोरीको आरोप लागेपछि एकजना सांसदले राजीनामा गरेकी छिन् । यस्तो राजीनामाको कुरा नेपालको हुन नसक्ने अवस्था सर्वविदितै छ । त्यसैले घटना न्यूजिल्याण्डकी एक सांसदको राजीनामासँग सम्बन्धित छ । न्यूजिल्याण्डको ग्रीन पार्टीका ४२ वर्षीया गोलरिज गहरामानले दुई कपडा पसलबाट तीन…

पत्रकारहरु आन्दोलित

पोखरा/ बागलुङका पत्रकारहरुले बुधबार जिल्ला प्रशासन कार्यालय बागलुङमा धर्ना दिएका छन् । उनीहरु पत्रकारमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै धर्नामा उत्रिएका हुन् । नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानामाथि भएको कुटपिटको घटनाले पत्रकारहरु आन्दोलित बनेका हुन्…

१५ लाख घुससहित वडाध्यक्ष पक्राउ

बनेपा/ काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेलाई घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरिएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको जनाइएको छ । घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि…

कर्मचारीलाई काम चोरको आरोप

काठमाडौं/ ९० प्रतिशत कर्मचारीलाई काम चोरको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले लगाएका छन् । राईले उक्त कुरा दाङमा बताएका हुन् । निजामती कर्मचारीले प्राप्त गर्ने तलब बराबरको काम नगरी तोकेको सात घण्टा कार्यालयमा बसेर अधिकांश…

सन्दीपलाई फैसला अमान्य

काठमाडौं/ बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेका क्रकेटर सन्दीप लामिछानेले उक्त पैmसलालाई चुनौती दिने भएका छन् । आठ वर्ष कैद सजाय अदालतले गरेको अवस्थामा त्यसमा उनले चित्त नबुझाई त्यसविरुद्ध उच्च अदालतमा जाने तयारी गरेको समाचार स्रोतले दाबी गरेको…

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा ढकाल

काठमाडौं/ न्यायपरिषदका सचिव देवेन्द्रराज ढकाललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा न्याय सेवा आयोगले बढुवा गरेको छ । आयोगको बैठकले उनलाई मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश सिफारिस भएपछि उक्त पद…

एमडिएमएस लागू, महंगा मोबाइल ब्लक

काठमाडौं/ गत कार्तिक २० गते राति ९ बजेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा आएको छ । यो प्रणाली लामो समयको प्रतिक्षापछि कार्यान्वयनमा आएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको विशेष पहलमा यो सिष्टम लागू भएको…